जीवन जिउने कला सिक्दा विद्यार्थी

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन १५, २०७५
|
|
२७ पटक हेरिएको
Shares
जीवन जिउने कला सिक्दा विद्यार्थी

सारांश

  • बाँके, नेपालजञ्ज, १५ असोज ।
  • गेरुवागाउँपालिका जनकनगर गाउँघर भएका किशोर अवस्थाका आकाश थारु नाम परिवर्तनले केही महीना अघि आफ्नै घरमा झुण्डिएर आत्महत्या गरे ।
  • कारण प्रेममा असफल, मानसिक तनाव ।

बाँके, नेपालजञ्ज, १५ असोज ।गेरुवागाउँपालिका जनकनगर गाउँघर भएका किशोर अवस्थाका आकाश थारु नाम परिवर्तनले केही महीना अघि आफ्नै घरमा झुण्डिएर आत्महत्या गरे । कारण प्रेममा असफल, मानसिक तनाव ।त्यस्तै केही समयको अन्तरालमा सोही प्रकृतिका घटना वारबर्दिया नगरपालिका जब्दीगाउँका र नेउलापुर गोविन्दपुरमा पनि दोहोरियो ।पछिल्लो समय यी र यस्तै घटना भइ किशोरावस्थाका छात्रछात्रा बरालिने, कुलतमा फस्ने, बीचैमा पढाइ छाड्ने, मानसिक तनावको सिकार हुने, र आत्महत्या गर्ने क्रम बढेका छन् ।

यस्तै घटनालाई न्यूनिकरण गर्न किसान मावि फच्कहवा राधाकृष्ण थारु बङ्गलामुख गुलरिया त्यसैगरी हिमालय आधारभूत विद्यालय, बगनाहामा किशोर किशोरीका माझ ‘द आर्ट अफ लिभिङअर्थात् जीवन जिउने कला’ प्रस्तुत गरिएको छ ।लामो समयदेखि बर्दियालगायत देशैभरि जीवन जिउने कला सिकाउँदै हिँडेका गुरु कञ्चन घिमिरेले सञ्चालन गरेको तीन घण्टे अवधिमा सहभागी झण्डै १०० विद्यार्थी उत्साही देखिन्थे । विभिन्न सफलताका कथा, प्रेरक वाणी र प्रविधिका माध्यमबाट सञ्चालन गरिएको सो तालीममा विद्यार्थीले आफू कसरी जिउनेका अलावा कसरी पढ्ने, के गर्ने के नगर्ने, स्मरण शक्ति कसरी बढाउने, दिमागको सही उपयोग कसरी गर्ने, किशोर अवस्थामा हुने शारीरिक आकर्षण र विकर्षण, कुलतबाट बच्ने उपाय सिकेका थिए ।

तीन घण्टे अवधिमा कक्षा ७ र ८ मा अध्ययनरत छात्रछात्रा कोही बेस्सरी हाँसे भने कोही धुरुधुरु रोएर कक्षा सम्हाल्न हम्मेहम्मे परेको थियो । विद्यार्थीलाई जब उनीहरूले घर र विद्यालयमा गुमाएको समयको बारेमा ज्ञात गराइयो, जब आफ्नो लागि मरिमेट्ने आमा बुबाको स्मरण गर्न लगाइयो, उनीहरूले दिलदेखि यसरी अनुभूत गरेको भन्दै आँशु थाम्न सकेनन्, विगतमा आफूहरूले ठूलो भुल गरेको बताउँछन् र प्रायश्चित गर्दै आफूहरू सही मार्गमा हिँड्ने प्रतिबद्धता विद्यार्थीले जाहेर गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?