रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भेटवार्ता
सारांश
- जोहानेसबर्ग, ११ साउन ।
- चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच बिहीबार औपचारिक भेटवार्ता भएको छ ।
- चिनियाँ राष्ट्रपति चिनपिङ र रुसी राष्ट्रपति पुटिन गएको बुधबारदेखि ब्रिक्सको १० औँ सम्मेलनका क्रममा दक्षिण अफ्रिकामा छन् ।
जोहानेसबर्ग, ११ साउन । चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच बिहीबार औपचारिक भेटवार्ता भएको छ । चिनियाँ राष्ट्रपति चिनपिङ र रुसी राष्ट्रपति पुटिन गएको बुधबारदेखि ब्रिक्सको १० औँ सम्मेलनका क्रममा दक्षिण अफ्रिकामा छन् ।
दक्षिण अफ्रिकाको जोहानेसबर्गमा “विश्वमा आर्थिक समृद्धिका लागि समावेशी आर्थिक विकास” भन्ने नाराका साथ उदीयमान अर्थतन्त्र भएका राष्ट्रहरुको संगठन ब्रिक्सको १० औँ सम्मेलन जारी छ । सो सम्मेलन आजै सम्पन्न हुँदैछ । उक्त सम्मेलनमा सहभागिताका लागि ब्रिक्स आबद्ध अरु देशमा राज्य प्रमुखहरु पनि त्यहाँ पगेका छन्।
दुई राष्ट्रपतिबीच विश्वको पछिल्लो समसामयिक राजनीतिक अवस्थाका साथै दुई देशको आपसी सम्बन्धका विषयमा कुराकानी भएको प्राप्त समाचारमा जनाइएको छ । ब्रिक्समा ब्राजिल, रुस, भारत, दक्षिण अफ्रिका र चीन सदस्य छन् । यी देशलाई विश्वमा उदाउँदो अर्थतन्त्र भएका देशका रुपमा लिइन्छ ।
प्रतिक्रिया