भारतकाे प्रतिष्ठित ‘जी सिने अवार्ड’ नेपालमा, नेपाली क्याटागाेरि पनि थपिने

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण ७, २०७५
|
|
२८ पटक हेरिएको
Shares
भारतकाे प्रतिष्ठित ‘जी सिने अवार्ड’ नेपालमा, नेपाली क्याटागाेरि पनि थपिने

सारांश

  • काठमाडौँ,  ७ साउन ।
  •   बलिउडको चर्चित ‘जी सिने अवार्ड’काे आउँदो संस्करण यस वर्ष नेपालमा  हुने भएको छ।
  • बलिउडमा निकै प्रतिष्ठित मानिने ‘जी सिने अवार्ड’ को नयाँ संस्करण नेपालमा गर्न लागिएको पर्यटन मन्त्री रविन्द्र अधिकारीले जानकारी दिए।

काठमाडौँ,  ७ साउन ।  बलिउडको चर्चित ‘जी सिने अवार्ड’काे आउँदो संस्करण यस वर्ष नेपालमा  हुने भएको छ। बलिउडमा निकै प्रतिष्ठित मानिने ‘जी सिने अवार्ड’ को नयाँ संस्करण नेपालमा गर्न लागिएको पर्यटन मन्त्री रविन्द्र अधिकारीले जानकारी दिए। अर्वाड समारोहको तयारीका लागि भारतका राज्यसभा सदस्य डा.सुवासचन्द्र र जी टिभीका मालिकसहितको टोली नेपाल आएर अध्ययन गरी फर्किइसकेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणमा यो अवार्ड नेपालमा आयोजना गर्ने प्रस्ताव भएको भ्रमणमा सहभागी दिनेश डिसीले बताए। उक्त भ्रमणमा नायक राजेश हमाल पनि सहभागि थिए।

आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो डिसेम्बरमा अवार्ड नेपालमा हुने सामाजिक सञ्‍जाल ट्वीटरमार्फत  उल्लेख गरेका छन्। सरकारका पर्यटन मन्त्री रविन्द्र अधिकारीको नेतृत्वमा सो कार्यक्रम नेपालमा आयोजना हुन लागिएको हो। प्रधानमन्त्री ओलीले आफ्नो ट्वीटमा भनेका छन्, ‘ आउँदो डिसेम्बरमा भारतको प्रतिष्ठित अवार्ड काठमाडौंमा हुँदैछ, हरेक वर्ष हुने अवार्डमा नेपाली क्याटेगोरी पनि थपिनेछ।’

View image on TwitterView image on Twitter
यस्तै  मन्त्री अधिकारीले   ‘जी सिने अवार्ड’ कार्यक्रम नेपालमा गर्नुको मुख्य उद्देश्य नेपाल सरकारको ‘भिजिट नेपाल २०२०’ लाई प्रवर्द्धन गर्नु रहेको बताए। ‘जी सिने अवार्ड’ को दर्शक ८० करोड हुने आँकलन गरिएको छ।

उक्त समाराेहमा दर्जनौ बलिउड कलाकारसँगै नेपाली कलाकार पनि उपस्थिति र प्रस्तुति रहने सञ्‍चारकर्मी  दिनेश डिसीले बताए। उनका अनुसार आयोजकले भारतीय कलाकारलाई विभिन्‍न विधामा सम्मान गर्दै-गर्दा नेपालको पनि कुनै एक विधामा उत्कृष्ट संगीत, चलचित्रमा अवार्ड दिने सम्झौता भएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?