कैलालीको क्वारेन्टिनमा बसेका २ कोरोना संक्रमित फरार

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ ८, २०७७
|
|
२२ पटक हेरिएको
Shares
कैलालीको क्वारेन्टिनमा बसेका २ कोरोना संक्रमित फरार

सारांश

  • कैलालीमा कोरोना पीसीआर रिर्पोट पोजेटिभ आएका तीन जना घर गएका छन्।
  • जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर ३ का दुई र ९ का एक जना कोरोना संक्रमित आइतबार साँझ घर गएका हुन्।
  • कोरोना पोजेटिभ देखिएपछि क्वारेन्टाइनमा छुट्टै राखिएका एक जना बृद्धा, एक बालक र एक पुरुष भागेका हुन।

कैलालीमा कोरोना पीसीआर रिर्पोट पोजेटिभ आएका तीन जना घर गएका छन्। जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर ३ का दुई र ९ का एक जना कोरोना संक्रमित आइतबार साँझ घर गएका हुन्।

कोरोना पोजेटिभ देखिएपछि क्वारेन्टाइनमा छुट्टै राखिएका एक जना बृद्धा, एक बालक र एक पुरुष भागेका हुन।

एक साता पहिले कोरोना भाइरसको परिक्षणका लागि थ्रोड स्वाबको नमुना संकलन गरिएकोमा उनीहरु मध्ये एक जना पुरुष आफै क्वारेन्टाइनमा आएपनि दुई जना भने फरार रहेको जनाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?