कोरियाले अमेरिकी सैन्य अखडामा आक्रमण गर्ने चर्चा,बढ्दै युद्दको खत्तरा……..

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण २६, २०७४
|
|
१५ पटक हेरिएको
Shares
कोरियाले अमेरिकी सैन्य अखडामा आक्रमण गर्ने चर्चा,बढ्दै युद्दको खत्तरा……..

सारांश

  • २६ साउन, कोरिया ।
  • उत्तर कोरियाले प्रशान्त महासागरमा अमेरिकी स्वामित्वमा रहेको गुआम टापुमा हमला गर्ने तयारी गरिरहेको उत्तर कोरियाली समाचार संस्थाहरुले जनाएका छन् ।
  • स्थानीय समाचार संस्था केसीएनएले आर्मी प्रमुख किम राम ग्योमलाई उदृत गर्दै लेखेको छ, ‘कोरियाली पिपुल्स आर्मी द हृवासँगले १२ वटा क्षेप्यास्त्र लञ्च गर्नेछ, जुन जापानको शिमाने, हिरोशिमा र कोचीहुँदै ग्वाम नजिकैको समूद्रमा झर्नेछ ।

२६ साउन, कोरिया । उत्तर कोरियाले प्रशान्त महासागरमा अमेरिकी स्वामित्वमा रहेको गुआम टापुमा हमला गर्ने तयारी गरिरहेको उत्तर कोरियाली समाचार संस्थाहरुले जनाएका छन् ।

स्थानीय समाचार संस्था केसीएनएले आर्मी प्रमुख किम राम ग्योमलाई उदृत गर्दै लेखेको छ, ‘कोरियाली पिपुल्स आर्मी द हृवासँगले १२ वटा क्षेप्यास्त्र लञ्च गर्नेछ, जुन जापानको शिमाने, हिरोशिमा र कोचीहुँदै ग्वाम नजिकैको समूद्रमा झर्नेछ ।’

उत्तर कोरियाली समाचार संस्थाले यी क्षेप्यास्त्र गुवाम टापूसम्म पुग्ने समयको पनि घोषणा गरेको छ । यतिमात्र होइन कि उसले क्षेप्यास्त्र कुन स्थानमा झर्नेछ भन्नेबारेपनि खुलाएको छ ।

केसीएनएले बताएको छ कि, ‘यी क्षेप्यास्त्र १ हजार ६५ सेकेण्डमा ३ हजार ३५६.७ किलोमिटर दूरी दय गरी गुवाम टापूभन्दा ३० देखि ४० किलोमिटर वर खस्नेछ ।’

कोरियाली सरकारी मिडियाका अनुसार सर्बोच्च नेता किम जोङ उनले अहिलेसम्म हमलाको यस योजनालाई स्वीकृति दिएका छैनन् ।

यसअघि अमेरिकी रक्षामन्त्री जिम म्याटिसले उत्तर कोरियासँग यो भनेका थिए कि उ यस्ता गतिविधि नगरोस् । उनले चेतावनी दिए, ‘यस्तो गरेमा त्यहाँ व्यवस्था परिवर्तन हुन्छ र मानिसले बिनासको सामना गर्नुपर्छ ।’

पेण्टागनका प्रमुखले यो पनि भने कि अमेरिका र उसको सहयोगीसँगको लडाईमा उत्तर कोरिया टिक्नै सक्दैन ।

म्याटिसको यो कडा चेतावनी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको त्यस धम्कीपछि आएको हो, जहाँ ट्रम्पले उत्तर कोरियालाई संयमता अपनाउन भनेका थिए ।’

प्रशान्त महासागरमा अमेरिकी स्वामित्वमा रहेको टापू गुवाममा अमेरिकी एयरफोर्स र नौसेनाको एयर बेस छ । ५४१ वर्ग किलोमिटरमा फैलिएको यस टापू अमेरिकाका लागि सामरिक रुपमा निक्कै महत्वपूर्ण छ । गुवाममा १ लाख ६३ हजार अमेरिकी बसोबास गर्छन् ।

गुवामको महत्व यस कुराका लागि छ कि यो एक टापूको सहयोगमा अमेरिकाको पहुँच दक्षिणी चीन सागर, कोरिया र ताइवानसम्म छ ।

गुवाम यस्तो स्थानमा छ कि जहाँबाट दक्षिणी चीन सागरमा चीनको बढ्दो दबदबा विरुद्ध अमेरिका महत्वपूर्ण कदम उठाउन सक्ने स्थितिमा छ ।

उत्तर कोरियाली सरकारी मिडियाका अनुसार यस हमलाको उद्देश्य अमेरिकी सरकारका लागि गम्भीर चेतावनी हुनेछ ।

राष्ट्रपति ट्रम्पले अमेरिकाको परमाणु हतियारको भण्डारणको बारेमा लेखेका छन् कि अमेरिकासँग पहिलेभन्दा धेरै क्षमताका हतियार छन् ।

यद्यपि उनले यो पनि लेखेका छन्, ‘आशा छ कि अमेरिकालाई कहिल्यै पनि यस्ता हतियार प्रयोग गर्ने अवस्था नआओस् ।

यता कोरियाली सरकारी समाचार संस्थाले प्रधानसेनापति जनरल किम राकलाई उदृत गर्दै लेखेको छ, ‘गल्फ खेलिरहहेका अमेरिकी राष्ट्रपतिले एकपटक फेरि फ्यूरी र फायर जस्ता बकबास गरेका छन्, यसबाट के प्रष्ट हुन्छ भने उनी परिस्थितिको गाम्भिर्यता पत्तो पाउन असफल बनेका छन् । र, यस्ता कुतर्क गर्ने मानिसहरुसँग कुरा गर्न सम्भव छैन र मात्र बल प्रयोग नै यस्ता मानिसलाई तह लगाउने उपाय हो ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?