गुजरात अविरल वर्षाका कारण १२ जनाको मृत्यु

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ १७, २०८०
|
|
४० पटक हेरिएको
Shares
गुजरात अविरल वर्षाका कारण १२ जनाको मृत्यु

सारांश

  • नयाँ दिल्ली ।
  • भारतको पश्चिमी राज्य गुजरातमा विगत केही दिनदेखि आएको वर्षा र बाढी कारण १२ जना व्यक्तिको मृत्यु भएको छ ।
  • प्राकृतिक विपत्तिबाट धेरैको जीवनमा प्रतिकूल असर परेको स्थानीय सञ्चारमाध्यमले आइतबार उल्लेख गरेका छन् ।

नयाँ दिल्ली । भारतको पश्चिमी राज्य गुजरातमा विगत केही दिनदेखि आएको वर्षा र बाढी कारण १२ जना व्यक्तिको मृत्यु भएको छ । प्राकृतिक विपत्तिबाट धेरैको जीवनमा प्रतिकूल असर परेको स्थानीय सञ्चारमाध्यमले आइतबार उल्लेख गरेका छन् ।

मृत्यु हुनेमा जामनगर जिल्लाका मात्रै ६ जना रहेका छन् । मृत्यु हुने अन्य व्यक्तिहरू अमरेली, बोटाड र आनन्दका स्तानीय रहेको बताइएको छ ।

जामनगरका तल्लो क्षेत्रहरू डुबानमा परेकाले मानिसहरू घरभित्रै थुनिएका छन् । जामनगर जिल्लाको भिसावदार क्षेत्रमा शुक्रबार ३४९ मिलिमिटर वर्षा भएको छ ।

लगातारको वर्षाका कारण गुजरातमा नदीहरू खतराको चिन्हभन्दा माथि बगिरहँदा स्थानीयहरूमा त्रास बढेको छ । राज्यको दयनीय अवस्थालाई ध्यानमा राख्दै गुजरातका मुख्यमन्त्री भूपेन्द्र पटेलले बाढी प्रभावित क्षेत्रहरूमा विशेष गरी राज्यको जामनगर, जुनागढ र कच्छ जिल्लाहरूमा भइरहेको राहत र उद्धार कार्यमा निरन्तर निगरानी बढाएका छन् ।

स्थानीय प्रशासनका अधिकारीहरूलाई तल्लो क्षेत्रका मानिसहरूलाई सुरक्षित स्थानमा सार्न लागिएको सञ्चारमाध्यमहरूले जनाएका छन् । हिमाचल प्रदेश र उत्तराखण्ड राज्यहरू बाढीबाट बढी प्रभावित छन् ।

आफ्नो पछिल्लो मौसम पूर्वानुमानमा भारतीय मौसम विज्ञान विभागले उत्तराखण्ड राज्यमा जुलाई १.५ सम्म मध्यम देखि धेरै भारी वर्षा हुने सम्भावना रहेको बताएको छ ।

त्यस्तै उत्तराखण्डको लोकप्रिय पर्यटकीय गन्तव्य नैनीतालमा अति भारी वर्षा हुने चेतावनी जारी गरिएको छ । हिमाचल प्रदेश राज्यका केही भागहरूमा पहिराले क्षति पुर्याएका विवरणहरू आइरहेका छन् ।

(https://experience.afrotech.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जिवित हुँदा सबैले हेला गर्थे, मृत्युपछि संसार हल्लियो
जिवित हुँदा सबैले हेला गर्थे, मृत्युपछि संसार हल्लियो
गुण्डामाथि प्रहरीको एक्सनः प्रहरी भन्छ ‘निगरानी गरिरहेका छौँ’
गुण्डामाथि प्रहरीको एक्सनः प्रहरी भन्छ ‘निगरानी गरिरहेका छौँ’
सवारी साधनको जाँच पास निजीलाई दिने तयारी
सवारी साधनको जाँच पास निजीलाई दिने तयारी
कास्कीको मादी गाउँपालिका प्रमुखमा एमालेका वेदबहादुर र उपप्रमुखमा विष्णु पौडेल विजयी
कास्कीको मादी गाउँपालिका प्रमुखमा एमालेका वेदबहादुर र उपप्रमुखमा विष्णु पौडेल विजयी
वैदेशिक रोजगारः ठगहरुको बिगबिगी !
वैदेशिक रोजगारः ठगहरुको बिगबिगी !
विश्वकप क्रिकेटः इङ्ल्यान्डलाई फराकिलो अन्तरले पराजित गर्दै भारत फाइनलमा प्रवेश
विश्वकप क्रिकेटः इङ्ल्यान्डलाई फराकिलो अन्तरले पराजित गर्दै भारत फाइनलमा प्रवेश
निर्वाचनपछि देश नयाँ युगमा प्रवेश’ : उपराष्ट्रपति पुन
निर्वाचनपछि देश नयाँ युगमा प्रवेश’ : उपराष्ट्रपति पुन
मापदण्ड पूरा नगर्ने तीन सय ५० विद्यालयको खाता रोक्का
मापदण्ड पूरा नगर्ने तीन सय ५० विद्यालयको खाता रोक्का
स्पेनका एक जोडीले नेपाली परम्परा अनुसार पोखरामा विवाह
स्पेनका एक जोडीले नेपाली परम्परा अनुसार पोखरामा विवाह
विपद् व्यवस्थापनमा हजारौ हातहरु जुट्‍नुपर्छ: गृहमन्त्री शर्मा
विपद् व्यवस्थापनमा हजारौ हातहरु जुट्‍नुपर्छ: गृहमन्त्री शर्मा