प्राचिन यँगाः हिटी ढुङ्गेधारा जिर्णोद्धार हुने
सारांश
- काठमाण्डौं,७ मंसिर ।
- काठमाण्डौ महानगर वडा नं २१ स्थित करिव १६०० वर्ष पुरानो प्राचिन यँगाः हिटी (ढुङ्गेधारा) जिर्णोद्धार हुने भएको छ ।
- उक्त यँगाः हिटीको निर्माण राजा नरेन्द्र देवको पालामा निर्माण भएको अनुमान छ ।
काठमाण्डौं,७ मंसिर । काठमाण्डौ महानगर वडा नं २१ स्थित करिव १६०० वर्ष पुरानो प्राचिन यँगाः हिटी (ढुङ्गेधारा) जिर्णोद्धार हुने भएको छ । उक्त यँगाः हिटीको निर्माण राजा नरेन्द्र देवको पालामा निर्माण भएको अनुमान छ । लोपोन्मुख उक्त हिटीको संरक्षणको लागि स्थानिय सामाजिक संस्था यँगा क्लब वि.सं. २०२८ साल देखिनै लागिपरेका छन ।
साथै जिर्णोद्धार कार्यका लागि रघु राज राजभण्डारीको संयोजकत्वमा यँगाः हिटी संरक्षण समितिनै खडा भइसकेको छ । जिर्णोद्धार कार्यलाई गति दिन काठमाण्डौं महानगरपालिका लगायत, स्थानिय २१ वडा कार्यालय, पुरातत्व बिभाग, राष्ट्रिय अभिलेखालयवाट पटक पटक निरिक्षण गर्ने कार्य भइरहेको समितिका सदस्य यादव कायस्थ ले जानकारी दिनु भयो । वि.सं. २०७२ साल देखि लगातार संरक्षण र जिर्णोद्धारको लागि प्रयास भइरहेको जानकारी अर्को समिति सदस्य नुरज बज्राचार्य वताउनु हुन्छ ।
जिर्णोद्धारको लागि निरिक्षण् गर्ने क्रममा डुरहाम युनिभर्सिटीका डा. क्रिष्टोफर डेभिजले ब्राम्हि लिपीमा लेखिएको भनेको शिलालेखको फोटो खिचीएको र पछि सो लिपी अध्ययन गरि यँगाः हिटीको इतिहास प्रकास पार्ने अभिभारा लिनु भएको छ भने काठमाण्डौं महानगर पालिका लगायत पुरातत्व विभाग समेत तयार भएको छ ।
(संकलकः गणेश शाक्य)
प्रतिक्रिया