नेपाली कांग्रेस फेरी लड्यो सिण्डीकेटको रुखबाट !

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख २३, २०७५
|
|
२५ पटक हेरिएको
Shares
नेपाली कांग्रेस फेरी लड्यो सिण्डीकेटको रुखबाट !

सारांश

  • काठमाडाै, २३ वैशाख ।
  • कांग्रेस केन्द्रीय कार्यसमितिको भर्खरै सकिएको बैठकमा पार्टीको लज्जास्पद हारको जिम्मेवारी एक–अर्काको टाउकोमा हाल्ने होड चल्यो ।
  • संसदमा एक चाैथााई पनि हैसियत कांग्रेसको छैन र सात प्रदेश मध्ये कुनैमा पनि कांग्रेस सरकारमा छैन ।

काठमाडाै, २३ वैशाख । कांग्रेस केन्द्रीय कार्यसमितिको भर्खरै सकिएको बैठकमा पार्टीको लज्जास्पद हारको जिम्मेवारी एक–अर्काको टाउकोमा हाल्ने होड चल्यो । संसदमा एक चाैथााई पनि हैसियत कांग्रेसको छैन र सात प्रदेश मध्ये कुनैमा पनि कांग्रेस सरकारमा छैन । अझ कतिपय प्रदेशमा त प्रमुख प्रतिपक्षीको हैसियत पनि कांग्रेसले पाएको छैन । यो स्तरको पराजयको कारण राष्ट्रिय राजनीतिमा कांग्रेसको खलनायकी भूमिका हो भन्नेमा कुनै सन्देह छैन ।

सामान्यतया प्रतिस्पर्धात्मक राजनीतिक प्रणालीमा एउटा राजनीतिक दलका लागि एक चुनावको पराजय वर्तमानको मात्रै पराजय हो । तर, गत चुनावमा पराजयपछि पनि कांग्रेसले लिएको बाटो र उसको भूमिका हेरेर भन्न सकिन्छ कांग्रेस वर्तमान मात्रै होइन भविश्य पनि हारेको पार्टीका रुपमा दर्ज भएको छ । त्यसका लागि कांग्रेस आफैं अझै खलनायकी बाटोमा अग्रसर छ । अझ सरकारले एकपछि अर्को जनपक्षीय र लोकप्रिय कदमहरु चाल्नु र प्रमुख प्रतिपक्षी दल त्यस विरुद्ध खलनायकी भूमिकामा उभिनु कांग्रेसको भविश्य पनि पराजित रहेको संकेत हो ।

यसका लागि अहिलेको ताजा विषय हो यातायात क्षेत्रको सिण्डीकेट हटाउन सरकारले चालेको जनपक्षीय कदमको विपक्षमा कांग्रेस उभिनु । यातायात क्षेत्रमा वर्षौदेखि सिण्डीकेटको मारमा नागरिक परेका छन् र राज्य ठगिएको छ । यस्तो अवस्थाबाट मुक्त हुन सरकारले कदम चाल्यो र जनताको ब्यापक समर्थन पायो । ब्यापक जनसमर्थनको बलमा सरकारले यातायात सिण्डकेटलाई पराजित गरेको छ । तर, कांग्रेस केन्द्रीय कार्यालयले विज्ञप्ति नै निकालेर ‘यातायात ब्यवसायीको हक हितका लागि भएको आन्दोलनमा सरकारले धरपकड गरेको’ भन्दै विरोध जनायो ।

विगतमा भारतीय नाकाबन्दीको समर्थन, उच्च नैतिक छवि बनाएकी प्रधानन्यायाधीश सुशीला कार्की विरुद्ध महाभियोग र सरकारमा बसेर राज्यकोषको चरम दोहनका कारण कांग्रेस जनताबीच बदनाम थियो । त्यसैको सजाय चुनावमा कांग्रेसले पाएको थियो । तर, चुनावमा जनताले त्यति ठूलो सजाय दिंदा पनि कांग्रेसले चेतेन र अहिले यातायात सिण्डीकेटको पक्षमा उभिन पुगेको छ । सिमित ब्यक्ति र समुहको सिण्डीकेटको मारमा करोडौं जनतालाई पार्ने र राज्यलाई ठगेर त्यसको लाभ सत्तामा बस्ने नेताहरुले लिने परिपाटी अन्त्य हुँदा कांग्रेस मर्माहत भएको छ ।

इतिहासको एउटा कालखण्डमा महत्वपूर्ण भूमिका खेलेका कारण कांग्रेस राजनीतिक मञ्चमा रहिरहोस् भनी सोच्ने तप्का पनि यतिखेर कांग्रेसको जनविरोधी चरित्रका कारण झस्केका छन् । विगतमा भारतीय नाकाबन्दीको पक्षमा कांग्रेस उभिंदा यसैगरी नेपाली जनताको विश्वास कांग्रेसले गुमाएको थियो ।

६ महिनासम्म नेपाली जनता नाकाबन्दीको चपेटामा पर्दा कांग्रेस त्यसको पक्षमा थियो । नाकाबन्दीलाई पराजित गर्न दृढतासाथ उभिएका तत्कालीन सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘खोक्रो राष्ट्रवादी’ पदावली दिंदै कांग्रेस नाकाबन्दीलाई सत्तामा फर्किने अस्त्रका रुपमा उपयोग गरिरहेको थियो । त्यसपछि सत्तामा फर्केको कांग्रेसले आफ्नो कार्यकालमा नेपालको संविधानमाथि भारतको पनि स्वामित्व हुनुपर्ने पक्षमा उभियो र शेरबहादुर देउवाले नेपाली संसदले गरेको निर्णयप्रति भारतीय प्रधानमन्त्रीका सामुन्ने सार्वजनिक क्षमा याचना गर्दै संविधान संशोधनको बाचा गरे । त्यो स्तरको लम्पसारवादमा ढलेको कांग्रेस यतिखेर नाकाबन्दी परजित गरी, नेपालको आन्तरिक मामिला अन्यत्रको सरोकारको विषय नबनाई स्वाधीन राष्ट्रियताको प्रवद्र्धनमा उभिएको सरकार विरुद्ध उत्रिएको छ ।

पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री मोदीकै अघिल्तिर उभिएर संविधान संशोधन गर्न नसकेकोमा भारतसँग क्षमा माग्ने शेरबहादुर देउवा अहिले नेपालको आन्तरिक मामिलामा बेदखल रहनेगरी भारतसँग गरिएको सम्बन्ध विस्तारको विरोध गरिरहेका छन् । मोदीको नेपाल भ्रमण हुनु, उनलाई छिमेकी देशको प्रधानमन्त्रीका रुपमा नेपालमा स्वागत गरिनुलाई ‘ओलीको राष्ट्रवादको पतन’का् अर्थ लगाइरहेका छन् । तर, कसैले बिर्सेको छैन विगतमा मोदीसामु नेपालको संविधान संशोधन गर्न नसकेको भनी देउवाले भारत भ्रमणका क्रममा सार्वजनिक क्षमा याचना नै गरेको ।
त्यसैले अहिले समाजमा कांग्रेसको जुन मात्रामा साख छ त्यो भ्रमको जगमा मात्र सिमित छ । नाकाबन्दी गर्ने भारत त्यसबाट पछि हटेर सम्बन्धलाई नयाँ परिभाषा दिन तयार भएका बेला भने नेपालको स्वाधीन हैसियत नरुचाउँदै कांग्रेस तीन वर्षअघिको नाकाबन्दी सम्झिरहेको छ ।

अहिले यातायात सिण्डीकेटको पक्षमा उभिएको कांग्रेस प्रत्यक्षतः नेपाली उपभोक्ताको हितका विपक्षमा र सिमित ब्यवसायीको लूटको निरन्तरताका पक्षमा छ । जसरी विगतमा नाकाबन्दीको विपक्षमा बोल्न नसक्नुका कारण चुनाव हारिएको निश्कर्ष अहिले कांग्रेसले निकालेको छ, त्यसैगरी अवको ५ वर्षपछि आउने चुनावमा सिण्डीकेटका पक्षमा उभिनु गम्भीर भूल भन्ने निश्कर्षमा कांग्रेस पुग्नु पर्नेछ । कांग्रेसको राजनीतिक भूमिकाको सामथ्र्य त सकिएको छ नै, उसको संवेदनाशक्ति पनि समाप्त भएको यस प्रकरणबाट पुष्टि भएको छ ।

विगतमा नाकाबन्दीको पक्षमा उभिने र नाकाबन्दीलाई पराजित गर्ने प्रधानमन्त्रीलाई खोक्रो राष्ट्रवादी भन्दै लाञ्छित गर्ने कांग्रेस अहिले तीन वर्षपछि नाकाबन्दीको विरोध नगर्नु गल्ती भयो त भन्छ तर, नाकाबन्दी पराजित गर्ने ओलीलाई अझै खोक्रो राष्ट्रवादी भनिरहेकै छ । त्यसैले नाकाबन्दीको स्वीकारोक्ति पनि कांग्रेसको देखावटी स्टन्ट मात्रै हो भन्ने देखिन्छ ।

यातायात सिण्डीकेटको पक्षमा रहेको कांग्रेस अवका चुनावबाट जन अनुमोदित हुन सक्ने आधार छैन । खुलेआम नेपाली नागरिक र राज्यलाई शोषण गर्ने सिमित तप्काको पक्षमा उभिएका कारण प्रतिपक्षमै बस्दा पनि चरम अलोकप्रियताको अवस्थामा कांग्रेस छ । गत चुनावमा कांग्रेसलाई भोट दिएका नागरिक समेत त्यसप्रति पश्चाताप गर्नु पर्ने अवस्थामा पुगेका छन् ।

हामी बाहिरबाट हेर्नेहरु पटक पटक भनिरहेका छौं, लेखिरहेका छौं कि सरकारको निगरानीको लागि एउटा रचनात्मक प्रतिपक्षी चाहिन्छ । तर कांग्रेस यसरी सुरु देखि नै जनताको विपक्षमा उभिएपछि जनताले पनि सत्ता पक्षको होइन प्रतिपक्षको निगरानी गर्नु पर्ने भएको छ । जनता किन सत्तामा ओली चाहन्थे भन्ने कुरा दोस्रो पटकको ओली इनिङले देखाइसकेको छ । सरकारले दुई महिना नवित्दै केहि गतिला कामको थालनी गरेको छ । ती हुन् सुन तस्करीको छानविन गर्ने, यातायात सिण्डीकेट हटाउने, छिमेकी देश भारतसँग समानताका आधारित सम्बनध विकसित गरी राष्ट्रहितमा साझेदारी गर्ने ।

अहिले सरकारसँग जनताका यति धेरै अपेक्षा छन् जो सात साल देखि थाती रहेका काम एकै पटक पूरा गर्नु पर्ने अवस्था छ । यो त्यति सजिलो छैन, जति हामीले देखेका छौं । विषेशगरी शहरी क्षेत्रका जनताले हरेकदिन भनिरहेका छन्– बाटोमा घुलो उड्यो सरकार, फोहोर थुप्रियो सरकार, पानी आएन सरकार, गाडीवालाले तोकेको भन्दा धेरै भाडा लिए सरकार, सडक जाम भएर समयमा काममा पुग्न पाइन सरकार, विष हालेको तरकारी मात्र छ बजारमा सरकार आदिआदि । तर, के यसको अन्त्यका लागि काम थालनी गर्नु परेन रु सरकारले गरेको थालनीलाई समर्थन गर्नुको साटो यसैलाई अधिनायकवाद भन्दै अराजकता र लूटको पक्षमा कांग्रेस उभिन पुगेको छ ।

ओली नेतृत्वको दोस्रो सरकारको इनिङ साँच्चै सुन्दर छ । विगतमा आइजिपीमा बढुवा गर्दा कस्तो अलोकतान्त्रिक खेल र रकमको लेनदेन हुन्थ्यो रु अहिले कानुनी प्रक्रियालाई पच्छ्याएर योग्य ब्यक्तिलाई बढुवा गर्ने काम भएको छ । प्रहरी संगठनका अधिकारीहरु विगतमा कसरी सुन तस्करीमा संलग्न रहेका थिए रु अहिले छानविनले त्यसलाई उजागर गर्दैछ । ओली सरकारको यो अर्को सुन्दर थालनी हो । त्यसैले जनता सरकारको थालनीप्रति खुसी छन् र हामी सरकारको साथ छौं भनिरहेछन् ।

तर, प्रतिपक्षमा रहेको दल कांग्रेस प्रतिपक्षमै रहंदा यो स्तरको बदनामीमा छ । चुनावमा लज्जाजनक पराजयपछि पनि नचेत्ने कांग्रेसलाई यातायात सिण्डकेट बचाएर भए पनि जनताले बचाउन सक्छन् रु सक्दैनन् । सिण्डीकेट जसरी ध्वस्त हुँदैछ, त्यसैगरी कांग्रेसको बचेको साख पनि ध्वस्त हुँदैछ ।
(चक्रपथमा बिनु पोखरेलले लेखेकि छन) 

प्रतिक्रिया

3 कमेन्ट

    Comment Author

    Rajendra Gaire

    सहिकुरो

    Comment Author

    Phemsong Taplejunge

    Haaaa haaaaa

    Comment Author

    Shyam Fayal

    Chakrapath bhanne kaite online kp ko bhajan gauna ra aruko sattosarap garna kholiyako yamalema pani bisheshgari oli gutko online ho. Yahi bhajan gaya bapat yaska jimmewar padhadhikari ahile kp ko sallahakarma niyukti payaka xan. Yasta online propoganda rachna matrai upayogi hunxa.

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 3
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?