मुख्यमन्त्री चौधरी भन्छन् : लुम्बिनीमा तत्काल मन्त्रिपरिषद् विस्तार हुन्छ

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख २५, २०८०
|
|
३२ पटक हेरिएको
Shares
मुख्यमन्त्री चौधरी भन्छन् :  लुम्बिनीमा तत्काल मन्त्रिपरिषद् विस्तार हुन्छ

सारांश

  • तुलसीपुर ।
  • लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले लुम्बिनी प्रदेशमा तत्काल मन्त्रिपरिषद् विस्तार हुने बताएका छन् ।
  • दाङको तुलसीपुरमा आज सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री चौधरीले दुई÷चार दिनमै मन्त्रिपरिषद् विस्तार हुने बताएका हुन् ।

तुलसीपुर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले लुम्बिनी प्रदेशमा तत्काल मन्त्रिपरिषद् विस्तार हुने बताएका छन् ।

दाङको तुलसीपुरमा आज सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री चौधरीले दुई÷चार दिनमै मन्त्रिपरिषद् विस्तार हुने बताएका हुन् । “सबै प्रदेशको एकैपटक मन्त्रिमण्डल विस्तार गरौँ भन्ने नीतिगत निर्णय भएको छ”, उनले भने।

नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) सहित विभिन्न आठ दल र एक तन्त्र प्रदेशसभा सदस्य गरी ५३ जनाको समर्थनमा चौधरी मुख्यमन्त्री भएका हुन् । यसअघि माओवादी केन्द्रका धनबहादुर मास्की, नागरिक उन्मुक्ति पार्टीका धर्मबहादुर चौधरी र लोसपाका सन्तोष पाण्डेलाई मन्त्री नियुक्त गरिएको थियो ।

लुम्बिनीमा सत्ता गठबन्धनमा कांग्रेसका २७, माओवादी केन्द्रका ११, नागरिक उन्मुक्ति पार्टीका चार, जसपा, लोसपा र जनमत पार्टीका तीन÷तीन, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका एक÷एक तथा एक स्वतन्त्र प्रदेशसभा सदस्य छन् । त्यस्तै विपक्षमा एमालेका २९ र राप्रपाका चार प्रदेशसभा सदस्य छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दोस्रो चरणको चुनाव अन्योलमा : एमाले अध्यक्ष ओली
दोस्रो चरणको चुनाव अन्योलमा : एमाले अध्यक्ष ओली
चितुवाको आक्रमणबाट बालकको मृत्यु
चितुवाको आक्रमणबाट बालकको मृत्यु
सुन्धाराको डान्सबारमा काम गर्ने युवतीको रहस्यमय मृत्यु
सुन्धाराको डान्सबारमा काम गर्ने युवतीको रहस्यमय मृत्यु
कैलाली पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा
कैलाली पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा
अचेत बिरामीलाई अस्पतालले डिस्चार्ज गरेपछि…
सीमा क्षेत्रमा बढ्दै कुखुरा तस्करी : भारतीय सेतो अण्डामा कडाइ
सीमा क्षेत्रमा बढ्दै कुखुरा तस्करी : भारतीय सेतो अण्डामा कडाइ
सभामुख सापकोटाले बोलाए विशेष छानविन समितिको बैठक
सभामुख सापकोटाले बोलाए विशेष छानविन समितिको बैठक
नेपाल फर्किने योजना बुन्दाबुन्दै कोभिड-१९ का कारण अस्ताए ‘मुस्ताङी राजा’का भाञ्जा थोक्मे
नेपाल फर्किने योजना बुन्दाबुन्दै कोभिड-१९ का कारण अस्ताए ‘मुस्ताङी राजा’का भाञ्जा थोक्मे
शैक्षिक अभियन्ता तेन्जिङ भुटिया चुनावी मैदानमा, संखुवासभाको मुहार फेर्ने प्रतिबद्धता
शैक्षिक अभियन्ता तेन्जिङ भुटिया चुनावी मैदानमा, संखुवासभाको मुहार फेर्ने प्रतिबद्धता
शिक्षकको २१ गतेबाट शुरु भनिएको आन्दोलन किन स्थगित ?
शिक्षकको २१ गतेबाट शुरु भनिएको आन्दोलन किन स्थगित ?

तपाईंले छुटाउनुभयो कि?