इतिहास रच्दै डा.दुर्गा, उनी बनिन् पहिलो एआर्इजी महिला

Shikharkhabar Shikharkhabar
|
बुधबार, कार्तिक २८, २०७५
|
|
२० पटक हेरिएको
Shares
इतिहास रच्दै डा.दुर्गा, उनी बनिन् पहिलो एआर्इजी महिला

सारांश

  • काठमाडौं ।
  • नेपाल प्रहरीको इतिहासमै पहिलोपटक महिला एआर्इजी बनेकी छिन् ।
  • एआर्इजी बनेकी प्रहरी अस्पतालमा कार्यरत डा.

काठमाडौं । नेपाल प्रहरीको इतिहासमै पहिलोपटक महिला एआर्इजी बनेकी छिन् । एआर्इजी बनेकी प्रहरी अस्पतालमा कार्यरत डा. दुर्गा थापा हुन् । उनले प्रहरीमा यसरी विशिष्ट श्रेणीमा पुग्ने पहिलो महिला बनेर इतिहास रच्न सफल भएकी छिन् । एआइजी बनेकी थापा दन्त चिकित्सक हुन् ।

एक कार्यक्रमका बीच प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले दर्ज्यानी चिन्ह लगाइदिएका थिए । कात्तिक २५ गते बसेको मन्त्रिपरिषद निर्णयले प्राविधिक प्रहरी नायव महानिरीक्षकबाट प्राविधिक प्रहरी अतिरक्त महानिरीक्षकमा पदोन्नति गर्ने निर्णय गरेको थियो ।

प्रहरी महानिरीक्षक खनालले पदोन्नति भएकी थापालाई बधाई तथा शुभकामना दिएका छन् । उनले पदोन्नति पछि अझै बढी महत्वपूर्ण हुने भएकोले अस्पतालको व्यवस्थापन, स्तरोन्नतिका लागि काम गर्ने बताइन् । एआर्इजीका रूपमा अब उनीले प्रहरी अस्पतालको प्रमुखको जिम्मेवारीसमेत सम्हाल्नेछिन् ।

नेपाल प्रहरीमा यसअघि डिआर्इजी पदसम्ममात्र महिला पुगेका थिए । पार्वती थापा र विमला थापा सात वर्षअघि डिआइजीमा बढुवा भएका थिए । उनीहरूलाई विशेष पद सिर्जना गरेर डिआइजी बनाइएको र उनीहरूको अवकाश त्यसै पदबाटै भएको थियो ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायव महानिरीक्षकहरु, प्रहरी वरिष्ठ अधिकृतहरु लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले यसरी गरे सरकारकाे प्रशंसा
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले यसरी गरे सरकारकाे प्रशंसा
सिन्धुपाल्चोकमा भूकम्पको धक्का
सिन्धुपाल्चोकमा भूकम्पको धक्का
सुरक्षण मुद्रणसम्बन्धी भरपर्दाे र गुणस्तरीय सेवा स्वदेशमै दिन सकिन्छ : मन्त्री शर्मा
सुरक्षण मुद्रणसम्बन्धी भरपर्दाे र गुणस्तरीय सेवा स्वदेशमै दिन सकिन्छ : मन्त्री शर्मा
सरकारको लक्ष्य समृद्धि र विकास : मुख्यमन्त्री राई
सरकारको लक्ष्य समृद्धि र विकास : मुख्यमन्त्री राई
सुरु भयो बाबुराम–उपेन्द्र बीच द्वन्द, बाबुराम भन्छन् ‘सरकार छाडौँ’, उपेन्द्र भन्छन ‘अहिले होइन’
सुरु भयो बाबुराम–उपेन्द्र बीच द्वन्द, बाबुराम भन्छन् ‘सरकार छाडौँ’, उपेन्द्र भन्छन ‘अहिले होइन’
केन्द्र र स्थानीय तहबीच अधिकार क्षेत्रका बीचमा द्वन्द ‘स्थानीय तह पंगु”पेल्दै सिंहदरबार
केन्द्र र स्थानीय तहबीच अधिकार क्षेत्रका बीचमा द्वन्द ‘स्थानीय तह पंगु”पेल्दै सिंहदरबार
चलचित्र ‘हिजो आजका कुरा’ अमेरिकाको भर्जिनियामा प्रदर्शन
चलचित्र ‘हिजो आजका कुरा’ अमेरिकाको भर्जिनियामा प्रदर्शन
जासुसी गरेको भन्दै रुसमा एप्पलका आइफोन प्रतिबन्धको घोषणा
जासुसी गरेको भन्दै रुसमा एप्पलका आइफोन प्रतिबन्धको घोषणा
आज बिहीबार, कस्तो छ तपाईंको राशिफल?
आज बिहीबार, कस्तो छ तपाईंको राशिफल?
यु १८ महिला साफ च्याम्पियनसिपः भारतलाई हराउँदै नेपाल फाइनलमा !
यु १८ महिला साफ च्याम्पियनसिपः भारतलाई हराउँदै नेपाल फाइनलमा !

तपाईंले छुटाउनुभयो कि?