प्रधानमन्त्री प्रचण्डको शपथ आज

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष ११, २०७९
|
|
३८ पटक हेरिएको
Shares
प्रधानमन्त्री प्रचण्डको शपथ आज

सारांश

  • काठमाडाैं।
  • प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज शपथ लिने भएका छन्।
  • राष्ट्रपति विद्यादेवी भण्डारीले प्रचण्डलाई आइतबार संविधानको धारा ७६ को उपधारा २ अनुसार प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन्।

काठमाडाैं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज शपथ लिने भएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले प्रचण्डलाई आइतबार संविधानको धारा ७६ को उपधारा २ अनुसार प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन्।

नवनियुक्त प्रधानमन्त्री प्रचण्डले सोमबार अपरान्ह ४ बजे राष्ट्रपति निवास शितल निवासमा शपथ लिने कार्यक्रम तय भएको छ। प्रधानमन्त्री प्रचण्डलाई राष्ट्रपतिले शपथ खुवाउने कार्यक्रम छ।

प्रचण्ड एमालेसहित ७ दल र केही स्वतन्त्र सांसदहरूको समर्थनमा प्रधानमन्त्री बनेका हुन्। प्रचण्डले आज सानो आकारमा मन्त्रिमण्डल पनि गठन गर्ने सम्भावना छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?