बाढीबाट क्षतिको पुनःउत्थानका लागि रु ७३ अर्ब लाग्ने

Shikharkhabar Shikharkhabar
|
सोमबार, कार्तिक २७, २०७४
|
|
४७ पटक हेरिएको
Shares
बाढीबाट क्षतिको पुनःउत्थानका लागि रु ७३ अर्ब लाग्ने

सारांश

  • गत साउनमा गएको भीषण वर्षाबाट उत्पन्न बाढीले रु ६० अर्ब ७१ करोड ६६ लाख क्षति भएको प्रारम्भिक प्रतिवेदनले जनाएको छ ।
  • राष्ट्रिय योजना आयोगले आज प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको बाढीपछिको पुनःउत्थानसम्बन्धी आवश्यकता आँकलन प्रतिवेदनले आवास, स्वास्थ्य, शिक्षाजस्ता सामाजिक क्षेत्र, कृषि, पशुपालन र सिँचाइजस्ता उत्पादनमूलक क्षेत्रमा असर पारेको जनाएको छ ।
  • प्रभावित क्षेत्रको पुनःउत्थानका लागि करिब रु ७३ अर्ब २४ करोड ४८ लाख लाग्ने प्रारम्भिक अनुमान गरिएको योजना आयोगका उपाध्यक्ष डा स्वर्णीम वाग्लेले जानकारी दिनुभयो ।

गत साउनमा गएको भीषण वर्षाबाट उत्पन्न बाढीले रु ६० अर्ब ७१ करोड ६६ लाख क्षति भएको प्रारम्भिक प्रतिवेदनले जनाएको छ ।

राष्ट्रिय योजना आयोगले आज प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको बाढीपछिको पुनःउत्थानसम्बन्धी आवश्यकता आँकलन प्रतिवेदनले आवास, स्वास्थ्य, शिक्षाजस्ता सामाजिक क्षेत्र, कृषि, पशुपालन र सिँचाइजस्ता उत्पादनमूलक क्षेत्रमा असर पारेको जनाएको छ । प्रभावित क्षेत्रको पुनःउत्थानका लागि करिब रु ७३ अर्ब २४ करोड ४८ लाख लाग्ने प्रारम्भिक अनुमान गरिएको योजना आयोगका उपाध्यक्ष डा स्वर्णीम वाग्लेले जानकारी दिनुभयो ।

उहाँले आगामी तीन वर्षमा तत्काल, मध्यकाल र दीर्घकालका लागि पुनःस्थापना रणनीति अवलम्बन गरिने बताउनुभयो । जोखिमलाई सम्बोधन गर्नका लागि आवश्यक रुपरेखाको प्रस्तावसहित प्रतिवेदन आफूले प्रधानमन्त्रीलाई बुझाएको बताउँदै डा वाग्लेले त्यसलाई राष्ट्रिय पुनःनिर्माण प्राधिकरणमा रहेको बाढीपीडितको पुनःस्थापनार्थ विशेष एकाइमार्फत गरिने बताउनुभयो ।

उक्त प्रतिवेदनमा साउन २७ देखि ३० गतेसम्म गएको बाढीलाई मात्र लिइएको छ । बाढीबाट देशभरका ३५ जिल्ला प्रभावित र १८ जिल्ला अत्यधिक प्रभावित भएका थिए । उक्त प्रतिवेदन योजना आयोगले गृह मन्त्रालयले विपत्ति प्रभावित भनेर तोकेको १८ भन्दाबढी जिल्ला तथा नौ क्षेत्रका कार्यालयले तयार गरेको तथ्यांकमा आधारित थियो ।

डा वाग्लेका अनुसार बाढीले मुकुको समग्र अर्थतन्त्रमा भन्दा पनि सम्बन्धित जिल्लामा मात्र असर पार्ने देखिएको बताउँदै बाढीबाट प्रभावितको पुनःउत्थान नेपाल सरकारले नै गर्ने स्पष्ट पार्नुभयो ।

(https://hippainhelp.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यसरी काठमाडौं भित्र्याइयो मरेका खसीबोका
यसरी काठमाडौं भित्र्याइयो मरेका खसीबोका
जबरजस्ती करणीमा सर्वश्वसहित आजीवन कैद !
विजया दशमी २०८१: टीकाको साइत कुन देशमा कतिबेला छ ?
विजया दशमी २०८१: टीकाको साइत कुन देशमा कतिबेला छ ?
ललितपुरको मतगणना विवादः काँग्रेसका चिरीबाबु महर्जनको नाममा अदालतले दियो कारण देखाउ आदेश
ललितपुरको मतगणना विवादः काँग्रेसका चिरीबाबु महर्जनको नाममा अदालतले दियो कारण देखाउ आदेश
दोस्रो एकदिवसीय खेल: २५ ओभर सकिँदा नेदरल्याण्डको २ विकेटको क्षतिमा १०० रन पुरा
दोस्रो एकदिवसीय खेल: २५ ओभर सकिँदा नेदरल्याण्डको २ विकेटको क्षतिमा १०० रन पुरा
अर्सलानसँग विवाह गर्दै ऋतिककी पूर्व पत्नी सुजैन
अर्सलानसँग विवाह गर्दै ऋतिककी पूर्व पत्नी सुजैन
जबरजस्ती करणी गरेको अभियोगमा ६१ वर्षीय पुरुष पक्राउ
जबरजस्ती करणी गरेको अभियोगमा ६१ वर्षीय पुरुष पक्राउ
अमेरिका पुगेकी उपमेयर उतै गायब
अमेरिका पुगेकी उपमेयर उतै गायब
सरकारले संविधान दिवस मनाउने तयारी गरिरहँदा, उपप्रधानमन्त्रीको पार्टी भने…
सरकारले संविधान दिवस मनाउने तयारी गरिरहँदा, उपप्रधानमन्त्रीको पार्टी भने…
१५ वर्षपछि सत्ता त्याग्न बाध्य शेख हसिना को हुन्, किन भारत गइन्?
१५ वर्षपछि सत्ता त्याग्न बाध्य शेख हसिना को हुन्, किन भारत गइन्?