आजको मन्त्रिपरिषद् बैठकका पाँच निर्णय

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र ८, २०७५
|
|
२२ पटक हेरिएको
Shares
आजको मन्त्रिपरिषद् बैठकका पाँच निर्णय

सारांश

  • काठमाडौ ८,भदौ।
  •  आजको मन्त्रिपरिषद्को बैठकपछि निर्णयहरु सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बाँस्कोटाले केही उत्तेजक समूहका कारण आज कन्चनपुरमा दुःखदायी घटना घटेको बताए।
  •  उनले कञ्चनपुरको महन्द्रेनगरमा भएको घटना सरकारका कारण नभएको मन्त्रिपरिषद् बैठकले ठहर गरेको समेत जनाए।

काठमाडौ ८,भदौ। आजको मन्त्रिपरिषद्को बैठकपछि निर्णयहरु सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बाँस्कोटाले केही उत्तेजक समूहका कारण आज कन्चनपुरमा दुःखदायी घटना घटेको बताए। उनले कञ्चनपुरको महन्द्रेनगरमा भएको घटना सरकारका कारण नभएको मन्त्रिपरिषद् बैठकले ठहर गरेको समेत जनाए।

‘ जिल्लाका प्रजिअ र एसपी फिर्ता बोलाइसकेको तथा सरकारले घटनाप्रति चिन्ता र चासो देखाई अपराधीको खोजीकार्यमा लागि रहेको अवस्थामा परिस्थितीलाई थप उत्तेजक बनाउन विभिन्न अपराधिक तथा घुसपैठ तत्वले गरेको घटनाप्रति सरकार दुःखी छ। उनले भने, ‘देशैभर भएका सबै आपराधिक घटनाप्रति सरकार सजग छ।

आज को मन्त्रिपरिषद्को वैठकले गरेका मुख्य ५ निर्णयहरु

१–अन्तरिम संविधान २०६३ को धारा ७८ बमोजिम  राजनीतिक संवाद तथा सहमति समितिमार्फत वार्ता गर्न छुटेका विभिन्न समूह तथा द्वन्द्वरत पक्षसँग वार्ता तथा विगतमा भएका सम्झौता तथा सहमतिका सम्बन्धमा अध्ययन गर्न सांसद सोमप्रसाद पाण्डेको संयोजकत्वमा एक उच्चस्तरीय वार्ता टोली गठन गर्ने। समितिमा सुरेस आलेमगर, ताराकान्त चौधरी, लिला भण्डारी र गृह मन्त्रालयले तोकेका एक सहसचिव सदस्य रहनेछन्।

२–सुरक्षित आप्रवासन परियोजना(२०१८–२०२२) कार्यान्वयनका लागि स्विजरल्यान्ड सरकारबाट प्राप्त हुने करिब २ अर्ब रुपैयाँ बराबरको अनुदान रकम स्वीकार गर्ने।

३–रिजनल कोअपरेटिभ एग्रिमेन्ट फर रिसर्च डेभलपमेन्ट एन्ड ट्रेनिङ रिलेटेड टु न्युक्लियर साइन्स एन्ड टेक्नोलोजी (आरसिए), २०१७ स्कीकृतिका लागि संघीय संसदमा पेस गर्ने।

४–भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतका निकायहरुको संगठन संरचना तथा दर्बन्दी स्वीकृत गर्ने।

५–बिमस्टेक सदस्य राष्ट्रहरुबीच टेक्नोलोजी ट्रान्सफर फेसिलिटी स्थापना गर्ने सन्दर्भमा मेमोरेन्डम अफ एसोसियसनमा हस्ताक्षर गर्न परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई अख्तियारी दिने।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?