प्रधानमन्त्रीलाई डा. संग्रौलाले दिए यस्तो सुझाव : ‘हाम्रा परिवार एनजिओले भत्काइसके, एकनाथजस्ता असफल पार्न उद्दत छन्’

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर २३, २०७५
|
|
२३ पटक हेरिएको
Shares
प्रधानमन्त्रीलाई डा. संग्रौलाले दिए यस्तो सुझाव : ‘हाम्रा परिवार एनजिओले भत्काइसके, एकनाथजस्ता असफल पार्न उद्दत छन्’

सारांश

  • सम्मानीय प्रधानमन्त्री ज्यू, दश दिनदेखि गाउँतिर विद्यार्थीसँग अध्ययन अध्यापनका क्रममा बस्दा जनता निराश हुन थालेको पाएँ ।
  • सोझा जनताले तल लेखेका कुराहरु प्रधानमन्त्रीलाई तपाईंले भनिदिनुहोस भनेका हुँदा, सामजिक सन्जालमा सूत्रबद्ध गरेको हुँ ।
  • सञ्चार क्षेत्रलाई पनि अनुरोध गर्द्छु ।

सम्मानीय प्रधानमन्त्री ज्यू,
दश दिनदेखि गाउँतिर विद्यार्थीसँग अध्ययन अध्यापनका क्रममा बस्दा जनता निराश हुन थालेको पाएँ । सोझा जनताले तल लेखेका कुराहरु प्रधानमन्त्रीलाई तपाईंले भनिदिनुहोस भनेका हुँदा, सामजिक सन्जालमा सूत्रबद्ध गरेको हुँ । सञ्चार क्षेत्रलाई पनि अनुरोध गर्द्छु ।

१. जनताको चाहाना विकास हो । जनता उत्पादनको सीप, असल बीउ, सिचाइको सुविधा र मलको एथोचित ब्यवस्था चाहन्छन । उनीहरुको आफना स्थानीय जनप्रतिनिधि माथि भरोसा भएको पाएँ । तर, स्थानीय तहमा क्रियाशील सरकारलाई केन्द्रका कर्मचारीले कज्जाएको मात्रै होइन उल्लु बनाएको पाएँ । स्थानीय तहलाई काम गर्नसक्ने अवस्थाको सिर्जना गरिदिनुहोस् ।

२. कृषि हाम्रो राष्ट्रिय अर्थतन्त्रको आधार हो । सन् १९९४ सम्म हामी अन्न बेच्ने देशमा थियौं । तर, २००२ मा हामीले ८ अर्बको खाद्यान्न आयात गर्यौं । सन् २०१७ सम्ममा हामीले १ खर्ब ८ अर्बको खाद्यान्न आयात गरेछौं । गाउँघरका जमिन बाँझा छन् । राम्रा उत्पादनशील जमिनजति सबै माफियाले प्लटिङ्ग गरिसकेछन् । बस्तीलाई व्यवस्थित गरी पहाडहरु खाली गरी बाख्रा भेंडा र अन्य मासुयोग्य पशुपालनको विकास गर्न सके अरबौंको आयात प्रतिस्थापन गर्न सकिन्छ भन्छन् ग्रामीण जनता । पहिला कृषिमा जनताको उत्पादकत्व विकास गरौं । बैकबाट ऋण लैजाउ भनेर देश विकास हुँदैन । सरकारले पहिला बजार विकास गर्नुपर्छ । उत्पादनलाई बजार पुर्याउन सजिलो र भरोसायुक्त सडक सन्जाल निर्माण गर्नुपर्छ । पहाडमा डोजरले खोतलेर सक्नलागे । यो पैसा ठुल्ठुला सडक निर्माणमा लगाऊँ । एकपटक निर्माणको महौल तयार भएपछि नाजायज बिरोध गर्नेहरु दुलामा पस्नेछन् ।

३. समाजवादी व्यवस्थाले नवउदारवाद बोक्न सक्तैन । जनताको विकासमा चीनले सबैभन्दा पहिला विवाह कानुनको सुधार गर्यो । पतिपत्नी दुवैलाई समान ब्यक्ति बनायो लोग्ने मानिस र स्वास्नी मानिस होइन । मजबुत परिवार मात्र समाजको भरपर्दो इकाइ हो । परिवार दह्रो भएन भने समाज रोगी हुन्छ । अहिलेको नेपाली समाज रोगी छ । कुरौटे र निरासावादी छ । त्यसमा पनि पश्चिमी हावा भरेर हाम्रा परिवारहरु एनजिओले भत्काइसके ।

चीनले गरेको दोस्रो सुधार थियो जमिनको व्यवस्थापन । जमिनलाई उत्पादनशील नबनाइ राष्ट्रको स्वास्थ राम्रो हुँदैन । हामीले त मानिसलाई कुर्कुरे, बियर र रक्सी बेच्ने बनायौं । खेती होइन सडकमा कोक, पेप्सी, रक्सी, बियर, कुर्कुरे बेच्ने जनताबाट कसरी राष्ट्रलाई उत्पादनमुखी बनाउन सकिन्छ?

चौथो सुधार थियो स्वास्थको । सरकारले खेल्कुदद्वारा नागरिकलाई स्वस्थ बनायो ।
पाचौं सुधार थियो शिक्षाको । शिक्षा राज्यले आफ्नो जिम्मामा लियो । हाम्रोमा त स्कुल देखि नै विदेश जान प्रेरित गर्छौं । शिक्षा व्यापार बनेको छ । २०२८ साल देखि नै हाम्रो शिक्षा विदेशीको नियन्त्रणमा गयो । त्यसपछि हाम्रो शिक्षाको नीति सधैं विदेशीले बनाउँदै आएका छन् । २०१७ मा ४५ हजार विद्यार्थी विदेश गएर उनीहरुले पचास अरबको हाराहारीमा नेपालको धन विदेश लगे । विदेशीलाइ नेपालमा ल्याएर शिक्षाको प्रदर्शनी गर्ने र त्यहीबाट नेपाली विद्यार्थी विदेश पठाउने व्यापारीको संख्या सानो छैन । यी सुधार नगरी देश अगाडि बढ्दैन ।

४. १० बर्षमा सरकारले ५४ अरबका गाडी किनेछ । गरिबको शिक्षा स्वास्थ र उत्पादकत्व विकास नगरी देश विकास हुँदैन ।

५. प्रधानमन्त्री ज्यू, नेपालका नवउदारवादी अर्थशाश्त्रीयका हिसाबीय जादुले देशलाई ठग्नुसम्म ठ्ग्यो । धनीको पैसा कागजमा गरिबलाई बाँडेर नेपालमा गरिबी घटेर १८ प्रतिशतमा झर्यो भन्ने कुरा उल्लु कुरा मात्र हो । नेपालमा ८० प्रतिशत मानिस गरिब छन् । त्यसैले निजीकरणको दुहाइले नेपाली जनताको उत्पादकत्व बढ्दैन । सुँगुरको पाठो दिएर गरिब धनी हुँदैन । गरिबलाई उत्पादनमा लगाउनुपर्छ । उसलाई उत्पादनको सीप दिनु पर्छ । उत्पादन गर्ने साधन दिनुपर्छ । बजारको निर्माण गर्नुपर्छ र यातायातको सन्जाल निर्माण गर्नुपर्छ ।

५. धन र आम्दानीमा भेदभाव ठूलो छ नेपालमा । माथिका धनी १० प्रतिशतले करिब ५५ प्रतिशत आम्दानी एकलौटी खान्छन् ।

प्रधानमन्त्रीज्यु, गरिब बाँच्न कर तिर्छ । दुई रोपनीमा दुई मुरी कोदो फलाएर दुइ महिना खोले खान्छ र बनी गरेर मालपोत तिर्छ । उसले तिरेको करबाट कर्मचारी र नेता गाडी चढ्छ्न । चढुन तर गरिबको उत्पादकता त निर्माण गर्नुपर्यो नि । तलका गरिबको खर्च गर्ने क्षमता बर्षमा १८ हजार मात्र छ । कसरी बाँच्छ होला एउटा गरिब मासिक १ हजार ५ सयमा ?

६. हाम्रो संविधानले लक्ष्य त समाजवाद हो भन्यो, तर हामी समाजवादतिर गैरहेका छैनौं । हामी ऐले पनि नवउदारवादको चंगुलमा नै छौं ।

७. प्रान्तीय सरकारलाई संघका कर्मचारीले उल्लु बनाएका छन् । बिना काम खर्च गर्न प्रान्तीय सरकार बाध्य भएका छन् । मेरो हार्दिक अनुरोध छ । नेपाली जनतालाई अभावबाट निकाल्नुहोस् । देशको सम्पूर्ण बौद्धिकतालाई देशको सेवामा उत्रिने मौका दिनुहोस् । विश्व बैंकको मोडल फेल भैसक्यो । नयाँ मोडलको खोजी गर्न दिनुहोस् । साँगुरो घेराबाट बृहद घेरातिर जानुको विकल्प छैन । अब पनि देश आर्थिक समृद्धिको बाटोमा जान सकेन भने नेपाललाई विदेशीले असफल राष्ट्र बनाउनेछन् । एकनाथजस्ता मानिसहरु तपाईहरुलाई असफल पार्न उद्दत छन् । तपाईहरुको हित चाहने भए त यी पनि बामपन्थी भएर काम गरिहाल्थे नि ।

यी आम जनताले भनेका कुरा हुन् । मैले मिलाएर लेखेको मात्र हो । संग्रौलाको फेसबुकबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

धेरैपछि आइन रेखा- पहिलोपटक एकल साँझ लिएर
धेरैपछि आइन रेखा- पहिलोपटक एकल साँझ लिएर
शासकीय सुधारका लागि संविधान संशोधनमा जानुपर्छ : पूर्वप्रधानमन्त्री डा भट्टराई
शासकीय सुधारका लागि संविधान संशोधनमा जानुपर्छ : पूर्वप्रधानमन्त्री डा भट्टराई
प्रम देउवाद्वारा महिला व्यवसायी सम्मेलनको उद्घाटन
प्रम देउवाद्वारा महिला व्यवसायी सम्मेलनको उद्घाटन
नेपालका लागि अष्ट्रेलियाका राजदुत लक्की शेर्पाको राजिनामा
नेपालका लागि अष्ट्रेलियाका राजदुत लक्की शेर्पाको राजिनामा
कोरोना संक्रमितको उपचारका लागि ६ दिनमै चीनले कसरी बनाउँछ अस्पताल ?
कोरोना संक्रमितको उपचारका लागि ६ दिनमै चीनले कसरी बनाउँछ अस्पताल ?
पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराई किनाराको साक्षी मात्रै
पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराई किनाराको साक्षी मात्रै
प्रदेश नं २ मा विनियोजित गरेको बजेटमध्ये ५३ प्रतिशत बजेट फ्रिज
प्रदेश नं २ मा विनियोजित गरेको बजेटमध्ये ५३ प्रतिशत बजेट फ्रिज
सचिव सरुवा स्वभाविक प्रक्रिया हो, चुनावमा कुनै असर पर्दैन : प्रमुख निर्वाचन आयुक्त
सचिव सरुवा स्वभाविक प्रक्रिया हो, चुनावमा कुनै असर पर्दैन : प्रमुख निर्वाचन आयुक्त
लकडाउनको नयाँ मोडालिटीलाई आयो यस्तो प्रस्ताव
मापसे गरी सवारीसाधन चलाउने महिलाको सङ्ख्या बढ्यो
मापसे गरी सवारीसाधन चलाउने महिलाको सङ्ख्या बढ्यो

तपाईंले छुटाउनुभयो कि?