प्रधानमन्त्री ओलीले राष्ट्रिय झण्डा ओडाएर मन्त्रीलगायतलाई श्रद्धान्जली

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, फाल्गुन १७, २०७५
|
|
५३ पटक हेरिएको
Shares
प्रधानमन्त्री ओलीले राष्ट्रिय झण्डा ओडाएर मन्त्रीलगायतलाई श्रद्धान्जली

सारांश

  • काठमाडौं ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले हेलिकप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री रविन्द्र अधिकारीलाई राष्ट्रिय झण्डा ओडाएर सम्मान अर्पण गरेका छन् ।
  • प्रधानमन्त्री ओलीले टुँडीखेल पुगी सातै जनाको शवमा फूलमाला अपर्ण गरी श्रद्धान्जली व्यक्त गरेका हुन् ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हेलिकप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री रविन्द्र अधिकारीलाई राष्ट्रिय झण्डा ओडाएर सम्मान अर्पण गरेका छन् । प्रधानमन्त्री ओलीले टुँडीखेल पुगी सातै जनाको शवमा फूलमाला अपर्ण गरी श्रद्धान्जली व्यक्त गरेका हुन् ।

फागुन १५ गते ताप्लेजुङ पाथीभरा क्षेत्रमा मन्त्री अधिकारी सहित ७ जनाको निधन भएको थियो । मृतकको शब पहिचान भएपछि आज बिहान श्रद्धान्जलीका लागि टुंडीखेलमा राखिएको छ ।

दुर्घटनामा मन्त्री अधिकारी सहित प्रधानमन्त्री कार्यलयका उपसचिव युवराज दाहाल, पर्यटन व्यवसायी आङ छिरिङ शेर्पा, मन्त्री अधिकारीका सुरक्षा गार्ड अर्जुन घिमिरे,नागरिक उडड्यन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र श्रेष्ठ, निर्देशक ध्रुव भोछिभोया र पाइलट प्रभाकर केसीको मृत्यु भएको थियो ।

नेपाल कम्युनिष्ट पार्टीका नेता समेत रहेका अधिकारीलाई प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपाको झण्डा ओडाएका छन् । मृतकहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन,पूर्व प्रधानमन्त्रीहरु, मन्त्रीहरु, कर्मचारी, सुरक्षा निकाय, मृतकका आफन्त र सर्वसाधारणले श्रद्धान्जली अर्पण गरेका छन् ।

शवलाई ११ बजेसम्म टुंडीखेलमा राखी त्यसपछि परिवारका सदस्यहरुलाई बुझाइने कार्यक्रम छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?