बन्द हडताल स्वीकार्य हुँदैन : वाइसिएल

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, बैशाख २१, २०७५
|
|
२४ पटक हेरिएको
Shares
बन्द हडताल स्वीकार्य हुँदैन : वाइसिएल

सारांश

  • काठमाडौँ, २१ वैशाख , नेकपा (माओवादी केन्द्र)को सहायक संगठन वाइसिएल नेपालले एकाधिकार कायम गर्न पाउनु पर्ने मागसहित यातायात बन्दमा उत्रिएका समितिको रुट परमिट खारेज गर्न माग गरेको छ ।
  • वाइसिएलका अध्यक्ष रामप्रसाद सापकोटा र महासचिव सुबोधराज शेर्पालीले आज एक संयुक्त विज्ञप्ति प्रकाशित गरी एकाधिकार अन्त्य गर्ने सरकारको घोषणमा सहयोग गर्न आग्रह गर्नुभएको छ ।
  • तीव्र आर्थिक विकास र समृद्धिको सपनासहित अघि बढिरहेको मुलुकका लागि कुनै पनि प्रकारको बन्द तथा हडताल स्वीकार्य हुन नसक्ने वाइसिएलले जनाएको छ ।

काठमाडौँ, २१ वैशाख , नेकपा (माओवादी केन्द्र)को सहायक संगठन वाइसिएल नेपालले एकाधिकार कायम गर्न पाउनु पर्ने मागसहित यातायात बन्दमा उत्रिएका समितिको रुट परमिट खारेज गर्न माग गरेको छ ।

वाइसिएलका अध्यक्ष रामप्रसाद सापकोटा र महासचिव सुबोधराज शेर्पालीले आज एक संयुक्त विज्ञप्ति प्रकाशित गरी एकाधिकार अन्त्य गर्ने सरकारको घोषणमा सहयोग गर्न आग्रह गर्नुभएको छ ।

तीव्र आर्थिक विकास र समृद्धिको सपनासहित अघि बढिरहेको मुलुकका लागि कुनै पनि प्रकारको बन्द तथा हडताल स्वीकार्य हुन नसक्ने वाइसिएलले जनाएको छ ।

यातायात क्षेत्रमा सञ्चाचिल सेवा समितिको सिन्डिकेटविरुद्ध सरकारले चालेको कदम रोक्न आयोजित यातायात बन्द असफल बनाउन सबै किसिमका सवारी सञ्चालन गरेर यात्रामा सहयोग गर्न सवारी चालक तथा धनीलाई वाइसिएलले आग्रह गरेको छ ।

वाइसिएलले ग्यारेजमा थन्क्याइएका गाडी सञ्चालनमा ल्याउन र नमान्नेमाथि कारवाही गर्नसमेत सरकारसँग माग गरेको छ ।

आफूसँग भएका सवारी साधन परिचालन गरी स्वयंसेवा भावनाका साथ सहयोग गर्न पनि वाइसिएलले आग्रह गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?