राष्ट्रपति भण्डारी तथा युवराज अल नेह्यानबीच औपचारिक वार्ता

Shikharkhabar Shikharkhabar
|
मंगलबार, कार्तिक २८, २०७४
|
|
६२ पटक हेरिएको
Shares
राष्ट्रपति भण्डारी तथा युवराज अल नेह्यानबीच औपचारिक वार्ता

सारांश

  • राष्ट्रपति विद्यादेवी भण्डारी तथा संयुक्त अरब इमिरेट्स (युएई) को अबुधावीका युवराज एंव युएईको सशस्त्र बलका नायब सर्वोच्च कमाण्डर शेख महम्मद बिन जाहेद अल नेह्यानबीच आज ‘क्राउन प्रिन्स कोर्ट’मा औपचारिक वार्ता सम्पन्न भयो ।
  • सो अवसरमा दुई मुलुक बीचका आपसी हितका समग्र पक्षका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागीले जानकारी दिनुभयो ।
  • नेपालको पूर्वधार, पर्यटन, कृषि, जलस्रोतको विकास र सोका लागि लगानी भित्र्याउने विषयमा छलफल भएको पनि उहाँले बताउनुभयो ।

राष्ट्रपति विद्यादेवी भण्डारी तथा संयुक्त अरब इमिरेट्स (युएई) को अबुधावीका युवराज एंव युएईको सशस्त्र बलका नायब सर्वोच्च कमाण्डर शेख महम्मद बिन जाहेद अल नेह्यानबीच आज ‘क्राउन प्रिन्स कोर्ट’मा औपचारिक वार्ता सम्पन्न भयो ।

सो अवसरमा दुई मुलुक बीचका आपसी हितका समग्र पक्षका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागीले जानकारी दिनुभयो । नेपालको पूर्वधार, पर्यटन, कृषि, जलस्रोतको विकास र सोका लागि लगानी भित्र्याउने विषयमा छलफल भएको पनि उहाँले बताउनुभयो ।

छलफलमा राष्ट्रपति भण्डारीले नेपाली श्रमिकले आफ्नो रोजगारीबाट आफ्नो परिवारका साथै समाजलाई पनि फाइदा पु¥याएको उल्लेख गर्दै हिमालयका पानीको प्रयोग, पूर्वाधार तथा पर्यटन प्रवद्र्धनका क्षेत्रमा दुई मुलुकबीच स्थापित संयन्त्रलाई अझ थप सक्रिय तथा प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभएको सचिव वैरागीले जानकारी दिनुभयो ।

युवराज अल नेह्यानले नेपाली श्रमिक इमान्दार र कर्तव्यनिष्ट भएको भनि प्रशंसा गर्नुभएको थियो ।

यसअघि राष्ट्रपति भण्डारी क्राउन प्रिन्स कोर्टमा पुग्नुहुँदा उहाँलाई युवराज अल नेह्यानले स्वागत गर्नुभएको थियो ।

छलफलमा आपूर्तिमन्त्री जयन्त चन्द, राष्ट्रपतिका परराष्ट्र मामिला विज्ञ मदनकुमार भट्टराई, राष्ट्रपति कार्यालयका सचिव भूपेन्द्रप्रसाद पौडेल र राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारी पनि उपस्थित हुनुहुन्थ्यो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संविधान कार्यान्वयन हुन नसके देशमा जे पनि हुन सक्छ : सभापति देउवा
संविधान कार्यान्वयन हुन नसके देशमा जे पनि हुन सक्छ : सभापति देउवा
रबि लामिछाने सहित तीनै जनालाई थुनामा राख्न माग गर्दै उच्च अदालतमा निवेदन
रबि लामिछाने सहित तीनै जनालाई थुनामा राख्न माग गर्दै उच्च अदालतमा निवेदन
सीमा विवादका विषयमा पर्ख र हेरको अवस्थामा भारत
सीमा विवादका विषयमा पर्ख र हेरको अवस्थामा भारत
 हेटौडामा प्रत्येक बुधबार कृषि हाट बजार लाग्ने !
 हेटौडामा प्रत्येक बुधबार कृषि हाट बजार लाग्ने !
फिफा क्लब वर्ल्ड कपको उपाधि रियल मड्रिडले जित्यो
फिफा क्लब वर्ल्ड कपको उपाधि रियल मड्रिडले जित्यो
पूर्वमन्त्री चौधरीसहित १२ जनालाई निलम्बन गर्न सिफारिश
पूर्वमन्त्री चौधरीसहित १२ जनालाई निलम्बन गर्न सिफारिश
करण  र सन्दिप चम्किँदा नेपालकाे शानदार जित !
करण र सन्दिप चम्किँदा नेपालकाे शानदार जित !
अस्ट्रेलिया जाने नयाँ आप्रवासीलाई ग्रामीण क्षेत्रमा पठाइने !
अस्ट्रेलिया जाने नयाँ आप्रवासीलाई ग्रामीण क्षेत्रमा पठाइने !
बन्यो ! सन्सारको कुनै पनि कुनाबाट मोबाईल रिचार्ज गर्न सकिने एप्स..
बन्यो ! सन्सारको कुनै पनि कुनाबाट मोबाईल रिचार्ज गर्न सकिने एप्स..
एसईईको नतिजा सार्वजनिक : कुन जीपीए ल्याएर कति विद्यार्थी उत्तीर्ण ? (विवरणसहित)
एसईईको नतिजा सार्वजनिक : कुन जीपीए ल्याएर कति विद्यार्थी उत्तीर्ण ? (विवरणसहित)