प्रधानमन्त्री ओलीले यसरी सम्झिए फाल्गुनन्दलाई

Shikharkhabar Shikharkhabar
|
आइतबार, कार्तिक २५, २०७५
|
|
४२ पटक हेरिएको
Shares
प्रधानमन्त्री ओलीले यसरी सम्झिए फाल्गुनन्दलाई

सारांश

  • काठमाडौं ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय विभूति, समाज सुधारक फाल्गुनन्दको जन्मजयन्तीका अवसरमा शुभकामना व्यक्त गरेका छन् ।
  • फाल्गुनन्दले सामाजिक विकृति, विसङ्गति हटाउनका लागि शुरु गर्नुभएको अभियान आज पर्यन्त स्मरणीय रहेको बताएका छन् ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय विभूति, समाज सुधारक फाल्गुनन्दको जन्मजयन्तीका अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

फाल्गुनन्दले सामाजिक विकृति, विसङ्गति हटाउनका लागि शुरु गर्नुभएको अभियान आज पर्यन्त स्मरणीय रहेको बताएका छन् । फाल्गुनन्दले समाज सुधारका लागि दिएको योगदानको स्मरण गर्दै प्रधानमन्त्री ओलीले आफू जन्मेहुर्केको समाजमा भएका बेथिति देखेपछि त्यसलाई सुधार गर्नेतर्फ फाल्गुनन्दको निरन्तर प्रयासको प्रशंसा उल्लेख गरेका छन् ।

फाल्गुनन्दको १३४औं जन्मजयन्तीका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले समाज सुधारको लागि जारी गरेको घोषणापत्र आज पनि उत्तिकै सान्दर्भिक भएको बताएका छन् ।

‘फाल्गुनन्दले १९८८ साल वैशाख २४ मा पाँचथरको लोब्रेकुटीबाट जारी गरेको समाज सुधारको सात बुँदे घोषणापत्र आज पनि उत्तिकै सान्दर्भिक छ । मलाई लाग्छ त्यो घोषणापत्रले हाम्रो समाज सुधारका लागि ठूलो योगदान ग-यो’ शुभकामना सन्देशमा भनिएको छ ।

फाल्गुनन्दले अहिंसात्मक अभियानसमेत सञ्चालन गरेका थिए । समाजमा शान्तिका लागि महत्वपूर्ण योगदान गरेको प्रधानमन्त्रीको शुभकामना सन्देशमा उल्लेख छ । यसैगरी किराँत धर्म, साहित्य आदिको प्रचारका लागि फाल्गुनन्दले गरेको खोज र अनुसन्धानको पनि प्रधानमन्त्री ओलीले प्रशंसा गरेका छन् ।

समाज सुधारक फाल्गुनन्दको योगदानको कदर गर्दै सरकारले २०६६ सालमा राष्ट्रिय विभूतिको घोषणा गरेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हेटौँडा अस्पतालमा छुट्टै ‘नोबेल कोरोना उपचार कक्ष
हेटौँडा अस्पतालमा छुट्टै ‘नोबेल कोरोना उपचार कक्ष
मनाेरञ्जन समाचार : कंगनाको सनसनीपूर्ण खुलासा, बलिउडमा हंगामा
मनाेरञ्जन समाचार : कंगनाको सनसनीपूर्ण खुलासा, बलिउडमा हंगामा
रुस–युक्रेन द्वन्द्वबाट प्रभावित ५६२ नेपाली सुरक्षित स्थानमा पुगे
रुस–युक्रेन द्वन्द्वबाट प्रभावित ५६२ नेपाली सुरक्षित स्थानमा पुगे
संघका आयोजना स्थानीय र प्रदेशमा हस्तान्तरण हुने, प्रदेशको भन्दा स्थानीयलाई अनुदान धेरै
संघका आयोजना स्थानीय र प्रदेशमा हस्तान्तरण हुने, प्रदेशको भन्दा स्थानीयलाई अनुदान धेरै
जनमत पार्टीले आफ्ना जनप्रतिनिधिबारे जनमत सङ्कलन गर्ने
जनमत पार्टीले आफ्ना जनप्रतिनिधिबारे जनमत सङ्कलन गर्ने
पोखरामा गठबन्धनका आचार्य ३५७ मतले अगाडि
पोखरामा गठबन्धनका आचार्य ३५७ मतले अगाडि
नेपालको राष्ट्रियताको चुरो नै मधेसमा : राष्ट्रपति पौडेल
नेपालको राष्ट्रियताको चुरो नै मधेसमा : राष्ट्रपति पौडेल
नेपाल इन्जिनियरिङ कजेलमा देखिएको विवाद समाधानकालागि उपसमिति गठन
नेपाल इन्जिनियरिङ कजेलमा देखिएको विवाद समाधानकालागि उपसमिति गठन
उपत्यकामा ‘नो हर्न’ कार्यान्वयन फितलो
उपत्यकामा ‘नो हर्न’ कार्यान्वयन फितलो
प्रदेश नं ६ मा शिक्षा क्षेत्रमा बढी भ्रष्टाचारका उजुरी
प्रदेश नं ६ मा शिक्षा क्षेत्रमा बढी भ्रष्टाचारका उजुरी