पर्यटकीय क्षेत्रमा अझै पुगेन पूर्वाधार

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष २७, २०७५
|
|
५२ पटक हेरिएको
Shares
पर्यटकीय क्षेत्रमा अझै पुगेन पूर्वाधार

सारांश

  • काठमाडौँ,२७ पुस ।
  • कुनै समय निकै चर्चामा रहेको विजौरी–९ को छिल्लीकोट पछिल्लो समय गुमनामजस्तै बनेको छ ।
  • धार्मिक आस्था र नेपालको बाइसेरचौबीसे राज्यको ऐतिहासिकता बोेकेको क्षेत्र अहिले ओझेलमा छ ।

काठमाडौँ,२७ पुस । कुनै समय निकै चर्चामा रहेको विजौरी–९ को छिल्लीकोट पछिल्लो समय गुमनामजस्तै बनेको छ । धार्मिक आस्था र नेपालको बाइसेरचौबीसे राज्यको ऐतिहासिकता बोेकेको क्षेत्र अहिले ओझेलमा छ । एकछेउको टापुमा कालिका र अर्को टापुमा मालिका भगवतीको मन्दिर छिल्लीकोटको अर्को आकर्षणको केन्द्रविन्दु होे ।

तर भौतिक पूर्वाधार अभावका कारण ऐतिहासिक एवं पर्यटकीय क्षेत्रहरू लोप हुँदै जान थालेको स्थानीयवासी बताउँछन् । कालिका÷मालिका मन्दिर व्यवस्थापन समितिका अध्यक्ष परवीर पुनले सडक अभावका कारण दाङको धार्मिक एवं पर्यटकीय परिचित क्षेत्र छिल्लीकोट ओझेलमा परेको बताउनुहुन्छ ।

“दुई÷चार वर्ष भयो, छिल्लीकोटमा बाटो पुगेको । तर अझै मोटर पुगेको छैन ।” उहाँले भन्नुभयो, “मोटर नपुगे कसरी पर्यटक पुग्छन रु बाटो जति सबै भत्किएको छ ।” वर्षमा कात्तिकदेखि जेठसम्ममा मात्रै पर्यटक मोटरसाइकलको जोखिमपूर्ण यात्रा गरी छिल्लीकोट पुग्ने गरेका छन् । पर्यटक भित्र्याउन मोटरबाटोको सहज व्यवस्थापन गर्न सकिए छिल्लीकोटले मुहार फेर्नसक्ने पुन बताउनुहुन्छ ।

विजौरीको सङ्क्राम खोलाबाट हिँड्दै करीब साढे तीन घण्टामा छिल्लीकोट पुग्न सकिन्छ । तर त्यति लामो यात्रा गरेर उकालो जान गाह्रो मान्ने गरेको स्थानीयवासी बताउँछन् । वर्षैपिच्छे छिल्लीकोटको भौतिक संरचना जीर्ण भएसँगै यसको महत्व घट्दै गएकोमा स्थानीयवासीले चिन्ता व्यक्त गर्न थालेका छन् ।

राम्रो व्यवस्थापन गर्न सकेमा छिल्लीकोट धार्मिक, ऐतिहासिक रूपमा मात्रै होइन, कृषि पर्यटन क्षेत्रमा पनि फस्टाउन सक्छ । तर यहाँको मुख्य समस्या भनेकै यातायात र बाटोघाटो अभाव हो ।

स्थानीयवासी हिम्मत वली छिल्लीकोटको छुट्टै विशेषता बोकेको सुगन्ध कोकिला ‘मालागिडी’ समेत बाटो समस्याले बजार पु¥याउन कठिन हुने गरेको बताउनुहुन्छ । पर्यटन, कृषि एवं धार्मिक विकास गर्न भौतिक पूर्वाधार पनि महत्वपूर्ण हुने उहाँको तर्क छ । तत्कालीन जिल्ला विकास समिति र पर्यटन विकास बोर्ड भैरहवाको लगानीमा मन्दिर संरचनाको मर्मत सम्भार भए पनि त्यसले अझै सार्थकता नपाएको वलीको भनाइ छ ।

त्यस्तै तुलसीपुर उपमहानगरपालिका–१६ मुलकोटमा अवस्थित चमेरा गुफाले पनि दाङको पर्यटकीय क्षेत्रको एक हिस्सा ओगटेको छ । तर दिनहुँ ४०र४५ नवआगन्तुक पर्यटक भित्रिने गुफा हिजोआज सुनसानजस्तै बन्ने गरेको स्थानीयवासी कलीभान रोकाले बताउनुभयो । रोकाले भन्नुभयो, “गुफा हेर्न पहिला भीड लाग्थ्यो तर हिजोआज सुनसान छ ।” उपमहानगरकै वडा नं १ हर्नेटीदेखि चमेरी गुफासम्म जोडिएको चार किलोमिटर सडक सबै भत्किएकाले पर्यटकहरूलाई आउनै सकस छ । गुफा मौसमी पर्यटकीय केन्द्र मात्र बनेको छ । अघिपछि सधैँ बन्द हुन्छ ।

“कात्तिकदेखि वैशाख÷जेठसम्ममा मात्रै यहाँ पर्यटक आउँछन् । नत्र सधैँ बन्द हुन्छ । भौतिक अवस्था पनि उस्तै छ । बाटोघाटो अवस्था पनि उस्तै छ । मर्मत सम्भार र प्रचारप्रसार भए यी सम्पदा विश्वकै ऐतिहासिक पर्यटकीय क्षेत्र बन्नेसक्ने सम्भावना छ”, रोका बताउनुहुन्छ ।

तर भौतिक संरचनाका लागि गुरु दक्षिणाको पर्खाइमा रहेको स्थानीयवासी बताउँछन् । त्यस्तै स्युजा उजाको बागेश्वरी मन्दिर, कोइलावासको रामजानकी, सिद्ध भगवन्तनाथ मन्दिर श्रीगाँउ, सिद्धबाघनाथ बाबा जङ्गलकोटी र बगारबाबा धार्मिक रिहार, पाण्डवेश्वरी शिव मन्दिरलगायत प्रसिद्ध मठमन्दिर ऐतिहासिक देवस्थल भौतिक पूर्वाधार अभावका कारण ओझेलमा परेको पाइन्छ ।

त्यस्तै दाङका प्रसिद्ध अम्बिकेश्वरी मन्दिर, कृष्ण मन्दिर तुलसीपुर बाह्रकुन दह, पुरन्धरा छहरा, चरिङ्गे दह, सवारीकोट र जखेराताल देउखुरी प्रचारप्रसार अभावमा ओझलमा परेको पाइन्छ ।

दाङमा खासगरी बाह्य पर्यटकभन्दा आन्तरिक पर्यटक बढी भित्रिने गरेको संस्कृतविद् डा गोविन्द आाचार्य बताउनुहुन्छ । उहाँका अनुसार दाङका पर्यटकीय क्षेत्र ओझेल पर्नुको मुख्य कारण सहज पूर्वाधारकोे व्यवस्था नहुनु हो । तर पूर्वाधार विकासमा लगानी गर्न सके दाङ विश्वकै आधारस्तम्भ बन्न सक्ने उहाँको धारणा छ । उहाँ धार्मिक एवं ऐतिहासिक दृष्टिकोण महत्व बोकेका दाङका धार्मिक मठमन्दिर, प्राकृतिक तालतलैया र गुफाले राप्तीकै पर्यटकीय उद्गमस्थलको सम्भावना बोकेको बताउनुहुन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

महोत्तरीका किसानले भुक्तानी पाएनन्
महोत्तरीका किसानले भुक्तानी पाएनन्
बेलाइतीघारीका यी बालक जो अम्बा बेचेर पढाई खर्च पुर्‍याउँछन्
बेलाइतीघारीका यी बालक जो अम्बा बेचेर पढाई खर्च पुर्‍याउँछन्
श्यामसुन्दर गुप्तासहित ५ जनालाई १० वर्ष कैद र १ लाख जरिवाना फैसला
श्यामसुन्दर गुप्तासहित ५ जनालाई १० वर्ष कैद र १ लाख जरिवाना फैसला
भारतीय सहयोगमा कञ्चनपुरमा महेश्वर माविको नयाँ भवन निर्माण सुरु
भारतीय सहयोगमा कञ्चनपुरमा महेश्वर माविको नयाँ भवन निर्माण सुरु
नयाँ मर्यादाक्रममा राष्ट्रपति पहिलो र उपराष्ट्रपति दोस्रो स्थानमा, अरु कुन कति स्थानमा ?
नयाँ मर्यादाक्रममा राष्ट्रपति पहिलो र उपराष्ट्रपति दोस्रो स्थानमा, अरु कुन कति स्थानमा ?
वर्ष उत्कृष्ट क्रिकेट खेलाडीको अवार्ड सन्दीप लामिछानेलाई
वर्ष उत्कृष्ट क्रिकेट खेलाडीको अवार्ड सन्दीप लामिछानेलाई
एकता संयोजन समितिको बैठक बस्दै
एकता संयोजन समितिको बैठक बस्दै
हेर्नुहोस पूर्व राजकुमार दीपेन्द्र शाह तिहारमा गीत गाउदै भैली खेलेको दुर्लभ भिडियो
हेर्नुहोस पूर्व राजकुमार दीपेन्द्र शाह तिहारमा गीत गाउदै भैली खेलेको दुर्लभ भिडियो
चिकित्सकको आन्दोलनमा भाइब्रेन्ट र नेमका विद्यार्थीलाई गराइयो जबर्जस्ती सहभागी
चिकित्सकको आन्दोलनमा भाइब्रेन्ट र नेमका विद्यार्थीलाई गराइयो जबर्जस्ती सहभागी
सीमांकन सच्याइने छःओली
सीमांकन सच्याइने छःओली