रोयल च्यालेन्जर्सद्वारा बेंगलुरु ५ विकेटले पराजित

Shikharkhabar Shikharkhabar
|
शनिबार, चैत्र २३, २०७५
|
|
३२ पटक हेरिएको
Shares
रोयल च्यालेन्जर्सद्वारा बेंगलुरु ५ विकेटले पराजित

सारांश

  • काठमाडौं ।
  • आन्द्रे रसेलले तुफानी ब्याटिंग गरेपछि कोलाताका नाइट राइडर्सले शुक्रबार रोयल च्यालेन्जर्स बेंगलुरुलाई ५ विकेटले हराएको छ ।
  • २०६ रनको लक्ष्य पछ्याएको कोलकाताले ५ विकेट गुमाएर १९ ओभर १ बलमा लक्ष्य भेटायो ।

काठमाडौं । आन्द्रे रसेलले तुफानी ब्याटिंग गरेपछि कोलाताका नाइट राइडर्सले शुक्रबार रोयल च्यालेन्जर्स बेंगलुरुलाई ५ विकेटले हराएको छ । २०६ रनको लक्ष्य पछ्याएको कोलकाताले ५ विकेट गुमाएर १९ ओभर १ बलमा लक्ष्य भेटायो ।

बेंगलुरुले जित्नै लागेको खेलमा त्यतिबेला टर्निङ भयो जब बेंगलुरुका बलर मोहम्मद सिराजले एकै ओभरमा दुई बिमर फालेपछि उनले आफ्नो ओभर पुरा गर्न पाएनन् । त्यतिबेलासम्म रसेलको ब्याट चुप थियो ।

सिराजले १८ औं ओभरको तेस्रो बल बिमर फालेका थिए जसमा रसेलले छक्का प्रहार गरे । त्यसपछि बलिंग गर्न आएका मार्कोस स्टोइनिसलाई रसेलले लगातार २ छक्का प्रहार गर्दै सो ओभरमा २२ रन जोडे ।

त्यसपछि पनि कोलकातालाई जितका लागि १२ बलमा ३० रन आवश्यक थियो । तर १९ औं ओभर गर्न आएका टीम साउदीलाई लगातार ३ छक्का त्यसपछि चौका र अर्को छक्का प्रहार गर्दै २९ रन बनाएपछि अन्तिम ओभरमा १ रनमात्र आवश्यक रह्यो ।

रसेलले १३ बलमा ७ छक्का र १ चौका प्रहार गर्दै नटआउट ४८ रन जोडे । रसेलले पहिलो ४ बलमा कुनै रन जोडेका थिएनन् । उनले पछिल्लो ९ बलमा ४८ रन जोडे ।

यसअघि पहिला ब्याटिंग गरेको बेंगलुरुले ३ विकेटमा २०५ रन बनाएको थियो । उसका लागि कप्तान विराट कोहलीले ८४ रन बनाएका थिए भने एबीडी भिलियर्सले ६३ रन बनाएका थिए । स्टोइनिसले २८ रन बनाएका थिए भे पार्थिव पटेलले २५ रनको योगदान दिएका थिए ।

लगातार पाँच खेल हारेपछि बेंगलुरुको प्लेअफमा प्रवेश गर्ने सम्भावना क्षिण भएको छ । शनिबार आईपएलमा दुई खेल हुनेछन् । पहिलो खेल चन्नई सुपर किंग्स र किंग्स एलेभेन पञ्जाव तथा दोस्रो खेल सनराईसर्ज हैदरावाद र मुम्बई इण्यिन्सबीच हुनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विप्लवका नेतालाई राज्यविरुद्ध अपराधमा मुद्दा, आजीवन कैद हुन सक्ने
विप्लवका नेतालाई राज्यविरुद्ध अपराधमा मुद्दा, आजीवन कैद हुन सक्ने
गठबन्धनमा अन्तर्घात भएपछि राप्रपाका नेताको आयो यस्तो बयान
ओलीइतर समूहले राजदूत नियुक्ति र मन्त्रिपरिषद पुर्नगठन सच्याएर जानुपर्ने प्रस्ताव ल्याउँदै
ओलीइतर समूहले राजदूत नियुक्ति र मन्त्रिपरिषद पुर्नगठन सच्याएर जानुपर्ने प्रस्ताव ल्याउँदै
सर्बियामा जारी आईपीयूको सम्मेलनमा नेपाल भ्रमण वर्षको प्रबर्द्धन
सर्बियामा जारी आईपीयूको सम्मेलनमा नेपाल भ्रमण वर्षको प्रबर्द्धन
चर्चित पत्रकार दुर्गानाथ शर्माकाे निधन
चर्चित पत्रकार दुर्गानाथ शर्माकाे निधन
सबै क्षेत्रमा सकारात्मक नतिजा देखिएका छन् : राष्ट्रपति
सबै क्षेत्रमा सकारात्मक नतिजा देखिएका छन् : राष्ट्रपति
अमेरिकी नागरिकलाई क्युबा भ्रमणमा प्रतिबन्ध
अमेरिकी नागरिकलाई क्युबा भ्रमणमा प्रतिबन्ध
‘विपिन जोशीको रिहाइका लागि कतार सरकारमार्फत पहल भइरहेको छ’
‘विपिन जोशीको रिहाइका लागि कतार सरकारमार्फत पहल भइरहेको छ’
च्याम्प चितवनको उपाधि सेलिसा र अभियानले हात पारे
च्याम्प चितवनको उपाधि सेलिसा र अभियानले हात पारे
बागमतीमा मन्त्रिपरिषद विस्तार: १३ मन्त्रीको कार्यविभाजन
बागमतीमा मन्त्रिपरिषद विस्तार: १३ मन्त्रीको कार्यविभाजन

तपाईंले छुटाउनुभयो कि?