काठमाडौँको चक्रपथभित्र एक्लो सामुदायिक वन

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ १४, २०७४
|
|
५७ पटक हेरिएको
Shares
काठमाडौँको चक्रपथभित्र  एक्लो सामुदायिक वन

सारांश

  •  अच्युत रेग्मी काठमाडौँ, १४ माघ ।
  • रानीबारी सामुदायिक वन चक्रपथभित्रको एक्लो सामुदायिक वनका रुपमा विकास हुँदै गएको छ ।
  • पहिले चक्रपथभित्र म्हैपी सामुदायिक वन र रानीबारी सामुदायिक गरी दुई वन भए पनि म्हैपी वन धार्मिक वनका रुपमा रुपान्तरण भएपछि रानीबारी सामुदायिक वन एक्लो सामुदायिक वन भएको हो ।

 अच्युत रेग्मी

काठमाडौँ, १४ माघ । रानीबारी सामुदायिक वन चक्रपथभित्रको एक्लो सामुदायिक वनका रुपमा विकास हुँदै गएको छ ।

पहिले चक्रपथभित्र म्हैपी सामुदायिक वन र रानीबारी सामुदायिक गरी दुई वन भए पनि म्हैपी वन धार्मिक वनका रुपमा रुपान्तरण भएपछि रानीबारी सामुदायिक वन एक्लो सामुदायिक वन भएको हो । काठमाडौँ जिल्लामा १४४ सामुदायिक वन रहेकामा चक्रपथभित्र भने एक मात्र सामुदायिक वन रहेको छ ।

कामपा–३ लाजिम्पाट र सामाखुसी छेउमा रहेको सो वन ६.९५ हेक्टर क्षेत्रफलमा फैलिएको छ । परम्परादेखि नै राजाहरुको दिवाली हुने वनका रुपमा रहेको रानीबारी विसं २०५७ पुस १० गते जिल्ला वन कार्यालय काठमाडौँमा दर्ता भई सामुदायिक वनका रुपमा व्यवस्थित र संरक्षण हँुदै आएको हो ।

काठमाडौँको बढ्दो जनसंख्यासँगै वन क्षेत्र मासिँदै गएको अवस्थामा रानीबारी सामुदायिक वन नमूना वनका रुपमा विकास हुँदै गएको छ । रानीबारीका ३९ घरधुरीले उक्त वनकोसंरक्षण गर्दै आएका छन् ।

रानीबारी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष सन्तोषविक्रम शाह राजधानीको मध्यभागमा रहेको वनलाई संरक्षण गरी नमूना वनका रुपमा विकास गर्न विभिन्न प्रजातिका बोटबिरुवा रोपिएको बताउनुहुन्छ । “यो वनमा पन्छी तथा जैविक विविधता संरक्षण सिकाइ केन्द्र भवन बनाएकाले उनीहरुको वासस्थानका लागि कपुर, जामुन, बर्रोलगायतका बोटबिरुवा रोपेका छौँ”, उहाँ भन्नुहुन्छ ।

स्वच्छ हावापानी र खुला स्थान भएकाले सो वन प्रातःभ्रमण गर्ने महत्वपूर्ण स्थानका रुपमा समेत विकास हुँदै गएको छ । सो वनमा हिउँदमा दैनिक ८०० देखि एक हजार र जाडामा ३०० देखि ५०० व्यक्ति प्रातःभ्रमणका लागि आउने गरेको अध्यक्ष शाह जानकारी दिनुहुन्छ ।

वनको बीच भागमा रानीदेवी माताको मन्दिर भएकाले मानिसहरु देवीको दर्शनका लागि समेत जाने गरेका छन् । एकाबिहानै खुल्ने वनमा बिहान ९.३० बजेसम्म निःशुल्क प्रवेश र ९.३० देखि पछाडिकाले रु १० तिर्नुपर्ने व्यवस्था गरिएको छ ।

जिल्ला वन कार्यालय काठमाडौँका प्रवक्ता गुरुप्रसाद दाहाल रानीबारी वनमा किरियापुत्री भवन निर्माण गर्नका लागि स्थानीयवासीले जिल्ला वन कार्यालयमा पटक पटक दबाब दिएको बताउनुहुन्छ । “चक्रपथभित्र सानो क्षेत्रमा रहेको वनमा अनावश्यक भौतिक संरचना बनाउँदा यो वनको अस्तित्व नै समाप्त हुने डरले हामीले किरियापुत्री भवन निर्माणका लागि स्वीकृति नदिएका हौँ”, उहाँ भन्नुहुन्छ ।

उक्त वनमा उपभोक्ता समिति र नेपाल पक्षी संरक्षण संघको सहकार्यमा जैविक विविधता संरक्षण सिकाइ केन्द्र स्थापना गरिएको छ । केन्द्रको स्थापनासँगै स्वदेशी तथा विदेशी चरा अध्ययन गर्न सजिलो भएको छ । रानीबारी वनमा हाल ६७ प्रजातिका चरा भेटिएको तथ्यांक छ ।

वन विभाग, सामुदायिक वन महाशाखाका प्रमुख अनुजराज शर्मा हाल देशभर १८ लाख ७९ हजार ९९८ हेक्टर क्षेत्रफलमा १९ हजार ९१६ सामुदायिक वन रहेको बताउनुहुन्छ । ती वनबाट २५ लाख ४६ हजार ७६० घरपरिवार लाभान्वित भएका छन् ।

नेपालमा सामुदायिक वनको अवधारणा विसं २०३० साउन २५ देखि शुरु भएको हो । सिन्धुपाल्चोकको ठोकर्पा वनमा तत्कालीन जिल्ला वन अधिकृत तेजबहादुरसिंह महतको सहयोग तथा ठोकर्पा गाविसका तत्कालीन प्रधानपञ्च नीलप्रसाद भण्डारीको सक्रियतामा नेपालमा सामुदायिक वन संरक्षण अभियान शुरु गरिएको बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एक्लै फिल्म मणिकर्णिकाको प्रचारमा कंगना
प्रदेश ५ को मुख्यमन्त्रीका एक्लो दाबेदार शंकर पोखरेल
प्रदेश ५ को मुख्यमन्त्रीका एक्लो दाबेदार शंकर पोखरेल
मोदीको नेपाल नीतिमा हाम्रो असहमति छैन : महासचिव त्रिपाठी
मोदीको नेपाल नीतिमा हाम्रो असहमति छैन : महासचिव त्रिपाठी
लेवान्डोवस्कीको ह्याट्रिकमा बायर्न अन्तिम आठमा
लेवान्डोवस्कीको ह्याट्रिकमा बायर्न अन्तिम आठमा
सिटीको पोस्टमा युनाइटेडले गर्‍यो चार गोल
सिटीको पोस्टमा युनाइटेडले गर्‍यो चार गोल
https://kingdom-con.com/Оhttps://kingdom-con.com/фhttps://kingdom-con.com/иhttps://kingdom-con.com/цhttps://kingdom-con.com/иhttps://kingdom-con.com/аhttps://kingdom-con.com/лhttps://kingdom-con.com/ьhttps://kingdom-con.com/нhttps://kingdom-con.com/ыhttps://kingdom-con.com/йhttps://kingdom-con.com/ https://kingdom-con.com/сhttps://kingdom-con.com/аhttps://kingdom-con.com/йhttps://kingdom-con.com/тhttps://kingdom-con.com/ https://kingdom-con.com/Мhttps://kingdom-con.com/оhttps://kingdom-con.com/сhttps://kingdom-con.com/тhttps://kingdom-con.com/бhttps://kingdom-con.com/еhttps://kingdom-con.com/тhttps://kingdom-con.com/ https://kingdom-con.com/Сhttps://kingdom-con.com/тhttps://kingdom-con.com/аhttps://kingdom-con.com/вhttps://kingdom-con.com/кhttps://kingdom-con.com/иhttps://kingdom-con.com/ https://kingdom-con.com/нhttps://kingdom-con.com/аhttps://kingdom-con.com/ https://kingdom-con.com/сhttps://kingdom-con.com/пhttps://kingdom-con.com/оhttps://kingdom-con.com/рhttps://kingdom-con.com/тhttps://kingdom-con.com/ https://kingdom-con.com/Mhttps://kingdom-con.com/ohttps://kingdom-con.com/shttps://kingdom-con.com/thttps://kingdom-con.com/bhttps://kingdom-con.com/ehttps://kingdom-con.com/thttps://kingdom-con.com
लकडाउन झन कडा बनाउन प्रम ओलीको निर्देशन
लकडाउन झन कडा बनाउन प्रम ओलीको निर्देशन
आज टुंगिएला एमाले-माओवादी पार्टी एकताको प्रतिवेदन! बैठक बस्दै
देवेन्द्र पौडेलले पनि छाडे बाबुराम भट्टराईको साथ
देवेन्द्र पौडेलले पनि छाडे बाबुराम भट्टराईको साथ
अहिले सम्मकै सबै भन्दा सस्तो र राम्रो स्मार्ट फोन अब नेपाली बजारमा
अहिले सम्मकै सबै भन्दा सस्तो र राम्रो स्मार्ट फोन अब नेपाली बजारमा