सभामुख बन्ने दौडमा माओवादीका चार नेता : कसले मार्ला बाजी ?

Shikharkhabar Shikharkhabar
|
आइतबार, फाल्गुन १३, २०७४
|
|
१८ पटक हेरिएको
Shares
सभामुख बन्ने दौडमा माओवादीका चार नेता : कसले मार्ला बाजी ?

सारांश

  • काठमाडौं, १३ फागुन ।
  • नेकपा माओवादी केन्द्रको भागमा परेको सभामुख पदको लागि अहिले पाटीभित्र चार जना प्रभावशाली नेताहरुले आ–आफ्नो दाबी प्रस्तुत गरिरहेका छन् ।
  • एक पदको लागि चार जनाले आफ्नो दाबी प्रस्तुत गरेपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डपनि यतिबेला सकसमा परेका छन् ।

काठमाडौं, १३ फागुन । नेकपा माओवादी केन्द्रको भागमा परेको सभामुख पदको लागि अहिले पाटीभित्र चार जना प्रभावशाली नेताहरुले आ–आफ्नो दाबी प्रस्तुत गरिरहेका छन् ।

एक पदको लागि चार जनाले आफ्नो दाबी प्रस्तुत गरेपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डपनि यतिबेला सकसमा परेका छन् । एमाले–माओवादी एकता प्रक्रियामा सुरुदेखि नै निरन्तर सक्रिय रहेका र महत्वपूर्ण भूमिका निर्वाह गरेका नेता कृष्णबहादुर महरापनि यो रेसमा देखिएका छन् ।

महरासँगै पूर्वसभामुख ओनसरी घर्तीमगरपनि दाबेदार हुन् । उनले कुनै पनि हालतमा नछोड्ने जिकिर गरिसकेकी छिन् ।

त्यस्तै यो रेसमा रामबहादुर थापा बादलले आफू निकट नेता देव गुरुङलाई अघि सारेका छन् । पछिल्लो समय बादलले पार्टीभित्र आफ्नो प्रभुत्व जमाईरहेका छन् । उनी स्वयमले वर्तमान सरकारमा पार्टीको तर्फबाट नेतृत्व गरेर जाने भएका छन् ।

उता अर्का बरिष्ठ नेता नारायणकाजी श्रेष्ठले पनि सम्मानजनक रुपमा अघि बढ्न चाहेको हो भने आफू निकटका नेता गिरिराजमणि पोखरेललाई उक्त पद दिईनुपर्ने अडान अध्यक्ष प्रचण्डसामू राखेका छन् ।

तर प्रचण्डको भित्री चाहना भने महरालाई नै अघि सार्ने रहेको स्रोतको दाबी छ । नेता वर्षमान पुनले आफ्नी श्रीमती ओनसरीलाई नै सभामुख बनाउन प्रचण्डलाई भेटेरै दबाब दिएका छन् ।

(https://bestsellerpublishing.org/)

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    JN Marasini

    एक पटक नबनेकोलाई चान्स दिनु पर्छ ।

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?