प्रधानसेनापति थापा साताव्यापी भारत भ्रमणमा जाँदै

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष २६, २०७५
|
|
२५ पटक हेरिएको
Shares
प्रधानसेनापति थापा साताव्यापी भारत भ्रमणमा जाँदै

सारांश

  • काठमाडौं।
  • प्रधानसेनापति पूर्णचन्द्र थापा शुक्रबार भारत भ्रमणमा जाने भएका छन्।
  • भारतका स्थल सेनाध्यक्ष जनरल विपिन रावतको औपचारिक निमन्त्रणामा प्रधानसेनापति थापा पुस २७ गते भारत प्रस्थान गर्ने जनसम्पर्क तथा सूचना निर्देशनालय जंगी अड्डाले जनाएको छ।

काठमाडौं। प्रधानसेनापति पूर्णचन्द्र थापा शुक्रबार भारत भ्रमणमा जाने भएका छन्। भारतका स्थल सेनाध्यक्ष जनरल विपिन रावतको औपचारिक निमन्त्रणामा प्रधानसेनापति थापा पुस २७ गते भारत प्रस्थान गर्ने जनसम्पर्क तथा सूचना निर्देशनालय जंगी अड्डाले जनाएको छ।

प्रधानसेनापतिका नियुक्त भएपछि थापाको यो पहिलो विदेश भ्रमण हो। भारत भ्रमणका क्रममा प्रधानसेनापति थापालाई पुस २८ गते भारतका राम नाथ कोविन्दबाट भारतीय स्थल सेनाको मानार्थ महारथी दर्जाको दर्ज्यानी चिन्हबाट सम्मान गर्ने कार्यक्रम रहेको छ। दुवै देशका सेना प्रमुखहरुलाई कदरस्वरुप मानार्थ महारथी दिने प्रचलन छ।

भ्रमणकाक्रममा प्रधानसेनापति थापाले भारतीय सेनाका समकक्षी स्थल सेनाध्यक्ष जनरल रावतसँग भेटघाट गर्ने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ। उनले भारतका रक्षामन्त्री, राष्ट्रिय सुरक्षा सल्लाहकारलगायत उच्चपदस्थ पदाधिकारीसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ।

प्रधानसेनापतिको भ्रमणदलमा श्रीमती दिपा थापा, सैनिक ईण्टेलिजेन्स महानिर्देशक उपरथी झंकरबहादुर कडायत लगायत सात जनाको प्रतिनिधि मण्डल रहने बताइएको छ।

उच्च तहको सैनिक नेतृत्व वर्गको भ्रमण र एक अर्को देशको सेनाका प्रधानसेनापतिलाई मानार्थ महारथीको उपाधिद्वारा सुशोभित गर्ने प्रचलनबाट नेपाली सेना र भारतीय सेनाबीच परम्परादेखि रहँदै आएको आपसी सौहार्दपूर्ण सम्बन्धले निरन्तरता पाउनुका साथै दुई पक्षीय आपसी हित र पारस्परिक सम्बन्धलाई थप सुमधुर एवम् प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ।

प्रधानसेनापति थापासहितको प्रतिनिधिमण्डल माघ २ गते स्वदेश फिर्ता हुने कार्यक्रम छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?