पीएसजीको साँघुरो जित

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन १५, २०७६
|
|
१८ पटक हेरिएको
Shares
पीएसजीको साँघुरो जित

सारांश

  • एजेन्सी ।
  • च्याम्पियन्स लिग फुटबलमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले संघर्षपुर्ण जित निकालेको छ ।
  • मंगलबार राति भएको खेलमा पीएसजीले टर्किस क्लब गलातासारेलाई १–० ले पराजित गर्यो ।

एजेन्सी । च्याम्पियन्स लिग फुटबलमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले संघर्षपुर्ण जित निकालेको छ । मंगलबार राति भएको खेलमा पीएसजीले टर्किस क्लब गलातासारेलाई १–० ले पराजित गर्यो ।

पीएसजीले स्टर खेलाडी नेयमार, केलियन एम्बाप्पे र ईडिन्सन काभानीबिनै खेलको सुरुवात गरेको थियो । एम्बाप्पे बैकल्पिक खेलाडीको रुपमा दोस्रो हाफमा मैदान छिरेका थिए ।

निलम्बनका कारण नेयमारले च्याम्पियन्स लिगको दोस्रो खेल समेत गुमाए । काभानी चोटका कारण मैदान बाहिर छन् । पीएसजीको जितमा ५२ औ मिनेटमा माको ईकार्डीले विजयी गोल गरे । यसैसिजन पीएसजी आएका ईकार्डीको क्लबका लागि पहिलो गोल हो ।

ईस्तानबुलमा भएको खेलमा जित निकाल्दै पीएसजीले च्याम्पियन्स लिगमा सतप्रतिशत जितको यात्रालाई कायम राखेको छ । विङ्गर एन्जल डी मारियाले पहिलो हाफमा गोलको राम्रो अवसर गुमाएका थिए ।

समुह एको शीर्ष स्थानमा रहेको पीएसजले दुई खेलमा ६ अंक जोडेको छ । गलातासारे १ अंक जोड्दै तेस्रो स्थानमा छ । समान एक अंक जोडेको स्पेनिस क्लब रियल मड्रिड तालिकाको पुछारमा छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?