प्रधानमन्त्री मोदीद्वारा आन्दोलनकारीलाई शान्त रहन आग्रह

Shikharkhabar Shikharkhabar
|
बुधबार, पौष २, २०७६
|
|
३७ पटक हेरिएको
Shares
प्रधानमन्त्री मोदीद्वारा आन्दोलनकारीलाई शान्त रहन आग्रह

सारांश

  • नयाँ दिल्ली।
  • भारतका विभिन्न शहरहरुमा आन्दोलन चर्किएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शान्त रहन सबै भारतीय नागरिकलाई आग्रह गरेका छन्।
  • भारतमा पछिल्ला केही दिन यता नागरिकतासम्बन्धी नयाँ कानूनको विरोधमा प्रदर्शनहरु भइरहेका छन् ।

नयाँ दिल्ली। भारतका विभिन्न शहरहरुमा आन्दोलन चर्किएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शान्त रहन सबै भारतीय नागरिकलाई आग्रह गरेका छन्।

भारतमा पछिल्ला केही दिन यता नागरिकतासम्बन्धी नयाँ कानूनको विरोधमा प्रदर्शनहरु भइरहेका छन् ।

ती प्रदर्शनहरु चर्किँदै गएपछि प्रधानमन्त्री मोदीले सो आग्रह गर्नुभएको समाचारमा जनाइएको छ। बुधबार राजधानी नयाँ दिल्लीमा आयोजित एक कार्यक्रममा उहाँले सो आग्रह गरेका हुन्।

मङ्गलबार साँझ पनि भारतीय जनताका नाममा सम्बोधन गरेर सो आग्रह गरेका प्रधानमन्त्री मोदीले बुधबार पनि सबैलाई आन्दोलन नचर्काउन र सबैलाई शान्त रहन आग्रह गरेको प्राप्त समाचारमा जनाइएको छ।

उनले नागरिकताको संशोधनको विषयलाई लिएर आन्दोलन र कुनै पनि किसीमको राजनीति बन्द गर्न आग्रह गरेको बुधबार दिल्लीबाट प्राप्त भएको समाचारमा जनाइएको छ।

भारतीय प्रधानमन्त्री मोदीले सरकारले ल्याएको नागरिकतासम्बन्धी उक्त नयाँ कानूनको बचाउ गर्दै त्यस कानूनमा सोचविचार गरेर नै संशोधन गरिएको बताए।

उनले भारतका विभिन्न शहरमा जारी रहेको आन्दोलनलाई ‘गुरिल्ला’ राजनीति भनी टिप्पणी गरेका छन्।

संशोधनपछि आएको नागरिकतासम्बन्धी नयाँ कानूनको विरोधमा भारतको पश्चिम वङ्गाल, कलकत्ता, तामिल नाडू राज्यलगायतका शहरी क्षेत्रमा विभिन्न दलहरूसमेतको सक्रियतामा विरोध प्रदर्शनहरु भएका छन्।

दशौँ हजारको संख्यामा भारतीय मुसलमान समुदायका नागरिकको सहभागितामा केही दिनदेखि प्रदर्शन जारी राखिएको बताइएको छ।

राजधानी नयाँ दिल्लीमा पनि मङ्गलबार बृहत् विरोध प्रदर्शन गरिएपछि प्रधानमन्त्री मोदीले मङ्गलबार साँझ टेलिभिजनबाट सम्बोधन गरी देशमा शान्ति कायम राख्न आग्रह गरेका थिए।

बुधबार पनि उनले संशोधित नागरिकतासम्बन्धी कानूनबाट कोही पनि भारतीय नागरिक डराउनुपर्ने अवस्था नरहेको भन्दै उक्त कानूनको बचाउ गर्दै नागरिकलाई शान्तिपूर्ण रुपमा रहन र आन्दोलन नगर्न आग्रह गरेको जनाइएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मिस शेर्पा २०१८ लाई क्रोयसियामा हुने Miss Tourism World मा अवसर
मिस शेर्पा २०१८ लाई क्रोयसियामा हुने Miss Tourism World मा अवसर
सर्लाहीलगायत जिल्लाका घटनाबारे गम्भीर भएर छलफल गरिरहेका छाैँ : गृहमन्त्री श्रेष्ठ
सर्लाहीलगायत जिल्लाका घटनाबारे गम्भीर भएर छलफल गरिरहेका छाैँ : गृहमन्त्री श्रेष्ठ
एमालो लागि देशैभरीबाट परिवार दलले १ लाख ६५ हजार मत खसाल्छौः अध्यक्ष ढकाल
एमालो लागि देशैभरीबाट परिवार दलले १ लाख ६५ हजार मत खसाल्छौः अध्यक्ष ढकाल
भारतमा ‘कोविड १९’ संक्रमितको संख्या १२ हजार नाघ्यो, ४०० भन्दाबढीको मृत्यु
भारतमा ‘कोविड १९’ संक्रमितको संख्या १२ हजार नाघ्यो, ४०० भन्दाबढीको मृत्यु
भोका कुकुरले टोकाएर पति मारिएको सात वर्षपछि देखिइन् किम इल सुङकी छोरी
भोका कुकुरले टोकाएर पति मारिएको सात वर्षपछि देखिइन् किम इल सुङकी छोरी
टर्की र सिरियामा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या एघार हजारभन्दा बढी
टर्की र सिरियामा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या एघार हजारभन्दा बढी
बझाङ केन्द्रबिन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प
बझाङ केन्द्रबिन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प
एमाले–माओवादी केन्द्रबीच पार्टी एकता सहमतिमा टुंग्याउने जिम्मा ओली–प्रचण्डलाई
एमाले–माओवादी केन्द्रबीच पार्टी एकता सहमतिमा टुंग्याउने जिम्मा ओली–प्रचण्डलाई
समस्याको चाङ मात्र देखाउने प्रवृत्ति त्याग्न ऊर्जामन्त्री बस्नेतको निर्देशन
समस्याको चाङ मात्र देखाउने प्रवृत्ति त्याग्न ऊर्जामन्त्री बस्नेतको निर्देशन
इरानी सेनाको रिभाल्युशनरी गार्डलाई अमेरिकाद्वारा आतंवादी संगठन घोषित
इरानी सेनाको रिभाल्युशनरी गार्डलाई अमेरिकाद्वारा आतंवादी संगठन घोषित