प्रधानमन्त्री दाहाल नयाँ दिल्ली प्रस्थान

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ १७, २०८०
|
|
१९ पटक हेरिएको
Shares
प्रधानमन्त्री दाहाल नयाँ दिल्ली प्रस्थान

सारांश

  • काठमाडौँ ।
  • प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चार दिने औपचारिक भारत भ्रमणका लागि आज भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गरेका छन् ।
  • प्रधानमन्त्री दाहाल मध्याह्न १३ः३५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान नम्बर आरए २१७ बाट त्यसतर्फ प्रस्थान गरेका हुन् ।

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चार दिने औपचारिक भारत भ्रमणका लागि आज भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गरेका छन् ।

प्रधानमन्त्री दाहाल मध्याह्न १३ः३५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान नम्बर आरए २१७ बाट त्यसतर्फ प्रस्थान गरेका हुन् ।

प्रधानमन्त्री दाहाललाई विमानस्थलको अति विशिष्ट कक्षमा सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, मन्त्रीगण, विशिष्ट कर्मचारी, संवैधानिक आयोगका प्रतिनिधिलगायत विशिष्ट पदाधिकारीले बिदाइ गरे ।

सो अवसरमा नेपाली सेनाले सम्मान गारत अर्पण गरेको थियो ।

(https://prodavinci.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?