दर्शनार्थी बोकेको पिकअप दुर्घटना, दुईको मृत्यु, १६ घाइते

Shikharkhabar Shikharkhabar
|
बुधबार, मंसिर १८, २०७६
|
|
४७ पटक हेरिएको
Shares
दर्शनार्थी बोकेको पिकअप दुर्घटना, दुईको मृत्यु, १६ घाइते

सारांश

  • महोत्तरीको बर्दिवास नगरपालिका–५ स्थित गढन्ता पुल नजिकै दर्शनार्थी बोकेको पिकअप दुर्घटना हुँदा दुईको मृत्यु भएको छ भने १६ घाइते भएका छन् ।
  • मृत्यु हुनेमा धनुषाको धनुषाधाम नगरपालिका–२ बस्ने ८० वर्षीया सकुन्तलादेवी साह र भारतको विहार राज्यको सिताही बस्ने ६५ वर्षीया वर्त्नियादेवी साह रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिनुभयो ।
  • अठार दर्शनार्थी बोकेर आज बिहान करिब ४ बजेतिर बारामा गढीमाईको दर्शन गरी फर्कदै गरेको ना२च ८८५५ नम्बरको पिकअप गढन्ता चोकमा अनियन्त्रित भई सडकभन्दा तल झरी दुर्घटनाग्रस्त भएको हो ।

महोत्तरीको बर्दिवास नगरपालिका–५ स्थित गढन्ता पुल नजिकै दर्शनार्थी बोकेको पिकअप दुर्घटना हुँदा दुईको मृत्यु भएको छ भने १६ घाइते भएका छन् ।

मृत्यु हुनेमा धनुषाको धनुषाधाम नगरपालिका–२ बस्ने ८० वर्षीया सकुन्तलादेवी साह र भारतको विहार राज्यको सिताही बस्ने ६५ वर्षीया वर्त्नियादेवी साह रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिनुभयो ।

अठार दर्शनार्थी बोकेर आज बिहान करिब ४ बजेतिर बारामा गढीमाईको दर्शन गरी फर्कदै गरेको ना२च ८८५५ नम्बरको पिकअप गढन्ता चोकमा अनियन्त्रित भई सडकभन्दा तल झरी दुर्घटनाग्रस्त भएको हो ।

गम्भीर घाइतेमध्ये धनुषाधाम निवासी २७ वर्षीया कविताकुमारी महतोसहित चार जनालाई थप उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पठाइएको छ भने अन्य १२ जनाको बर्दिवासस्थित शुभस्वस्तिक अस्पतालमा उपचार भइरहको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बालुवाटारमा संविधान संशोधन र निर्वाचनबारे छलफल
बालुवाटारमा संविधान संशोधन र निर्वाचनबारे छलफल
छानबिन समितिको प्रतिवेदनका आधारमा कारवाही हुन्छ :मन्त्री राई
छानबिन समितिको प्रतिवेदनका आधारमा कारवाही हुन्छ :मन्त्री राई
जनवरी १ देखि मलेसियामा श्रमिकको तलव बढ्ने
जनवरी १ देखि मलेसियामा श्रमिकको तलव बढ्ने
बैठकस्थल र प्रदेश प्रमुख अझै अन्योलमा , दुई दिनपछि ५५० प्रदेश सांसद चुनिँदै
बैठकस्थल र प्रदेश प्रमुख अझै अन्योलमा , दुई दिनपछि ५५० प्रदेश सांसद चुनिँदै
आन्दोलनको उदगमस्थलमै मधेसी दललाई सकस ..
आन्दोलनको उदगमस्थलमै मधेसी दललाई सकस ..
न्याय माग्न काठमाडौं आएका निर्मलाका बाआमाको प्रहरीमाथि शंका, प्रमाण नष्ट गर्नेलाई अनुसन्धानको माग
न्याय माग्न काठमाडौं आएका निर्मलाका बाआमाको प्रहरीमाथि शंका, प्रमाण नष्ट गर्नेलाई अनुसन्धानको माग
कांग्रेस र राजपाका कायर्यकर्ताबीच झडप हुँदा मतदान स्थगित, प्रहरीद्वारा ४ राउण्ड हवाइ फायर
बेलायतका राज्यमन्त्रीद्वारा अध्यक्ष प्रचण्डसँग भेट
बेलायतका राज्यमन्त्रीद्वारा अध्यक्ष प्रचण्डसँग भेट
नेकपाकाे जिल्ला तह एकीकरणकाे जिम्मा प्रदेशलाई !
नेकपाकाे जिल्ला तह एकीकरणकाे जिम्मा प्रदेशलाई !
मनशुन प्रवेशसँगै नदी तटीय क्षेत्रमा सतर्कता
मनशुन प्रवेशसँगै नदी तटीय क्षेत्रमा सतर्कता