बलात्कारीको मृत्यु जेलमा तड्पीएर हुन्छ: सुदीप पाठक

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण २३, २०७५
|
|
१६ पटक हेरिएको
Shares
बलात्कारीको मृत्यु जेलमा तड्पीएर हुन्छ: सुदीप पाठक

सारांश

  • काठमाडौं, २३ साउन ।
  • मानव अधिकारवादी सुदीप पाठकले अपराधिलाई प्रक्राउ गर्न प्रहरी असफल रहेको आरोप लगाएका छन् ।
  • नेपाली रेडियो नेटवर्क मार्फत प्रसारण हुने लोकप्रिय कार्यक्रममा नेपाली वहसमा  कुराकानि गर्दै मानवअधिकारवादी पाठकले यस्तो अरोप लगाएका हुन ।

काठमाडौं, २३ साउन । मानव अधिकारवादी सुदीप पाठकले अपराधिलाई प्रक्राउ गर्न प्रहरी असफल रहेको आरोप लगाएका छन् । नेपाली रेडियो नेटवर्क मार्फत प्रसारण हुने लोकप्रिय कार्यक्रममा नेपाली वहसमा  कुराकानि गर्दै मानवअधिकारवादी पाठकले यस्तो अरोप लगाएका हुन ।

पछिल्लो समयमा मानव अधिकार बिरुद्धमा यतिका घटनाहरु घटिरहेका छन् ? मानवअधिकार वादीहरु के हेरेर बसेका छन् ? भनेर सोधिएको प्रश्नमा उनले भने,‘तपाईले भनेको कुरा केही हदसम्म सत्य हो । तर हामीले आफ्नो स्थानबाट खबरदारी गर्ने र दोषिलाई कडा सजाय दिन अपिल गर्दै आईरहेका छौं, कञ्चनपुरको घटना पछि र अघि यहि वर्षमा १ हजार बढि बलात्कारका घटना भएका छन्, यी सबै घटनाहरुका बारेमा सम्बन्धित जिल्लामा हाम्रा साथीहरुले काम गरिरहनु भएको छ ।’

उनले अघि थपे,‘सरकार र मानव अधिकारवादीको सामुन्नेमा ठूलो प्रश्न खडा भएको छ, दिनानुदिन यस्ता दुखद र अपराधिक घटनाहरु घटिरहेका छन्, मानव अधिकार आयोगका साथीहले अध्ययन अनुसन्धान गरिरहनु भएको छ, सरकार पनि लागि रहेको जस्तो देखिन्छ तर यस्ता घटनाहरु कम भएका छैनन् ।’ ले अघि थपे,‘पहिल्लो प्रक्षपणलाई हेर्ने हो भने १ हजार जति बलात्कारका घटनाहरुको बारेमा कारण खोज्ने काम भएको छ, १० वर्षमुनिका बालिका समेत बलात्कारमा परेकी छन्, बलात्कार पछि हत्या समेत भएको छ, महिनामा मै दर्जनबढि यस्ता घटनाहरु पनि भएका छन्, दबाब दिने, विषयलाई अन्तै मोड्ने, मिलापत्र गर्ने, कामहरुले पनि दोषिलाई उन्मुक्ति मिल्ने सम्भावना हुन्छ , कानून अनुसार २० वर्ष कैद र आधा अंश दिने कुराहरु छ, यि फैसलामा कोही फरक जिल्लाको पीडक हुन्छ, फरक जिल्लाको पीडित हुन्छ, यस्तो अवस्था क्षेतिपुर्ति पनि भराउन गाह्रो भएको स्थिति छ।’

बलात्कार हुनुका कारणहरुमा पहिलो कारण समाज गलत बाटोमा जादैछ भन्ने छ, जस्तै प्रवृति, सामाजिक सञ्जाल, चलचित्र, उमेर लगायत कारण यस्तो भएको हुन्छ, दोस्रो कारण पहिले पहिले यस्ता घटनाहरु मिलाउने र बाहिर नल्याउने गरेको पाईन्थ्यो आजका दिनमा यसका बिरुद्धमा जनमत उठेको छ, त्यसैले पनि बढि देखिएका हुन, तेस्रो कारणमा महिला प्रति हेर्ने नजर नै गलत छ, महलिालाई दवाउने, हेप्ने, महिलालाई कम्जोर सम्झनछन्, बस्तु सम्झिन्छन्, कानून बलियो छ, तर प्रयोग फितलो छ ।’

बलात्कारीलाई फासि दिनुपर्छ भन्ने आवाज पनि बलियो बन्दै गईरहेको छ नि ? भनेर सोधिएको अर्को प्रश्नको जवाफमा पाठकले भने,‘नयाँ संविधानले त्यस्तो व्यबस्था छैन्, अबको ऐनले बलात्कारीलाई जीवनभर जेलको छिणीमा तड्पाएर मरोस् भन्ने छ, भएको कानून भन्दा कडा कानून आउछ, प्रयोग बलियो बनाउनुपर्छ ।’

(Ultram)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?