फागुनको दोस्रो साता ओली प्रधानमन्त्री : कुन दल जाँदैछन् सरकारमा ?

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ २३, २०७४
|
|
१८ पटक हेरिएको
Shares
फागुनको दोस्रो साता ओली प्रधानमन्त्री : कुन दल जाँदैछन् सरकारमा ?

सारांश

  • काठमाडौं, २३ माघ ।
  • नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओली फागुनको दोस्रो सातामा प्रधानमन्त्री बन्ने तयारी हुँदैछ ।
  • एमाले नेतृत्वमा बन्ने सरकारमा नेकपा माओवादी केन्द्रसहित मधेशकेन्द्रित दललाई पनि समेटेर नयाँ सरकार गठन गर्ने गृहकार्य भइरहेको छ ।

काठमाडौं, २३ माघ । नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओली फागुनको दोस्रो सातामा प्रधानमन्त्री बन्ने तयारी हुँदैछ । एमाले नेतृत्वमा बन्ने सरकारमा नेकपा माओवादी केन्द्रसहित मधेशकेन्द्रित दललाई पनि समेटेर नयाँ सरकार गठन गर्ने गृहकार्य भइरहेको छ ।

एउटै कम्युनिष्ट पार्टी निर्माणको घोषणासहित निर्वाचनमा होमिएका दुई वाम पार्टीका शीर्ष नेताहरु सरकार गठन र पार्टी एकताका औपचारिक र अनौपचारिक छलफलमा लागिरहँदा एमाले नेतृत्वले अन्य दललाई पनि समेट्नका लागि गृहकार्य गरेको हो ।

वाम गठबन्धन निकट स्रोतका अनुसार ओली सवार हुने रथमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँगै राजपा नेपालका अध्यक्ष महन्थ ठाकुर र संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव पनि सरिक हुने सम्भावना बढेर गएको छ । ओली स्वयंको चाहना पनि आफू दुई तिहाईको प्रधानमन्त्री बन्ने छ ।

त्यसो भएपछि मधेशवादी दलले उठाएको संविधान संशोधनको मुद्दा पनि सम्बोधन हुने देखिएको छ । ओली अहिले यादव र ठाकुरसँग नियमित छलफलमा जुटेको बताइन्छ । यता नेताद्वय ठाकुर र यादवले पनि संविधान संशोधन हुने भए आफूहरु सरकारमा सहभागी हुने हरियो बत्ती बालिसकेको बताइएको छ ।

प्रतिक्रिया

3 कमेन्ट

    Comment Author

    Purna Thami

    ए काम छैन। पहिला एमाले र माअाेबादीकाे सरकार बनाएर पछि बिस्तारै ताने देखि राम्रो हुन्थ्याे। न खुशी छ न बिस्मत नै छ।

    Comment Author

    Surya Bhai

    Asta Bharat ka puxar lai sarkar ma liyo bhane desh ko bikash hudaina

    Comment Author

    Dipaj Jungntgrunge

    Sambhidhan sansodhan k ka lagi k ma garne prasta hunu paryo. Pahileko aadan sabai chodera feri congress jastow lampasarbadi hunu bhaneko Nepali janata lai ghat garnu ho. So sambhidhan sansodhan k k ma hudai Cha janata lai clear garna jaruri Cha.

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 3
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?