अष्ट्रेलियामा यसरी हुँदैछ नेपाली प्रेमी र श्रीमानको वेहाल
सारांश
- अष्ट्रेलिया नेपालीका लागि अध्ययन र बसोबासका लागि अहिले पहिलो रोजाईमा रहेको मुलुकभन्दा फरक पर्दैन ।
- अध्ययन र रोजगारका सिलसिलामा अहिले लाखौ नेपाली कंगारुको देश अष्ट्रेलिया पुगेका छन् ।
- अष्ट्रेलियामा अध्ययन गर्ने र विभिन्न पेशामा आवद्ध कतिपयले नेपाली आश्चर्य लाग्ने किशिमको सफलता पनि पाएका छन् ।
अष्ट्रेलिया नेपालीका लागि अध्ययन र बसोबासका लागि अहिले पहिलो रोजाईमा रहेको मुलुकभन्दा फरक पर्दैन । अध्ययन र रोजगारका सिलसिलामा अहिले लाखौ नेपाली कंगारुको देश अष्ट्रेलिया पुगेका छन् । अष्ट्रेलियामा अध्ययन गर्ने र विभिन्न पेशामा आवद्ध कतिपयले नेपाली आश्चर्य लाग्ने किशिमको सफलता पनि पाएका छन् । तर सबै सफल छन् र राम्रै गरिरहेका छन् भन्ने पनि छैन । त्यहाँ पुगेका धेरै नेपाली अहिले विभिन्न दुव्र्यसन र विकृतिमा पनि रुमल्लिरहेका छन् । पछिल्लो समय नेपाली समुदायबीच एउटा डरलाग्दो घटना देखिन थालेको छ । धेरै नेपाली युवतीहरु अहिले आफुलाई अष्ट्रेलियन जीवनशैलीमा ढाल्न खोज्दा त्यसको मारमा नेपाली युवकहरु परिरहेका छन् ।
श्रीमान श्रीमती वा प्रेमी प्रेमिका दुवै सँगै अष्ट्रेलिया जान पाए एउटाले काम गरेर पैसा कमाउने अनि अर्कोले अध्ययन गरेर करियर राम्रो बनाउने भन्ने आम नेपालीको सोचाई हुन्छ । तर यही सम्बन्ध अष्ट्रेलिया पुगेपछि विकृतिको रुप लिदै गइरहेको छ । धेरै नेपाली युवतीले स्वतन्त्रताको दुरुपयोग गर्दै आफ्ना जोडीलाई छोड्न थाले पछि अहिले नेपाली प्रेमी वा श्रीमान विचल्लिमा पर्ने गरेका छन् ।
एउटा प्रतिनिधि कथा
धादिङका जनक सुवेदी (नाम परिवर्तन) यसको पछिल्लो उद्धाहरण हुन् । करिब ४ वर्ष अघि उनी कुलिनरी आर्ट्समा डिप्लोममा गर्न अष्ट्रेलियाको मेलबर्न पुगेका थिए । डिप्लोमा तहको अध्ययन सकाए पछि उनी एउटा रेष्टुरेन्टमा कुकको रुपमा काम गर्न थाले । यसैबीच बिदा मिलाएर उनी नेपाल फर्किए । यता घरमा विहेको कुरा चल्यो । अष्ट्रेलिया बस्ने केटा भने पछि छोरी दिनेको कमी हुनै कुरै भएन । उनले पनि भरखरै प्लस टु सकाएकी एक युवतीसँग विहे गरे । आफु उता फर्किए पछि चाँजोपाँजो मिलाएर उनले आफ्नी श्रीमतीलाई पनि अष्ट्रेलिया झिकाए ।
अष्ट्रेलिया पुगेको केही समयसम्म दुवैको सम्बन्ध राम्रै थियो । सुवेदीले पनि दुःख गरेर श्रीमतीलाई नर्सिङ पढाए । नर्सिङको अध्ययन नसकुन्जेल सम्बन्ध ठीकठाकै चलिरहेको थियो । तर जब उनले नर्सिङको अध्ययन सकाई काम गर्न थालिन् अनि घटनाले अर्कै मोड लिदै गयो । हिजोसम्म संसारकै सबैभन्दा उत्कृष्ट लाग्ने तिनै जनक श्रीमतीका लागि बेकारको लाग्न थाले ।
सुवेदी यता रेष्टुरेन्टमा १६ घण्टा भन्दा बढिm काममा व्यस्त, उता श्रीमती नर्सिङको काम गर्दागर्दै अर्कैको अंगालोमा मख्ख । जब एक अर्काबीच असझमदारी हुन्छ, त्यसपछि सम्बन्ध विच्छेद गर्न पश्चिमी मुलुकका नागरिकका लागि कुनै आइतबार पर्खनु पर्दैन । सुवेदीकी श्रीमतीले पनि यही अधिकारको प्रयोग गरिन् अनि अदालत पुगेर सम्बन्ध विच्छेद गरिन् । अहिले सुवेदी मर्नु र बाँच्नुको दोधारमा छन् । त्यत्रो खर्च गरेर श्रीमतीलाई अष्ट्रेलिया झिकए ।
ऋण तिरि नसकेको पीडा छँदै थियो, सँगै जिउने सँगै मर्ने कशम खाएर विहे गरेकी श्रीमतीले पनि विदेशी भूमिका एक्लो पार्दै छोडेर हिडे पछि अहिले उनलाई आकाश नै खसेर थिचे जस्तै भएको छ । आफ्नो पीडा कसैलाई सुनाउँ, आफै हाँसोको पात्र बन्नु पर्ने डर, नभनौ त्यत्रो विपत्ति परिसक्यो । सम्बन्ध विच्छेदसम्म त ठीकै थियो । छुट्टिए पछि श्रीमतीलाई बुझाउनु पर्ने हर्जना सम्झेर पनि उनलाई दिक्क लाग्छ । सुवेदी भन्छन ‘यो त एउटा उद्धाहरण मात्रै हो, अहिले नेपाली समुदायमा देखिएका विकृतिका कथा भनिनसक्नुका छन् ।’ उनका अनुसार अहिले अष्ट्रेलियामा रहेका धेरै नेपाली युवतीले आफ्नो अध्ययन र बसाईको खर्च जुटाउन सोच्नै नसकिने काममा पनि लागिरहेको उनको भनाई छ । उनी थप्छन् ‘अहिले नेपाली केटीहरु पाकिस्तानी र इण्डियनको गर्लफ्रेण्ड बनेर हामीलाई नै लाज मर्नु बनाई सके ।’
प्रतिक्रिया