राष्ट्रिय क्रिकेट टोलीका मुख्य खेलाडी सागर पुन घाइते

Shikharkhabar Shikharkhabar
|
शनिबार, पौष ७, २०७५
|
|
२४ पटक हेरिएको
Shares
राष्ट्रिय क्रिकेट टोलीका मुख्य खेलाडी सागर पुन घाइते

सारांश

  • काठमाडौं, ७ पुस ।
  • राष्ट्रिय क्रिकेट टोलीका मुख्य खेलाडी सागर पुन घाइते भएका छन् ।
  • राजधानीमा जारी एभरेस्ट प्रिमियर लिग (इपीएल) प्रतियोगिता खेल्नेक्रममा घाइते भएका पुनको शनिबार शल्यक्रिया गरिएको छ ।

काठमाडौं, ७ पुस । राष्ट्रिय क्रिकेट टोलीका मुख्य खेलाडी सागर पुन घाइते भएका छन् ।

राजधानीमा जारी एभरेस्ट प्रिमियर लिग (इपीएल) प्रतियोगिता खेल्नेक्रममा घाइते भएका पुनको शनिबार शल्यक्रिया गरिएको छ ।

दायाँ खुट्टाको शल्यक्रिया गरिएका पुन अब ६ देखि ७ महिना मैदानबाहिरै रहने राष्ट्रिय टोलीका कप्तान पारस खड्काले जानकारी दिए ।

सागरको अनुपस्थितमा राष्ट्रिय टोलीलाई निकै क्षति पुग्ने खड्काको भनाइ छ । जारी इपीएलमा काठमाडौं किंग्स–११ बाट खेलेका सागरलाई ललितपुर प्याट्रियसविरुद्धको खेलकाक्रममा बलिङ गर्दा चोट लागेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?