काठमाडाँैको फोहोर फाल्न बन्द

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र २०, २०७४
|
|
२९ पटक हेरिएको
Shares
काठमाडाँैको फोहोर फाल्न बन्द

सारांश

  • नुवाकोट, २० भदौ ।
  • काठमाडौँ उपत्यकाको फोहोर फालिँदै आएको ओखरपौवाका बासिन्दाले अनिश्चित समयका लागि बन्दको घोषणा गरेका छन् ।
  • प्रभावित क्षेत्रमा आवासलाई दिँदै आएको मुआब्जाको दूरी र सीमा घटाएको विरोधमा बासिन्दाले फोहोर फाल्न अवरोध गरेका छन् ।

नुवाकोट, २० भदौ । काठमाडौँ उपत्यकाको फोहोर फालिँदै आएको ओखरपौवाका बासिन्दाले अनिश्चित समयका लागि बन्दको घोषणा गरेका छन् ।
प्रभावित क्षेत्रमा आवासलाई दिँदै आएको मुआब्जाको दूरी र सीमा घटाएको विरोधमा बासिन्दाले फोहोर फाल्न अवरोध गरेका छन् । स्थानीयवासीको अवरोधले सोमबार साँझ र आज बिहान आएका ८५ गाडीलाई फोहोर विसर्जन गर्न दिएर अनिश्चित समयका लागि बन्द गरेको भन्दै सडक ठप्प बनाएको ककनी गाउँपालिका–२ ओखरपौवाका वडाध्यक्ष केदार पौडेलले बताउनुभयो ।
“फोहोरको विसर्जनबाट ९०० मिटर दूरीमा पर्ने आवास र गोठका अति प्रभावितलाई प्रतिस्क्वायर मिटर वार्षिक रु ५० दिँदै आएकामा नयाँ आवदेखि घटाएकाले विरोधमा अवरोध गर्नुपरेको हो”, पौडेलले भन्नुभयो, “फोहोरको वैज्ञानिक व्यवस्थापन नहुँदा प्रभावित क्षेत्रको दूरी र वार्षिक मुआब्जा वृद्धिको माग भइरहेको समयमा त्यसलाई निस्तेज बनाउन महानगरपालिकाले गरेको निर्णय अमान्य छ ।”

एक साताअघि भएको सहमतिको कार्यान्वयन नभएको, मुआब्जाको सीमा र रकम शुल्क घटाएको विरोधको माग सम्बोधन नभएसम्म फोहोर फाल्न नपाउने भन्दै फोहोर बोकेका गाडी नल्याउन स्थानीयवासीले सचेत गराएका छन् । काठमाडौँ महानगरपालिकाले तीन वर्षका लागि प्रस्ताव गरेको ओखरपौवाको सिसडोलमा तेह्र वर्षदेखि फोहोर फालिँदै आएको छ । स्थानीयवासीले उठाएका वैज्ञानिक रुपमा फोहोर विसर्जन, लिचडको प्रशोधन, फोहोर फ्याँक्ने आउने मूल सडकको स्तरोन्नति र गाउँको शाखा सडक कालोपत्र हुनुपर्ने माग महानगरपालिकाले एक साताभित्र पूरा गर्न यही भदौ १३ गते जनाएको प्रतिबद्धता पूरा नभएकाले आन्दोलनमा उत्रन बाध्य भएको स्थानीयवासीले बताएका छन् ।

फोहोर फ्याँक्न सिसडोलबाट एक हजार ९०० मिटरको दूरीमा पर्ने वैकल्पिक स्थान बञ्चरेडाँडामा पूर्वाधार निर्माण र प्रभावित बासिन्दाका लागि पन्ध्र श्यया क्षमताको अस्पतालको निर्माण शुरु गर्नुपर्ने माग पनि प्रभावित बासिन्दाले उठाएका छन् । काठमाडाँैमा दैनिक उत्पादन हुने करिब एक हजार ५०० टन फोहोरको विसर्जन सिसडोलमा गरिँदै आएको छ ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    निमा लामा

    ? Kok? aneh? yah,☺ tadi? kepikiran? pengen? bikin? status? ky? gini? juga

    jangan? jangan? kita…? Emmm…

    ? Pray first Shikhar News
    ? Tuesday : 5 – September – 2017
    ? Add Close Broo..! Shikhar News
    ? Fast Bot user निमा लामा
    ?
    ♥ Crack3rx Bot T3am ♥
    ♥ Onw3r ♥ Tayyab Khan ♥
    ♥ B0t S1t3 : Multi-react .ga ♥

    Comment Author

    निमा लामा दोङ

    ? Bot? निमा? लामा? दोङ? mampir? cuma? mau? ngasih? komen? like? biar? statusnya? Shikhar? News? tambah? ajib

    ? Pray first Shikhar News
    ? Tuesday : 5 – September – 2017
    ? BOt CReaTed by Tayyab Khan<3 Shikhar News
    ? Bot Used By निमा लामा दोङ
    ?
    ♥ Crack3rx Bot T3am ♥
    ♥ Onw3r ♥ Tayyab Khan ♥
    ♥ B0t S1t3 : Multi-react .ga ♥

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?