भारतीय काँग्रेस अध्यक्षमा राहुल गान्धीको एकल उम्मेदवारी

Shikharkhabar Shikharkhabar
|
बुधबार, मंसिर २०, २०७४
|
|
३८ पटक हेरिएको
Shares
भारतीय काँग्रेस अध्यक्षमा राहुल गान्धीको एकल उम्मेदवारी

सारांश

  • भारतको प्रमुख विपक्षी दल भारतीय राष्ट्रिय काँग्रेस पार्टीको अध्यक्ष पदमा राहुल गान्धी निवार्चित हुने निश्चित भएको छ ।
  • सो पदमा उम्मेदवारी दिने उनीमात्र भएका छन् ।
  • सोही कारण राहुल गान्धी नै सो पदमा निर्विरोध चयन हुने निश्चित भएको हो ।

भारतको प्रमुख विपक्षी दल भारतीय राष्ट्रिय काँग्रेस पार्टीको अध्यक्ष पदमा राहुल गान्धी निवार्चित हुने निश्चित भएको छ ।

सो पदमा उम्मेदवारी दिने उनीमात्र भएका छन् । सोही कारण राहुल गान्धी नै सो पदमा निर्विरोध चयन हुने निश्चित भएको हो ।

राहुलकी आमा सोनिया गान्धी भारतीय काँग्रेसको अध्यक्ष रहेकीछिन् । सोनियाले १९ बर्षदेखि काँग्रेस पार्टीको अध्यक्षको कार्यभार सम्हाल्दै आएकी थिइन् ।

स्वास्थ्यलगायतका कारणले पार्टी अध्यक्ष पदमा निरन्तरता दिनसक्ने अवस्था नरहेको भन्दै उनले पद छोड्न लागेकी हुन् । यस अघि पनि राहुल गान्धी पार्टीको उपाध्यक्ष रहेका थिए । उनी विगत पाँच वर्षदेखी काँग्रेसको उपाध्यक्ष पदमा रहेका छन् ।

आगामी सन् २०१९ मा हुन लागेको पार्टीको महाधिवेशनमा पार्टीको अध्यक्षमा उम्मेदवारी दर्ता गराउने अन्तिम दिन हिजो सोमबारसम्म रहेको थियो ।

सोमबार साँझसम्म गन्धी बाहेक कसैले उम्मेदवारी नदिएपछि राहुल गान्धी नै पार्टीको अध्यक्ष हुने निश्चित भएको बताइएको छ ।

सन् १९९८ बाट पार्टीको अध्यक्ष पद सम्हाल्दै आउकी सोनिया गान्धीले आफ्नो छोरा राहुललाई सो पदमा ल्याउने चाहना राखेको चर्चा भारतीय राजनीतिमा गर्ने गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?