प्रधानमन्त्री ओली बाहिरिए लगत्तै दाहाल निवासमा माधव नेपालको प्रवेश

Shikharkhabar Shikharkhabar
|
शनिबार, पौष ४, २०७७
|
|
२२ पटक हेरिएको
Shares
प्रधानमन्त्री ओली बाहिरिए लगत्तै दाहाल निवासमा माधव नेपालको प्रवेश

सारांश

  • सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद उत्कर्षमा पुगेको छ।
  • भोलि पार्टी स्थायी कमिटीको बैठक बस्दैछ ।
  • तर, बैठकको अघिल्लो दिन नेकपाका शीर्ष नेताहरुको दौडधुप सुरु भएको छ ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद उत्कर्षमा पुगेको छ। भोलि पार्टी स्थायी कमिटीको बैठक बस्दैछ । तर, बैठकको अघिल्लो दिन नेकपाका शीर्ष नेताहरुको दौडधुप सुरु भएको छ । आज विहानमात्रै प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली अर्का अध्यक्ष पुष्पकमल दाहाललाई भेट्न दाहाल निवास खुमलटारमा पुगेका थिए ।

दुई अध्यक्षबीच पार्टी विवादलाई कसरी समाधान गर्ने भन्ने विषयमा कुराकानी भएको बताईएपनि के के कुराकानी भयो भन्ने कुरा अहिलेसम्म दुवै पक्षले खुलाएका छैनन् । अध्यक्षद्धयको भेटवार्तामा उपाध्यक्ष वामदेव गौतम पनि सहभागी थिए । प्रधानमन्त्री ओली खुमलटारबाट बाहिरिएलगत्तै वरिष्ठ नेता माधव कुमार नेपाल अहिले खुमलटार पुगेका छन् । प्रधानमन्त्री ओली भने खुमलटारबाट बाहिरिएर गृहमन्त्री रामबहादुर थापा बादललाई भेट्न मन्त्री क्वाटर पुलचोक पुगेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?