३३ महिनादेखि प्रहरी आफैं अुसरक्षित

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ ५, २०७४
|
|
२५ पटक हेरिएको
Shares
३३ महिनादेखि प्रहरी आफैं अुसरक्षित

सारांश

  • लमजुङ, माघ ५ ।
  •  प्रहरी नै असुरक्षित छ भन्दा सबैलाई अचम्म लाग्न सक्छ, तर यो साँचो हो ।
  • प्रहरी जवान ड्युटीमा उभिरहेको ठाउँ नजिकैको त्रिपालमुनि नै दिन र रात बिताउँछन् दूधपोखरी गाउँपालिकाको बिचौरका प्रहरी जवानहरु ।

लमजुङ, माघ ५ । प्रहरी नै असुरक्षित छ भन्दा सबैलाई अचम्म लाग्न सक्छ, तर यो साँचो हो । प्रहरी जवान ड्युटीमा उभिरहेको ठाउँ नजिकैको त्रिपालमुनि नै दिन र रात बिताउँछन् दूधपोखरी गाउँपालिकाको बिचौरका प्रहरी जवानहरु ।

१४ जना प्रहरीहरु यही त्रिपालमुनि रात बिताएको पनि ३३ महिना पुगेछ । उनिहरु भन्छन्, ‘रातमा आन्नद अनि सुरक्षित भएर सुत्न पनि पाएका छैनौं ।’

भाडामा बस्दै आएका यहाँको प्रहरी कार्यालय २०७२ बैशाख १२ गते गएको बिनाशकारी भुकम्पबाट चर्किएर जोखिमयुक्त बनेको छ । बस्दै आएका भवन बस्न नमिलेपछि जिल्ला प्रहरी कार्यालय लमजुङले प्रहरी जवानका लागि त्रिपाल पठाएपछि उनिहरु यही त्रिपालको भरमा बस्दै आएका छन् ।

भुकम्प गएको ३३ महिना बितिसक्दा पनि आफूहरुले राम्रो बास पाउन नसकेको ईलाका प्रहरी कार्यालय बिचौरका सही केशव बहादुर क्षेत्री बताउँछन् । ‘साँझ बिहान पर्ने तुसारोले त्रिपाल सेताम्मे हुन्छ । अनि शीत चुइन्छ ।’ उनले भने, ‘ पानी पर्दा त निथ्रुक्कै भइन्छ । बर्खा र जाडो यसैगरी कटाउन बाध्य छौं ।’

जनतको सेवामा दिन रात खटिने प्रहरी त्रिपालमुनि कालो रात गुजार्दा उनिहरु आफूहरुलाई असुरक्षित महशुस भएको बताउँछन् ।

ईलाका प्रहरी कार्यालय बिचौरको नयाँ भवन पनि नबनेको भने होइन् । सम्झौता अनुसारको भवन नबनेको भन्दै उनिहरुलाई नयाँ भवनमा बस्न दिइएको छैन् । ठेकेदारको लापरबाहीका कारण गलत डिजाइन र कमजोर भवन भएका कारण प्रहरीलाई नयाँ भवनमा बस्न नदिएको बताइर्एको छ । ठेकेदार कम्पनी जेएसआर निभा जेभी पोखराले भवनको ठेक्का पाएको थियो ।

त्रिपालको चौघेरोमा बस्दै आएका उनिहरुलाई सुबिधा सम्पन्न भवनमा कहिले बस्न पाउने हो भन्ने चासो पनि उत्तिकै छ । जिल्ला प्रहरी कार्यालय लमजुङको पटक पटकको ताकेतापछि नयाँ भवनको माथिल्लो तल्ला र चर्किएको ठाउँमा मर्मत सम्भार गरिएको छ । १२ असार २०७० मा सम्झौता भएको भवन सम्झौता अनुसार ९ चैत्र २०७० मा निर्माण भईसक्नुपर्ने प्रहरी नायव उपरिक्षक पदम बहादुर बिष्टले बताए ।

शान्ति तथा पुननिर्माण मन्त्रालय र दातृ निकायको सहयोगमा एककरोड ८ लाख ६५ हजार २ सय २६ रुपैयाँमा उक्त भवन निर्माण गरिएको थियो । छिमेकी जिल्ला गोरखासँग सिमाना जोडिएको पूर्वी लमजुङको विकट साविकको बिचौर, ईलमपोखरी र दुधपोखरी कार्यक्षेत्र रहेको सो प्रहरी कार्यालय ‘क’ श्रेणीको ईलाका प्रहरी कार्यालय हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दीपक नेपालको नेतृत्वमा वाग्मती प्रदेश मिटर ट्याक्सी सेवा समाजको दर्ता
दीपक नेपालको नेतृत्वमा वाग्मती प्रदेश मिटर ट्याक्सी सेवा समाजको दर्ता
दुई महानगरमा एमालेको फराकिलो अग्रता : भरतपुरमा घट्दैछ रेणुको मत अन्तर ;
दुई महानगरमा एमालेको फराकिलो अग्रता : भरतपुरमा घट्दैछ रेणुको मत अन्तर ;
नहरमा डुबेर एकको मृत्यु
नहरमा डुबेर एकको मृत्यु
स्थानीय तह कार्यान्वयनमा व्यावहारिक कठिनाइ हुने
स्थानीय तह कार्यान्वयनमा व्यावहारिक कठिनाइ हुने
आलमप्रति अध्यक्षद्वयको श्रद्धाञ्जलि
आलमप्रति अध्यक्षद्वयको श्रद्धाञ्जलि
नदी तथा जलाशयमा भक्तजनको भीड
नदी तथा जलाशयमा भक्तजनको भीड
नेपाली महिला भलिबल टोली पुग्यो फाइनलमा, रजत पदक पक्का
नेपाली महिला भलिबल टोली पुग्यो फाइनलमा, रजत पदक पक्का
महेन्द्रनगरमा गोलि लागी १ को मृत्यु :कसरी एक्कासी हिंसा झन् भडकियो ?
महेन्द्रनगरमा गोलि लागी १ को मृत्यु :कसरी एक्कासी हिंसा झन् भडकियो ?
समस्या समाधानका लागि सत्तापक्षसँग वार्ता गर्न तयार छु : अध्यक्ष ओली
समस्या समाधानका लागि सत्तापक्षसँग वार्ता गर्न तयार छु : अध्यक्ष ओली
३३ किलाे सुन प्रकरण:  नेपाल प्रहरीका पूर्वआईजीपी अर्याल र  सशस्त्रका पूर्व आइजीपी श्रेष्ठ पनि तानिए !
३३ किलाे सुन प्रकरण: नेपाल प्रहरीका पूर्वआईजीपी अर्याल र सशस्त्रका पूर्व आइजीपी श्रेष्ठ पनि तानिए !

तपाईंले छुटाउनुभयो कि?