बागमती प्रदेश क्रिकेट संघको अध्यक्षमा पारस खड्का विजयी

Shikharkhabar Shikharkhabar
|
शनिबार, भाद्र १६, २०८०
|
|
५१ पटक हेरिएको
Shares
बागमती प्रदेश क्रिकेट संघको अध्यक्षमा पारस खड्का विजयी

सारांश

  • काठमाडौं ।
  • बागमती प्रदेश क्रिकेट संघको अध्यक्षमा नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का निर्वाचित भएका छन् ।
  •  आज भएको चुनावमा उनी प्यानलसहित विजयी भए ।

काठमाडौं । बागमती प्रदेश क्रिकेट संघको अध्यक्षमा नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का निर्वाचित भएका छन् । आज भएको चुनावमा उनी प्यानलसहित विजयी भए । पारसले अध्यक्षको चुनावमा उमेश पियालाई पछि पार्दै निर्वाचित भएका हुन् । उनले २३ मत पाए भने पियाले १४ मत पाए ।

१३ सदस्यीय कार्यसमितिमा पारससहित उनको टिमबाट १२ जना चयन भएका छन् । उपाध्यक्षमा प्रेमबहादुर क्षेत्री, सचिवमा प्रशन्न शाक्य र कोषाध्यक्षमा सञ्जय बस्नेत विजयी भएका हुन् । उनीहरु तीनैजना पारसको प्यानलबाट उठेका थिए ।

सदस्यहरुमा अजयराज पाण्डे, अनिल अधिकारी, सन्जोग पोखरेल, सुजन महर्जन, हिरक श्रेष्ठ, शेखर श्रेष्ठ, बसन्त राज सत्यालले पनि समान २३ मत ल्याएर विजयी भएका छन् । यस्तै अनुजमान श्रेष्ठ १६ मत ल्याएर सदस्य निर्वाचित भए । महिला सदस्यमा नीरा राजोपाध्याय निर्विरोध निर्वाचित भएकी छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?