आफ्नै श्रीमतीले न्यायाधीशलाई फसाएर अर्काको बच्चाको बाबु बनाउन खोजेपछि …

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक १५, २०७५
|
|
२१ पटक हेरिएको
Shares
आफ्नै श्रीमतीले न्यायाधीशलाई फसाएर अर्काको बच्चाको बाबु बनाउन खोजेपछि …

सारांश

  • काठमाडौं ।
  • एक न्यायाधीशकी श्रीमतीले थाहै नदिइ पतिको कीर्ते हस्ताक्षर गरेर अर्काको बच्चाको बाबु बनाएर फसाउन खोजेको भेटिएको छ ।
  • सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमानसिंह राउतकी श्रीमती ललिता चौहान राउतले श्रीमानलाई फसाउने जाल रचेकी हुन् ।

काठमाडौं । एक न्यायाधीशकी श्रीमतीले थाहै नदिइ पतिको कीर्ते हस्ताक्षर गरेर अर्काको बच्चाको बाबु बनाएर फसाउन खोजेको भेटिएको छ ।

सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमानसिंह राउतकी श्रीमती ललिता चौहान राउतले श्रीमानलाई फसाउने जाल रचेकी हुन् । उनको त्यो जाल भने धेरै दिन टिक्न सकेन् ।

चतुर ललिताले आफ्ना पतिको किर्ते हस्ताक्षर र औंठाछाप गरेर अर्केको बच्चालाई आफ्नो भनी जन्मदर्ता गरेर फसाउन खोजेकी हुन् । न्यायाधीश पतिलाई फसाउन खोजेपछि उनलाई उदयपुर प्रहरीले बुधबार पक्राउ गरेको छ ।

उदयपुर घर भएका न्यायाधीश राउतका पिता बलबहादुर राउतले कीर्ते गरी छोरा बनाएको भन्दै उजुरी दिएपछि पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ । सोमबार नै पक्राउ गरेपनि अदालतबाट म्याद लिएपछि बुधबारमात्रै पक्राउ परेको जानकारी भएको थियो । 

ललिता चौहान सहित बाबुराम चौहान, शिवशंकर चौहान, बुनु चौहान र भोजकुमारी पोखरेलसमेतले मिलेमतो र षडयन्त्र गरी गत असोजमा कटारी नगरपालिकाबाट अर्केको बच्चालाई आफ्नो नाममा दर्ता गरेकी थिइन् ।

बच्चाको जन्मदर्ता गर्ने क्रममा न्यायाधीश राउतको हस्ताक्षर र औंठाछाप कीर्ते गरिएको भेटिएको हो । ललिताले न्यायाधीश राउतलाई थाहै नदिई फसाउने षडयन्त्र गरेकी थिइन् ।

आफ्नै दाजुभाउजुको छोरालाई आफू आमा बन्दै बाबु प्रकाशमानसिंह राउत, भन्दै कीर्ते औंठाछाप समेत लगाई नवजात शिशु दक्ष राउत भन्दै दर्ता गरिएका थियो । उनीहरुमाथि किर्ते मुद्दामा म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले बताए ।

कटारी नगरपालिकालेको वडा नम्बर ३ कार्यालयले किर्ते गरी जन्मदर्ता गराएको थाहा पाएपछि बदर गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेकपाका शीर्ष नेताबीचमै धम्की र घुर्की
दुर्गा प्रसाईको दोस्रो दिनको आन्दोलन आज तीनकुनेमा केन्द्रित हुने
दुर्गा प्रसाईको दोस्रो दिनको आन्दोलन आज तीनकुनेमा केन्द्रित हुने
प्रचण्डको विचार र प्रवृत्ति नबुझ्ने पार्टीभित्र वा बाहिरकाले दुःख पाउँछन् : दीपेश पुन
प्रचण्डको विचार र प्रवृत्ति नबुझ्ने पार्टीभित्र वा बाहिरकाले दुःख पाउँछन् : दीपेश पुन
निर्मला पन्त, ओली, प्रचण्ड, देउवा र बादलकी छोरी भए के हुन्थ्यो ? : प्रकाण्ड
निर्मला पन्त, ओली, प्रचण्ड, देउवा र बादलकी छोरी भए के हुन्थ्यो ? : प्रकाण्ड
कर्मचारीको भ्रमणले राज्यलाई व्यर्थै भार
कर्मचारीको भ्रमणले राज्यलाई व्यर्थै भार
गच्छेदारलाई कांग्रेस प्रवेश : निल्नु न ओकल्नु !
गच्छेदारलाई कांग्रेस प्रवेश : निल्नु न ओकल्नु !
बालुवाटारमा संविधान संशोधन र निर्वाचनबारे छलफल
बालुवाटारमा संविधान संशोधन र निर्वाचनबारे छलफल
अस्पतालमा गाेली चल्याे, डाक्टर सहित ४ जनाकाे मृत्यु
अस्पतालमा गाेली चल्याे, डाक्टर सहित ४ जनाकाे मृत्यु
गुरुङ भाषा संरक्षणका लागि प्रशिक्षण
गुरुङ भाषा संरक्षणका लागि प्रशिक्षण
राष्ट्रपतिलाई प्रधानमन्त्रीबाट राष्ट्रसंघको महासभामा सहभागिताबारे जानकारी
राष्ट्रपतिलाई प्रधानमन्त्रीबाट राष्ट्रसंघको महासभामा सहभागिताबारे जानकारी

तपाईंले छुटाउनुभयो कि?