प्रम कप एकदिवसीय क्रिकेट : बागमती विजयी

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ ३, २०८०
|
|
४६ पटक हेरिएको
Shares
प्रम कप एकदिवसीय क्रिकेट : बागमती विजयी

सारांश

  • काठमाडौँ ।
  • प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै विजयी भएको छ ।
  • मूलपानी क्रिकेट मैदानमा आज भएको खेलमा बागमतीले आर्मीलाई तीन विकेटले पराजित गर्दै विजयी भएको हो ।

काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै विजयी भएको छ । मूलपानी क्रिकेट मैदानमा आज भएको खेलमा बागमतीले आर्मीलाई तीन विकेटले पराजित गर्दै विजयी भएको हो ।

जितका लागि ९८ रनको सामान्य लक्ष्य पछ्याएको बागमतीले २२ दशमलव १ ओभरमा ७ विकेट गुमाउँदै पूरा ग¥यो । बागमतीको जितमा अशोक पौडेलले ३० बलमा २ चौका र १ छक्कासहित २१ रन बनाए । प्रतिश जिसी २४ बलमा १ चौका र १ छक्कासहित २१ रनमा नट आउट रहे । ईशान पाण्डे १२, रविन जोशीले १२, प्रतीक श्रेष्ठ ७, रित गौतमले ४ तथा ओपनर आशुतोष घिरैयाले २ रन बनाए ।

आर्मीका सोमपाल कामीले ३ विकेट लिए भने जीतेन्द्र मुखिया र साहब आलमले समान २÷२ विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको आर्मी २७ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै ९७ रनमा समेटियो । आर्मीका कप्तान विनोद भण्डारीले ४० बलमा ४ चौकासहित सर्वाधिक २८ रन बनाए । भीम सार्की ४१ बलमा ३ चौकासहित १८ रन बनाए भने विवेक यादवले ११ रन जोडे ।

बागमतीका सूर्य तामाङले ५ विकेट लिए भने प्रतिश जिसीले र रिजन ढकालले समान दुई÷दुई विकेट लिएका थिए । त्यस्तै, कृर्जन गुरुङले एक विकेट लिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सङ्क्रमण देखिने बित्तिकै आइसोलेसनमा बस्न मन्त्रालयको आग्रह
सङ्क्रमण देखिने बित्तिकै आइसोलेसनमा बस्न मन्त्रालयको आग्रह
महतोलार्इ संसदीय दलको नेता बन्नबाट रोक्ने अभियान !
महतोलार्इ संसदीय दलको नेता बन्नबाट रोक्ने अभियान !
सरकारबाट बाहिरिने रास्वपाको निर्णय
सरकारबाट बाहिरिने रास्वपाको निर्णय
रास्वपाको राजनीतिक दस्तावेज : पूर्ण लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली, राजनीतिक मार्ग बहुलवादी लोकतान्त्रिक
रास्वपाको राजनीतिक दस्तावेज : पूर्ण लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली, राजनीतिक मार्ग बहुलवादी लोकतान्त्रिक
सशस्त्र प्रहरीमा ५ नयाँ डिआइजी, कृष्णभक्त ब्रम्हचार्यको बढुवा १ नंवरमा
सशस्त्र प्रहरीमा ५ नयाँ डिआइजी, कृष्णभक्त ब्रम्हचार्यको बढुवा १ नंवरमा
आज विश्व रेडियो दिवस, विभिन्न कार्यक्रम गरेर मनाइँदै
आज विश्व रेडियो दिवस, विभिन्न कार्यक्रम गरेर मनाइँदै
तनहुँ–१ का कांग्रेस उम्मेदवार भट्टराईलाई २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न निर्देशन
तनहुँ–१ का कांग्रेस उम्मेदवार भट्टराईलाई २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न निर्देशन
क्वारेन्टाइनमा बसेका एकको मृत्यु
बागी उम्मेदवार प्रति राप्रपा कठोर, सदस्यता खारेज गर्ने निर्णय
बागी उम्मेदवार प्रति राप्रपा कठोर, सदस्यता खारेज गर्ने निर्णय
सेतो मत्स्येन्द्रनाथको दर्शन गर्न भक्तजनको भीड
सेतो मत्स्येन्द्रनाथको दर्शन गर्न भक्तजनको भीड