देउवाले थापासँग माफी माग्दै भने, ‘मलाई सिटौलाले अप्ठेरोमा पारे’

Shikharkhabar Shikharkhabar
|
मंगलबार, कार्तिक १४, २०७४
|
|
५१ पटक हेरिएको
Shares
देउवाले थापासँग माफी माग्दै भने, ‘मलाई सिटौलाले अप्ठेरोमा पारे’

सारांश

  • काठमाडौ ।
  • आफूसँग भएको लिखित सहमति विपरित कांग्रेसले झापा ३ मा उम्मेदवारको नाम सार्वजनिक गरेपछि उपप्रधानमन्त्री समेत रहेका राप्रपा अध्यक्ष कमल थापाले प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवासँग आक्रोस व्यक्त गरेका छन्।
  • कांग्रेस राप्रपाबीच चुनावी गठबन्धनका लागि भएको सहमतिमा चाहिँ ७ सिट राप्रपालाई दिने उल्लेख छ तर झापा ३ मा चाहीँ राप्रपाको भागमा ३ सिट मात्र पारिएको छ।

काठमाडौ । आफूसँग भएको लिखित सहमति विपरित कांग्रेसले झापा ३ मा उम्मेदवारको नाम सार्वजनिक गरेपछि उपप्रधानमन्त्री समेत रहेका राप्रपा अध्यक्ष कमल थापाले प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवासँग आक्रोस व्यक्त गरेका छन्।

कांग्रेस राप्रपाबीच चुनावी गठबन्धनका लागि भएको सहमतिमा चाहिँ ७ सिट राप्रपालाई दिने उल्लेख छ तर झापा ३ मा चाहीँ राप्रपाको भागमा ३ सिट मात्र पारिएको छ।

तर कांग्रेसको संसदीय समितिले सोमबार प्रतिनिधि सभाको प्रत्यक्षतर्फका थप ७ उम्मेदवारको नाम सार्वजनिक गरिदियो, जसमा झापा ३ बाट पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला उम्मेदवार बन्ने उल्लेख छ।

सिटौलाको नाम सार्वजनिक भएलगत्तै सोमबार दिउसो दुई बजे अध्यक्ष थापा देउवालाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए। भेटमा थापाले देउवासँग सहमती विपरीत उम्मेदवारको नाम सार्वजनिक गरिएको भन्दै आक्रोस पोखेका हुन ।

थापाले आक्रोस पोखेपछि देउवा सिटौलाका कारण आफू अप्ठेरोमा परेको जवाफ दिएका थिए। त्यसपछि सिटौलालाई हटाउनुपर्ने थापाले माग गरेपछि देउवाले आफुँले उनलाई हटउन नसक्ने भन्दै जवाफ दिएका थिए ।

सिटौलालाई ब्याक गराउनु पर्ने माग थापाले राखेपछि ‘सरी, मैले सक्दिन’ भन्ने जवाफ दिए । त्यस्तै देउावासँगको पार्टी बैठक डाकेर झापा ३ बाट महामन्त्री राजेन्द्र लिङ्देनको उम्मेदवारी कायमै राख्ने निर्णय गरेको थियो।

newsofnepal बाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विप्लवका छोराको यस्तो धम्कीः बदला लिएरै छोड्छौ
विप्लवका छोराको यस्तो धम्कीः बदला लिएरै छोड्छौ
बागमती प्रदेशका मुख्यमन्त्रीलाई कोरोना संक्रमण
बागमती प्रदेशका मुख्यमन्त्रीलाई कोरोना संक्रमण
मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
युरोपा लिग : आर्सनलद्वारा ओलम्पिकाओस पराजित
युरोपा लिग : आर्सनलद्वारा ओलम्पिकाओस पराजित
पक्राउ परेका चिनियाँलाई देश निकाला प्रक्रिया
पक्राउ परेका चिनियाँलाई देश निकाला प्रक्रिया
संचारकर्मी तथा मोडल राजेन्द्र लुईटेल अन्तराष्ट्रिय राईजिङ स्टार अवार्ड २०१७ बाट सम्मानित
संचारकर्मी तथा मोडल राजेन्द्र लुईटेल अन्तराष्ट्रिय राईजिङ स्टार अवार्ड २०१७ बाट सम्मानित
प्रस्तावित प्रधान न्यायाधीश मिश्रको आज सुनुवाई हुँदै
प्रस्तावित प्रधान न्यायाधीश मिश्रको आज सुनुवाई हुँदै
वाम एकता बैंक मर्जरजस्तै: चुनावअघि यस्तो थियो तालमेल प्रयास
वाम एकता बैंक मर्जरजस्तै: चुनावअघि यस्तो थियो तालमेल प्रयास
आज अपरान्ह चिनियाँ उपप्रधानमन्त्री नेपाल आउँदै, देउवा र ओलीअघि प्रचण्डसँग भेट गर्ने
आज अपरान्ह चिनियाँ उपप्रधानमन्त्री नेपाल आउँदै, देउवा र ओलीअघि प्रचण्डसँग भेट गर्ने
ग्यास सिलिन्डर विस्फोट हुँदा दुईजना गम्भीर घाइते
ग्यास सिलिन्डर विस्फोट हुँदा दुईजना गम्भीर घाइते