अहिले प्रतिक्रिया दिने बेला भएको छैन : उपेन्द्र यादव

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख १२, २०८०
|
|
३३ पटक हेरिएको
Shares
अहिले प्रतिक्रिया दिने बेला भएको छैन : उपेन्द्र यादव

सारांश

  • बारा ।
  • जनता समाजवादी पार्टीका अध्यक्ष एवं बारा क्षेत्र नं.
  • २ उम्मेदवार उपेन्द्र यादवले प्रारम्भिक नतिजाको विषयमा अहिले प्रतिक्रिया दिने बेला नभएको बताएका छन् ।

बारा । जनता समाजवादी पार्टीका अध्यक्ष एवं बारा क्षेत्र नं. २ उम्मेदवार उपेन्द्र यादवले प्रारम्भिक नतिजाको विषयमा अहिले प्रतिक्रिया दिने बेला नभएको बताएका छन् ।

कलैया उपमहानगरपालिकास्थित गंगापुरमा रहेको मतगणना स्थलमा आएका यादवले संचारकर्मीसंग संक्षिप्त प्रतिक्रिया दिदै प्रारम्भिक परिणाम राम्रो आएको र पछि प्रतिक्रिया दिने बताए । ‘अहिले गणना भईरहेको छ । प्रतिक्रिया दिने बेला भएको छैन,’ यादवले भने, ‘प्रारम्भिक नतिजा राम्रो छ । पछि राम्रोसंग प्रतिक्रिया दिनेछु । ’

यादवले आफू चुनाव जित्नेमा विश्वस्त रहेको बताए । उनले भने ‘चुनाव जित्ने विश्वस्त नभई त चुनाव नै लडिदैन्’ । यादवले मतगणनास्थल पुगेर मतगणनाको विषयमा जानकारी लिएका थिए । मतगणनाको प्राप्त मतपरिणाममा यादव फराकिलो मतान्तरसहित अग्र स्थानमा छन् । उनले १४ हजार एक सय ८० मत प्राप्त गर्दा जनमत पार्टीका शिवचन्द्र कुशवाहाले ९ हजार तीन सय २६ मत पाएका छन् ।

यसैगरी तेस्रो स्थानमा रहेको नेकपा एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलले चार हजार सात सय ९३ मत पाउदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेश खरेलले दुई हजार ५१ मत पाएका छन् । प्रभु साह नेतृत्वको आम जनता पार्टीका उम्मेदवार अरुण ज्ञवालीले एक हजार ६ सय २७ मत पाएका छन् ।

(https://www.softlay.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री ओली र मोदीबीच आज औपचारिक वार्ता हुने, पञ्चेश्वरदेखि युरिया मलसम्मका एजेन्डा
प्रधानमन्त्री ओली र मोदीबीच आज औपचारिक वार्ता हुने, पञ्चेश्वरदेखि युरिया मलसम्मका एजेन्डा
मंसिर अगाडि नै संघीय निर्वाचनको मुडमा कांग्रेस
मंसिर अगाडि नै संघीय निर्वाचनको मुडमा कांग्रेस
काँग्रेस नेता गान्धीद्धारा सरकारले सङ्क्रमित स्वास्थ्यकर्मीको बेवास्ता गरेको आरोप
काँग्रेस नेता गान्धीद्धारा सरकारले सङ्क्रमित स्वास्थ्यकर्मीको बेवास्ता गरेको आरोप
नागरिकता विधेयक पुनः प्रतिनिधिसभामा
नेपाल अफगानिस्तानसँग ७१ रनले पराजित, प्रतियाेगिताकाे उपाधि भारत यु१९ बि लाई !
नेपाल अफगानिस्तानसँग ७१ रनले पराजित, प्रतियाेगिताकाे उपाधि भारत यु१९ बि लाई !
प्रधानन्यायाधीश ताेक्न संवैधानिक परिषदको बैठक आज बस्दै
प्रधानन्यायाधीश ताेक्न संवैधानिक परिषदको बैठक आज बस्दै
सामाजिक सुरक्षा योजनामा १९६ रोजगार दाता सूचिकृत
सामाजिक सुरक्षा योजनामा १९६ रोजगार दाता सूचिकृत
‘साइलेन्ट किलर’ बन्दैछ मधुमेह
‘साइलेन्ट किलर’ बन्दैछ मधुमेह
च्याम्पियन्स लिग:लिभरपुल र बायर्नको गोलरहित बराबरी
च्याम्पियन्स लिग:लिभरपुल र बायर्नको गोलरहित बराबरी
ऋषी धमलालाई कारवाही गर्ने लालबाबु पण्डितको चेतावनी