प्रधानमन्त्री ओली सोमबार बिहान ११ बजे बेइजिङ प्रस्थान गर्ने, को-को छन् भ्रमण दलमा ?

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर १६, २०८१
|
|
२९ पटक हेरिएको
Shares
प्रधानमन्त्री ओली सोमबार बिहान ११ बजे बेइजिङ प्रस्थान गर्ने, को-को छन् भ्रमण दलमा ?

सारांश

  • काठमाडौं।
  • प्रधानमन्त्री केपी शर्मा ओली चीनको चारदिने औपचारिक भ्रमणका लागि सोमबार बिहान ११ बजे बेइजिङ प्रस्थान गर्ने भएका छन्।
  • चिनियाँ समकक्षी ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा ओली चीन जान लागेका हुन् ।

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली चीनको चारदिने औपचारिक भ्रमणका लागि सोमबार बिहान ११ बजे बेइजिङ प्रस्थान गर्ने भएका छन्। चिनियाँ समकक्षी ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा ओली चीन जान लागेका हुन् । उनको चीन भ्रमण भोलि देखि २० गतेसम्म हुनेछ।

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी चिनफिङसँग मंसिर १८ गते बेइजिङमा शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ। मंसिर १८ गते नै प्रधानमन्त्री ओलीले चिनियाँ समकक्षी लीसँग प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।

बिहीबार मन्त्रिपरिषद्बाट स्वीकृत भएको भ्रमणमा संघीय संसद्का ९ सांसद पनि परेका छन्। ओलीसँगै चीन जानेमा सत्तारुढ दल एमालेका सांसदद्धय लिलानाथ श्रेष्ठ र बिजुला रायमाझी,नेपाली कांग्रेसका सांसदद्वय श्यामकुमार घिमिरे र अर्जुननरसिंह केसी, तथा सांसदहरु रेखा शर्मा, वीरेन्द्रप्रसाद महतो, दीपक कार्की, रञ्जिता श्रेष्ठ, र सर्वेन्द्रनाथ शुक्ला रहेका छन्।

३२ जना सरकारी र ५५ जना निजी क्षेत्रका व्यक्तिसहित ८७ जनाको टोली प्रधानमन्त्री ओलीको चीन भ्रमणमा सहभागी हुनेछ। ९ जना सांसद बाहेक प्रधानमन्त्रीसँग धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री आरजु राणा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, आर्थिक एवम् विकास सल्लाहकार डा। युवराज खतिवडा रहेका छन्।

त्यस्तै, मुख्य सचिव एकनारायण अर्याल, अर्थ मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरे, परराष्ट्र मन्त्रालय का.मु सचिव अमृत बहादुर राई, नेपाल लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलगायत रहेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?