फेरी १३ बर्षिय बालिकामाथि अर्काे बलात्कार को घटना सार्बजनिक
सारांश
- विराटनगर ११ भदौ।
- निर्मला पन्तको बलात्कार को हत्या,अनि हिजो मात्र सुनसरी ईनरुवा मा एक १९ बर्षीय युवती माथी अर्को बलत्कार को घटना भईरहेको समयमा फेरी आज सुनसरीको बराहक्षेत्रमा एक १३ बर्षिय बालिका छिमेकीबाट पटक पटक बलात्कृत भएको घटना सार्वजनिक भएको छ ।
- बहारक्षेत्र नगरपालिका ८ पुलाहकी बालिकालाई चकलेटको प्रलोभन देखाई ३६ बर्षिय लाल बहादुर बस्नेतले बलात्कार गदै गर्दा बालिका को घरमै रङ्गेहात पक्राउ परेका हुन ।
विराटनगर ११ भदौ। निर्मला पन्तको बलात्कार को हत्या,अनि हिजो मात्र सुनसरी ईनरुवा मा एक १९ बर्षीय युवती माथी अर्को बलत्कार को घटना भईरहेको समयमा फेरी आज सुनसरीको बराहक्षेत्रमा एक १३ बर्षिय बालिका छिमेकीबाट पटक पटक बलात्कृत भएको घटना सार्वजनिक भएको छ । बहारक्षेत्र नगरपालिका ८ पुलाहकी बालिकालाई चकलेटको प्रलोभन देखाई ३६ बर्षिय लाल बहादुर बस्नेतले बलात्कार गदै गर्दा बालिका को घरमै रङ्गेहात पक्राउ परेका हुन । बस्नेतले बिहिबार राती ९ बजे बालिकाको घरमा प्रबेश गरेर बलात्कार गर्दै गर्दा को समयमा आमा र बहिनीले देखेपछि बस्नेत घटनास्थलबाट फरार भएका थिए । उनलाई प्रहरीले खोजी गरेपछि शनिबार आफै इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा आत्मसमर्पण गरेका थिए ।
घरमा कोही नभएको मौका छोपी बालिकालाई यस अघि पनि चकलेट देखाई जबरजस्ती बलात्कार गदै आएको पिडित परिवारको भनाई छ । बस्नेतले बालिकाको आमालाई यो कुरा चुपचाप राख्नु कसैलाई भनिस् भने परिवार नै मारिदिने धम्की दिदै आएका थिए । बालिकाको बुवा भने घरायसी कामले पहाड बस्दै आएका छन् । घरमा बालिकाको आमा र बहिनि मात्र बस्ने गरेका थिए ।
घरमा ताला लगाएर बहिनि र भान्जी अहिले शरण लिन आएको मामा धन बहादुर राउतले बताए । उनका अनुसार घरको गाँइबस्तु हेर्न जादा समेत कुटपिट गर्ने र मार्ने धम्की दिइरहेका छन् । प्रहरीलाई जानकारी गराएपनि वास्ता नगरेको राउतको भनाई छ । यता भान्जीको बलात्कारको मेडिकल रिर्पाेट माग्दा समेत प्रहरी नदिएको उनले बताए ।
बालिकाको स्वास्थ्य सामान्य रहेपनि रातको समयमा झस्किने र चिच्याउने भइरहेको राउतले जानकारी दिए । ‘घटनाको बिषयमा गाँउलेहरु पनि बस्नेतको पक्षमा देखिएका छन,’ राउतले भने ‘हामी पिडित हुदासम्म कोही हाम्रो पक्षमा बोल्दैन’ । इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक जिवन तामाङ्गले घटनाको बिषयमा अनुसन्धान भइरहेको जानकारी दिए । मेडिकल रिर्पाेट आउन अझै समय लाग्ने भएकाले बुझेर मात्र आफुले जानकारी दिने कुरा बताए ।
प्रतिक्रिया