प्रहरी भित्र अर्को बलात्कार काण्ड, यि उच्च अधिकारी कारबाहीमा !
सारांश
- काठमाडौं , ११ जेठ ।
- नेपाल प्रहरीका दुई जना उच्च अधिकारीहरू कारबाहीमा परेका छन् ।
- प्रहरी प्रधान कार्यालयले बलात्कार घटनालाई ढाकछोप गर्ने प्रहरी अधिकारी तत्कालीन सुनसरी प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी)विद्यानन्द माझी र प्रहरी निरीक्षक चिरञ्जीवी दाहाललाई विभागीय कारबाही गरेको छ ।
काठमाडौं , ११ जेठ । नेपाल प्रहरीका दुई जना उच्च अधिकारीहरू कारबाहीमा परेका छन् ।
प्रहरी प्रधान कार्यालयले बलात्कार घटनालाई ढाकछोप गर्ने प्रहरी अधिकारी तत्कालीन सुनसरी प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी)विद्यानन्द माझी र प्रहरी निरीक्षक चिरञ्जीवी दाहाललाई विभागीय कारबाही गरेको छ ।
प्रहरी प्रवक्ता एसएसपी शैलेस थापाले एसपी माझीलाई रेकर्डमा जनाइने गरी कारबाही गरेको जानकारी दिए । एसपी माझीको एक वर्षको ग्रेड रोक्का गरिएको छ । प्रहरी निरीक्षक दाहालको खाइपाई आएको तलब सुविधामा एक स्केल घटाइएको छ ।
गत पुस १६ गते सुनसरीको इटहरी २ हलगढास्थित रोयल रिसोर्टमा १४ वर्षिया किशोरीलाई भएको बलात्कार काण्डलाई ढाकछोप गर्न खोजेको भन्दै प्रहरी प्रधान कार्यालयले तत्कालीन सुनसरी प्रहरी प्रमुख प्रहरी उपरीक्षक७लदकउस विद्यानन्द माझी र प्रहरी निरीक्षक चिरञ्जीवी दाहाललाई कारबाहीका तानेको थियो ।
माघ पहिलो साता काठमाडौंको दरबारमार्गस्थित ल्याडमार्क होटलमा एक युवतीलाई सामूहिक बलात्कार गर्ने आरोपी भगाएको आरोप लागेका प्रहरीमाथि पनि प्रधान कार्यालयले छानबिन थालेको छ।
प्रहरी वृत्त दरबारमार्गका तत्कालीन प्रहरी निरीक्षक लक्ष्मण ठकुरी र सई चन्द्र भण्डारीले घटनाका आरोपी भगाएको भन्दै निलम्बनमा परेका थिए ।
घटनाका आरोपीसहित उनीहरूलाई प्रतीपक्ष बनाएर काठमाडौं प्रहरीले मुद्दा दायर गर्न जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा फाइल पठाएको थियो । कार्यालयले घटनाका अन्य आरोपीलाई मुद्दा दायर गरेको र दुई प्रहरीलाई विभागीय कारबाही गर्न प्रहरीलाई निर्देशन दिएको छ।
Bikash Thapa
छर