लात्तीले कुटीकुटी वृद्धको हत्या

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ २५, २०७९
|
|
३५ पटक हेरिएको
Shares
लात्तीले कुटीकुटी वृद्धको हत्या

सारांश

  • जलेश्वर ।
  • महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–५ पर्सा गाउँमा आज एक व्यक्तिले कुटीकुटी वृद्धको हत्या गरेका छन् ।
  • जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सन्तोषकुमार पोखरेलका अनुसार स्थानीय ७० ७५ वर्षीय वृद्ध हरिदेव राउत शर्मालाई सोही ठाउँ बस्ने ५०र५५ वर्षीय सुरेन्द्र राउतले कुटीकुटी हत्या गरेका हुन् ।

जलेश्वर । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–५ पर्सा गाउँमा आज एक व्यक्तिले कुटीकुटी वृद्धको हत्या गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सन्तोषकुमार पोखरेलका अनुसार स्थानीय ७० ७५ वर्षीय वृद्ध हरिदेव राउत शर्मालाई सोही ठाउँ बस्ने ५०र५५ वर्षीय सुरेन्द्र राउतले कुटीकुटी हत्या गरेका हुन् ।

आज बेलुका साढे ४ बजेतिर गाउँभन्दा पाँच सय मिटर दक्षिणमा रहेको पर्साचोकमा धान, चामललगायत अन्नपात खरिद–बिक्रीको काम गरिरहेका वृद्ध हरिदेवलाई लागु पदार्थ सेवन गरेका सुरेन्द्रले हात, मुक्का र लात्तीले हिर्काउँदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

यता स्थानीय प्रत्यक्षदर्शीका अनुसार प्रहरी चौकी पर्साको छेऊमै व्यापार गरी बसेका हरिदेवलाई अचानक सुरेन्द्रले आएर गालीगलौज गर्न थालेको र पछि हातपात गर्दै बेस्सरी कुटपिट गरेका थिए । सोही क्रममा वृद्ध हरिदेवले त्यहाँ खटिएको प्रहरीलाई बचाउन गुहार पनि मागेका थिए । तर प्रहरीले उनलाई बचाउन नगएको र उनलाई प्रहरीकै अगाडि सुरेन्द्रले कुटीकुटी हत्या गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।

घटनास्थलमा अहिले प्रहरी टोली पुगेर शवको सर्जमिन मुचुल्का गरिरहेको छ भने स्थानीयवासीले प्रहरीचौकीमा कार्यरत प्रहरीलाई कारबाहीको माग गर्दै चौकी घेराउ गरिरहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

श्रीलंका संकटः प्रदर्शनकारद्वारा प्रधानमन्त्रीको घरमा आगजनी
श्रीलंका संकटः प्रदर्शनकारद्वारा प्रधानमन्त्रीको घरमा आगजनी
ट्राफिक नियमको पालना गर्न गृहमन्त्री थापको आह्वान
ट्राफिक नियमको पालना गर्न गृहमन्त्री थापको आह्वान
म कास्मिरमा गोली र गालीबाट हैन, गला मिलाएर अगाडि बढ्नेछु: माेदी
आज मध्य तथा पश्चिममा पानी, हिमाली भेगमा हिउँ पर्ने
आज मध्य तथा पश्चिममा पानी, हिमाली भेगमा हिउँ पर्ने
गुणस्तरीय खाद्यान्न उपलव्ध गराउने उद्देश्यसहित वर्ष दिन भित्रै काठमाडौँमा नेचर सुपरमार्केटको १० शाखा खुल्ने
गुणस्तरीय खाद्यान्न उपलव्ध गराउने उद्देश्यसहित वर्ष दिन भित्रै काठमाडौँमा नेचर सुपरमार्केटको १० शाखा खुल्ने
प्रधानमन्त्री निवास फिर्ता
प्रधानमन्त्री निवास फिर्ता
प्रतिनिधि सभामा नयाँ अभ्यास
प्रतिनिधि सभामा नयाँ अभ्यास
नेपाली स्याटलाइटले असार २ देखि पृथ्वीको परिक्रमा गर्ने
नेपाली स्याटलाइटले असार २ देखि पृथ्वीको परिक्रमा गर्ने
तान्त्रिकसँग सेक्स नगरेपछि श्रीमानद्वारा श्रीमतीको हत्या
तान्त्रिकसँग सेक्स नगरेपछि श्रीमानद्वारा श्रीमतीको हत्या
‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य प्राप्तिमा एकजुट हुन प्रधानमन्त्रीको आह्वान
‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य प्राप्तिमा एकजुट हुन प्रधानमन्त्रीको आह्वान

तपाईंले छुटाउनुभयो कि?