प्रधानमन्त्री ओलीले वैशाख १ गते रारा तालबाट देशवासीका नाममा सम्बोधन गर्ने
सारांश
- काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले मुगुको रारा तालबाट वैशाख १ गते देशवासीका नाममा सम्बोधन गर्ने भएका छन्।
- कर्णाली प्रदेशले आयोजना गरेको पर्यटन बर्ष २०७५ को उद्घाटन गर्न रारा ताल जाने कार्यक्रम रहेकोले सोही स्थानबाट देशवासीलाई सम्बोधन गर्ने भएका हुन्।
- नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट) को ७ महाअधिवेशनको बुधबार राधानीमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले जानकारी दिएका हुन्।
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले मुगुको रारा तालबाट वैशाख १ गते देशवासीका नाममा सम्बोधन गर्ने भएका छन्। कर्णाली प्रदेशले आयोजना गरेको पर्यटन बर्ष २०७५ को उद्घाटन गर्न रारा ताल जाने कार्यक्रम रहेकोले सोही स्थानबाट देशवासीलाई सम्बोधन गर्ने भएका हुन्।
नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट) को ७ महाअधिवेशनको बुधबार राधानीमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले जानकारी दिएका हुन्।
‘कर्णाली प्रदेशले आयोजना गरेको पयर्टन बर्ष २०७५ को पहिलो पर्यटक म नै हुन्छु’, प्रधानमन्त्री ओलीले भने, ‘राराबाट यसपाली पर्यटनको बिगुल बजाइनेछ।’ समृद्ध नेपालको मुख्य आधार पर्यटन भएकोले त्यसको प्रवद्र्धनमा सबै क्षेत्र लाग्नु पर्नेमा प्रधानमन्त्री ओलीले जोड दिएका छन्।
ओलीले वर्तमान सरकार अघिल्ला सरकार जस्तो नियमित नीति र गतिमा मात्र सञ्चालन नहुने समेत बताएका छन्। ‘यो सरकार भिन्न नीति र गतिमा सञ्चालन हुन्छ’, प्रधानमन्त्री ओलीले भने, ‘यो सरकारले नेपाल बनाउछ। केही बर्षमा मानिसहरुले नेपाललाई सिंगापुर र स्विटजरलेण्ड जस्तो भन्नेछन्।’
प्रतिक्रिया