बर्दी फुकाल्दै उच्चपदस्थ २२ प्रहरी अधिकृत

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण २७, २०८१
|
|
३४ पटक हेरिएको
Shares
बर्दी फुकाल्दै उच्चपदस्थ २२ प्रहरी अधिकृत

सारांश

  • काठमाडौं ।
  • प्रहरी नियमावली परिवर्तन नभए नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी)देखि अतिरिक्त महानिरीक्षक (एआईजी)सम्मका झन्डै २२ जना प्रहरी अधिकारीहरू ६ महिनाभित्रै अवकाशमा जाने भएका छन् ।
  • उनीहरू उमेरहद र ३० वर्षे सेवाअवधिका कारण अवकाशमा जान लागेका हुन् ।

काठमाडौं । प्रहरी नियमावली परिवर्तन नभए नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी)देखि अतिरिक्त महानिरीक्षक (एआईजी)सम्मका झन्डै २२ जना प्रहरी अधिकारीहरू ६ महिनाभित्रै अवकाशमा जाने भएका छन् । उनीहरू उमेरहद र ३० वर्षे सेवाअवधिका कारण अवकाशमा जान लागेका हुन् ।

प्रहरीमा उमेरहद, सेवाअवधि र पदावधि जुन पहिले आउँछ, त्यहीअनुसार अवकाश हुने व्यवस्था छ । प्रहरी प्रधान कार्यालयका अनुसार, चार जना एआईजी, आठ जना नायव महानिरीक्षक (डीआईजी) र १० जना एसएसपी अवकाशमा जाँदै छन् । उनीहरू उमेरहद र ३० बर्से सेवाअवधिका कारण अवकाशमा जान लागेका हुन् ।

सेवाअवधिका कारण अवकाशमा जानेको संख्या भने शून्य छ । यो अवधिमा सबैभन्दा पहिला अवकाशमा डीआईजी विष्णुकुमार केसी र कृष्णहरि शर्मा पोखरेल जाँदै छन् । बाग्मती प्रदेश प्रहरी प्रमुखसमेत रहेका डीआईजी केसी ३० वर्षे सेवाअवधिका कारण र पोखरेल ५६ वर्षको उमेर हदका कारण अवकाशमा जान लागेका हुन् ।

१६ भदौ २०५१ सालमा प्रहरी सहायक निरीक्षकमा भर्ना भएका केसी पछि प्रहरी निरीक्षकमा नाम निकाल्न सफल भएका थिए । उनी आगामी १५ भदौमा अनिवार्य अवकाशमा जाने भएका छन् । पोखरेल भने प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरका ब्याची हुन् । उनीहरू अब तीन साता पनि प्रहरीको बर्दीमा देखिने छैनन् ।

यस्तै, डीआईजी केसीसँगै प्रहरी सहायक निरीक्षकमा भर्ना भएका १० जना एसएसपी पनि उनीसँगै अवकाशमा जाने भएका छन् । एसएसपी दिनेशराज मैनाली, जीवनकुमार श्रेष्ठ, किसनसिंह थापा, दिल्लीराज बिष्ट, रविकुमार पौडेल, रेवती ढकाल, चन्द्रदेव राई, बेलबहादुर पाण्डे, नवीनराज राई र वीरबहादुर वली ३० बर्से सेवाअवधिका कारण आगामी १५ भदौमा एकसाथ अवकाशमा जाँदै छन् ।

१६ भदौ २०५१ सालमा प्रहरी सहायक निरीक्षकमा भर्ना भएका उनीहरूले पछि प्रहरी निरीक्षकमा नाम निकालेका थिए । यी १० जना एसएसपी र एक जना डीआईजी अवकाशमा गएको डेढ सातामै एआईजी श्यामलाल ज्ञवालीले पनि प्रहरीको बर्दी फुकाल्नेछन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को प्रमुखबाट केही दिनअघि हटाइएका एआईजी श्यामलाल ज्ञवाली आगामी २६ भदौमा ५६ बर्से उमेर हदका कारण अवकाशमा जान लागेका हुन् । ज्ञवाली प्रहरी महानिरीक्षक कुँवरकै ब्याची हुन् ।

प्रहरी संगठनविपरीत काम गरेको भन्दै उनको विषयमा प्रहरी प्रधान कार्यालयले एआईजी टेकप्रसाद राईको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ । एआईजी ज्ञवालीमाथि प्रहरीको उजुरी छानबिन निर्देशनालयमा उजुरी परेकाले छानबिनका लागि समिति गठन गरिएको हो । उमेर विवाद, ६० किलो सुन प्रकरणमा फरार रहेका जीवन चलाउनेको विषयलगायतमा छानबिन गर्न समिति बनाइएको प्रहरी प्रधान कार्यालयले बताएको छ ।

संगठनमा चेन अफ कमान्डलाई बाइपास गरेर काम गरेको आरोप पनि ज्ञवालीमाथि लगाइएको छ । आरोप पुष्टि भए उनी बर्खास्तीमा पर्नेछन् । ज्ञवाली तिनै एआईजी हुन्, जसलाई तत्कालीन उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले आईजीपी बनाउन मरिहत्ते गरेका थिए । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र तत्कालीन सत्ता साझेदार दलको प्रमुख घटक एमाले अध्यक्ष केपी शर्मा ओलीको असहमतिका कारण गृहमन्त्री लामिछानेको प्रयास असफल भएको थियो ।

यस्तै, एआईजी किरण बज्राचार्य र भीमप्रसाद ढकाल पनि अब लामो समय प्रहरीको बर्दीमा देखिने छैनन् । बज्राचार्य आगामी १६ पुस र ढकाल २८ मंसिरमा ५६ बर्से उमेर हदका कारण अनिवार्य अवकाशमा जाँदै छन् । हाल काठमाडौं उपत्यका प्रहरी कार्यालयमा कार्यरत बज्राचार्यलाई लामिछानेले गृहमन्त्रीको जिम्मेवारी लिएलगत्तै सीआईबीबाट कार्य विभागमा सरुवा गरेका थिए । उनी आईजीपी कुँवरकै ब्याची हुन् ।

आईजीपी कुँवरकै ब्याचका एआईजीहरू सन्दीप भण्डारी, मीरा चौधरी र उमेशराज जोशीले ५६ बर्से उमेरहदका कारण अवकाश पाइसकेका छन् । ढकाल भने केही महिनाअघि मात्रै एआईजी बनेका थिए । एआईजी बनाउने बेला तत्कालीन गृहमन्त्री लामिछानेको उनलाई राम्रै आशीर्वाद प्राप्त भएको थियो । सोही कारण उनलाई मानव स्रोत विकास विभागमा पदस्थापन गरिएको थियो ।

यो विभाग एआईजीको पहिलो रोजाइमा पर्नेगर्छ । यसैगरी, डीआईजी यज्ञविनोद पोखरेल (हाल मधेस प्रदेश प्रमुख) १४ असोजमा उमेर हदका कारण अवकाश जाँदै छन् । डीआईजी अर्जुन चन्द ठकुरी (कर्णाली प्रदेश प्रमुख) १ पुसमा अवकाशमा जाँदै छन् । हालै एआईजीमा बढुवा भएका रामदत्त जोशी १८ कात्तिकमा अवकाशमा जाने भएका छन् ।

एआईजी उमेशराज जोशीले अवकाश पाएपछि रिक्त स्थानमा उनलाई बढुवा गरिएको थियो । उनलाई प्रहरी प्रधान कार्यालयको कार्य विभागमा पदस्थापन गरिएको छ । उनी ५६ बर्से उमेर हदका कारण १८ कात्तिकमै अवकाशमा जाने भएका हुन् । यसैगरी, डीआईजी किरण राणा १६ कात्तिकमा, केदार ढकाल २२ मंसिरमा र भरतबहादुर बोहरा १४ पुसमा अवकाशमा जानेछन् ।

उनीहरू सबै ५६ वर्ष पूरा भएका कारण अनिवार्य अवकाश हुन लागेका हुन् । यस्तै, राजेशनाथ बास्तोला ११ कात्तिकमा र कृष्णहरि शर्मा पोखरेल १५ भदौमा अवकाश हुनेछन् । बास्तोलाको ३० वर्ष सेवाअवधि पूरा हुन एक वर्षभन्दा बढी समय बाँकी छ । उनी २७ कात्तिक २०५२ सालमा भर्ना भएका हुन् । यसैगरी, प्रहरी महानिरीक्षक कुँवरसँगै प्रहरी सेवामा प्रवेश गरेका एसएसपी भोलाबहादुर रावलले १२ माघमा र गणेश चन्दले २५ मंसिरमा अवकाश पाउनेछन् ।

नेपाल प्रहरीमा दुई जना डीआईजी खाली हुन लागेकाले उनीहरू डीआईजीमा बढुवा हुने सम्भावना छ । तर, उनीहरू ५६ वर्ष उमेर हदका कारण थोरै समय मात्र डीआईजी बन्नेछन् । यस्तै, एसएसपी गणेश चन्द पनि २५ मंसिरमा नै अवकाश हुनेछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आईपीएलमा चेन्नईको पहिलो हार
आईपीएलमा चेन्नईको पहिलो हार
१३ खर्ब १५ अर्बको बजेट , कर्मचारीको तलब बढेन, पत्रकारलाई दुर्घटना बिमा, सासंदलाई ४ करोड !
१३ खर्ब १५ अर्बको बजेट , कर्मचारीको तलब बढेन, पत्रकारलाई दुर्घटना बिमा, सासंदलाई ४ करोड !
वाम सरकारकै पालामा रेल ल्याउने प्रधानमन्त्री ओलीको सपना
वाम सरकारकै पालामा रेल ल्याउने प्रधानमन्त्री ओलीको सपना
मेलम्चीको सुरुङ : ठेकेदार काममा नफर्केपछि ठेक्का तोडियो, धरौटी समेत जफत हुने
मेलम्चीको सुरुङ : ठेकेदार काममा नफर्केपछि ठेक्का तोडियो, धरौटी समेत जफत हुने
पेट्रोल, डिजल र मट्टीतेलको मुल्य २ रुपैयाँले घट्यो
पेट्रोल, डिजल र मट्टीतेलको मुल्य २ रुपैयाँले घट्यो
सन्दीप र विमललाई कमल थापाको बधाई
सन्दीप र विमललाई कमल थापाको बधाई
विवाह पञ्चमीले सद्भाव र बन्धुत्वको भावनालाई अझ प्रगाढ बनाउन सहयोग पुर्‍याउँछ : राष्ट्रपति
विवाह पञ्चमीले सद्भाव र बन्धुत्वको भावनालाई अझ प्रगाढ बनाउन सहयोग पुर्‍याउँछ : राष्ट्रपति
सात जना शिशुको हत्या गर्ने नर्सलाई आजीवन जेल सजाय
सात जना शिशुको हत्या गर्ने नर्सलाई आजीवन जेल सजाय
गगन थापाले भने, सभापतिले गुट बनाउनु विधान विपरित
गगन थापाले भने, सभापतिले गुट बनाउनु विधान विपरित
‘लेमन टी’ को व्यापारबाट मनग्य आम्दानी गर्दै थापा
‘लेमन टी’ को व्यापारबाट मनग्य आम्दानी गर्दै थापा