६ वर्षमा ६ जना प्रधानमन्त्री भारत भ्रमणमा, नेपालको समस्या उस्तै

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र २१, २०७४
|
|
२० पटक हेरिएको
Shares
६ वर्षमा ६ जना प्रधानमन्त्री भारत भ्रमणमा, नेपालको समस्या उस्तै

सारांश

  • काठमाडौं – पछिल्ला ६ बर्षमा नेपालका ६ प्रधानमन्त्रीले छिमेकी मुलुक भारत भ्रमण गरे पनि भारतको अनधिकृत बाँध तथा तटबन्धबाट पीडित नेपालीलाई राहत तथा क्षतिपूर्ति उपलब्ध गराउने विषय भने अगाडि बढ्न सकेको छैन ।
  • यो अवधिमा सबैजसो प्रधानमन्त्रीले भ्रमणमा आफ्ना समकक्षीसँगको भेटमा डुवान समस्यालाई प्रमुख मुद्दा बनाइएको दाबी गरे पनि अहिलेसम्म किसानले राहत भने पाउन सकेका छैनन् ।
  •  आजको कारोबारमा समाचार छापिएको छ ।

काठमाडौं – पछिल्ला ६ बर्षमा नेपालका ६ प्रधानमन्त्रीले छिमेकी मुलुक भारत भ्रमण गरे पनि भारतको अनधिकृत बाँध तथा तटबन्धबाट पीडित नेपालीलाई राहत तथा क्षतिपूर्ति उपलब्ध गराउने विषय भने अगाडि बढ्न सकेको छैन ।

यो अवधिमा सबैजसो प्रधानमन्त्रीले भ्रमणमा आफ्ना समकक्षीसँगको भेटमा डुवान समस्यालाई प्रमुख मुद्दा बनाइएको दाबी गरे पनि अहिलेसम्म किसानले राहत भने पाउन सकेका छैनन् । आजको कारोबारमा समाचार छापिएको छ ।

पछिल्लो अनुमानित आँकडाअनुसार भारतले क्षतिपूर्तिवापत नेपाली किसान तथा सीमा क्षेत्रका वासिन्दालाई करिब ३ अर्ब रुपैयाँ भुक्तानी दिनुपर्ने सिँचाइ मन्त्रालयका अधिकारीहरु बताउँछन् ।

२०६८ साल यता ६ जना प्रधानमन्त्री क्रमशः  बाबुराम भट्टराई, सुशील कोइराला, केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, शेरबहादुर देउवा र चैत २३ गते पुनः ओलीसहित ६ पटक नेपालका प्रधानमन्त्रीको भारत भ्रमण हुँदा पनि डुवानसम्बन्धी क्षतिपूर्तिको विषय उठाए पनि यसको सम्बोधन भने हुन सकेको छैन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?