भोलिबाट स्मार्ट टेलिकमको फोर-जी सेवा

Shikharkhabar Shikharkhabar
|
शनिबार, कार्तिक ११, २०७४
|
|
२८ पटक हेरिएको
Shares
भोलिबाट स्मार्ट टेलिकमको फोर-जी सेवा

सारांश

  • ११ कात्तिक, काठमाडौं ।
  • स्मार्ट टेलिकमले पनि चौंथो पुस्ताको दूरसञ्चार सेवा (फोरजी) सेवा सुरू गर्ने भएको छ ।
  • स्मार्टले आफ्ना ग्राहकलाई आइतबारदेखि फोरजी सेवा उपलब्ध गराउन सबै प्राविधिक तयारी सकिएको जनाएको छ ।

११ कात्तिक, काठमाडौं । स्मार्ट टेलिकमले पनि चौंथो पुस्ताको दूरसञ्चार सेवा (फोरजी) सेवा सुरू गर्ने भएको छ । स्मार्टले आफ्ना ग्राहकलाई आइतबारदेखि फोरजी सेवा उपलब्ध गराउन सबै प्राविधिक तयारी सकिएको जनाएको छ ।

कम्पनीका प्रमुख प्रशासकीय अधिकृत सजिनराज राजभण्डारीले पहिलो चरणमा काठमाडौं र पोखरामा फोरजी सेवा दिन लागिएको जानकारी दिए । यसपछि क्रमशः देशका अन्य शहरमा पनि सेवा विस्तार गरिने उनले बताए ।

अहिले परीक्षणका रुपमा सुरु हुन लागेको सेवालाई केही समयभित्रै व्यवसायिक रुपमा लागू गर्ने जानकारी कम्पनीले दिएको छ । केही समयपछि चितवन, वरीरगञ्ज र नेपालगञ्जमा पनि फोरजी सेवा पुर्‍याइने राजभण्डारीले बताए । फोर-जीको सुरुवातका अवसरमा विभिन्न डाटा योजना पनि ल्याइएको छ ।

गत जेठमा नेपाल दूरसञ्चार प्राधिकरणले स्मार्ट टेलिकमलाई पनि फोरजी सञ्चालनको अनुमति दिएको थियो । स्मार्ट टेलिकमसँग १ हजार ८ सय मेगाहर्ज ब्यान्डमा १२ मेगाहर्ज फ्रिक्वेन्सी छ । यसमध्ये ५ मेगाहर्जलाई उसले फोर-जीमा उपयोग गर्न लागेको हो ।

प्राधिकरणले यथासम्भव नेपालभर सेवा संचालन गर्नुपर्ने, प्रत्येक ३ महिनामा कार्यप्रगति प्राधिकरणमा पेश गर्नुपर्ने, क्षेत्र विस्तार तथा गुणस्तरका सम्बन्धमा प्राधिकरणले समय-समयमा दिइने निर्देशन पालना गर्नुपर्ने शर्तसहित लाइसेन्स दिएको थियो ।

नेपाल टेलिकमले यसअघि नै फोरजी सेवा सञ्चालनमा ल्याइसकेको छन् । संशोधन गरिएको दूरसञ्चार सेवाको रेडियो फ्रिक्वेन्सी (बाँडफाँट तथा मूल्यसम्बन्धी) नीतिले पुरानै ब्यान्डको फ्रिक्वेन्सीमा नयाँ सेवा सुरु गर्न पाइने व्यवस्था गरेको छ ।

सोही व्यवस्थाअनुसार स्मार्टले प्रविधिगत तटस्थता (टेक्नोलोजी न्युट्रल) गरी पहिले नै पाएको १ हजार ८ सय मेगाहर्ज ब्यान्ड फ्रिक्वेन्सीमा फोरजी चलाउन अनुमति पाएको हो । नेपाल टेलिकम र एनसेलले पनि टेक्नोलोजी न्युट्रालिटीमा फोरजी लाइसेन्स पाएका थिए ।

के हो फोरजी ?

फोरजी भनेको ‘फोर्थ जेनेरेसन वायरलेस’ अर्थात चौथो पुस्ताको ताररहितको इन्टरनेट डाटा प्रविधि जुन मोबाइल इन्टरनेट प्रबिधिमा सवैभन्दा पछिल्लो प्रबिधि हो ।

पछिल्लो प्रबिधि भएको हुनाले स्वभाविकरुपमा फोरजी थ्रीजीभन्दा तिब्र गतिको हुन्छ । आइटियूको मापदण्ड अनुसार १ सय मेगाबिट्स प्रति सेकेन्ड (एमबीपीएस) गतिको इन्टरनेट सहितको सेवालाई फोरजी भनिन्छ ।

बिभिन्न देशमा टेलिकम कम्पनीहरुले १ सय एमबीभन्दा कम क्षमतामै फोरजी सेवाका रुपमा चलाइरहेका छन् । नेपाल टेलिकमले भने ३०एमबीपीएसमा फोरजी चलाइरहेको छ ।

फोरजी सेवामा मोबाइल वेब एक्सेस, आइपी टेलिफोनी, गेमिङ सर्भिस, हाइ डेफिनेसन मोबाइल टिभी, भिडियो कन्फेरेन्सिङ, थ्रीडी टेलिभिजन र क्लाउड कम्प्युटिङ पनि पर्दछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उदयपुरमा रहेको शहरी भबन डिभिजन कार्यालय सारीने: पुगेन उदयपुरे नेताको पहुँच
उदयपुरमा रहेको शहरी भबन डिभिजन कार्यालय सारीने: पुगेन उदयपुरे नेताको पहुँच
नेकपा मिलाउन चिनियाँ टोलीको खुलेको र नखुलेका यी भेट
नेकपा मिलाउन चिनियाँ टोलीको खुलेको र नखुलेका यी भेट
तीजमा स्वस्थ्य र उद्यमी बन्न सन्देश
तीजमा स्वस्थ्य र उद्यमी बन्न सन्देश
कर्णाली प्रदेशले ऊर्जा कार्यालय स्थापना गर्दै
कर्णाली प्रदेशले ऊर्जा कार्यालय स्थापना गर्दै
भक्तपुरमा सशस्त्र प्रहरी प्रमुख अरुण शंकरको निधन
भक्तपुरमा सशस्त्र प्रहरी प्रमुख अरुण शंकरको निधन
विभिन्न संघ संस्थाहरुसंगको सहकार्यमा नेपाल स्काउटको राहत संकलन
विभिन्न संघ संस्थाहरुसंगको सहकार्यमा नेपाल स्काउटको राहत संकलन
प्रधानमन्त्री दाहाल र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता
प्रधानमन्त्री दाहाल र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता
मुलुकभर लोडसेडिङ हुन नदिने तयारी, आगामी हिउँद पनि उज्यालै हुने
मुलुकभर लोडसेडिङ हुन नदिने तयारी, आगामी हिउँद पनि उज्यालै हुने
चलचित्र ‘जिग्री’को पोस्टर सार्वजनिक, फागुन ४ गतेका लागि प्रदर्शन मिति घोषणा
चलचित्र ‘जिग्री’को पोस्टर सार्वजनिक, फागुन ४ गतेका लागि प्रदर्शन मिति घोषणा
यस वर्षको मनसुन भित्रियो, केही दिनमै देशैभर फैलिने
यस वर्षको मनसुन भित्रियो, केही दिनमै देशैभर फैलिने

तपाईंले छुटाउनुभयो कि?