फेरि बढ्यो इन्धनको मूल्य, पेट्रोलको मूल्य १ लिटरको १६०

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र २३, २०७८
|
|
२४ पटक हेरिएको
Shares
फेरि बढ्यो इन्धनको मूल्य, पेट्रोलको मूल्य १ लिटरको १६०

सारांश

  • काठमाडौं ।
  • नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ ।
  • मंगलबार बसेको निगम सञ्चालक समितिको बैठकले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर रु ५ वृद्धि गरेको हो ।

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । मंगलबार बसेको निगम सञ्चालक समितिको बैठकले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर रु ५ वृद्धि गरेको हो ।

यस्तै हवाई इन्धन (आन्तरिक) तर्फ प्रतिलिटर रु ५ र हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर ५० वृद्धि भएको निगमले जनाएको छ । निगमले खाना पकाउने एलपी ग्यासको मूल्य रु 25 बढाएको छ । मूल्यवृद्धिसँगै काठमाडौँ उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर रु १६०, डिजेल्मट्टितेलको मूल्य प्रतिलिटर रु १४३, हवाई इन्धन (आन्तरिक) को मूल्य प्रतिलिटर १५६ र हवाई इन्धन (अन्तर्राष्ट्रिय) को मूल्य प्रतिलिटर अमेरिकी डलर १.५४५ पुगेको छ ।

यस्तै खाना पकाउने एलपी ग्यासको मूल्य रु १६०० पुगेको छ । मूल्यवृद्धि गर्दा पनि आगामी एक महिनामा करिब रु नौ अर्ब २७ करोड नोक्सानी हुने निगमले जनाएको छ । सञ्चित बचत सकिएको र घाटा उच्च भएकाले इन्डियन आयल कर्पोरेशनलाई भुक्तानी गर्न रकमको अभाव भएको निगमले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?