बलात्कार आरोपमा पक्राउ

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष २१, २०७६
|
|
३५ पटक हेरिएको
Shares
बलात्कार आरोपमा पक्राउ

सारांश

  • सिरहाको गोलबजारमा एक युवतीमाथि गएराति सामूहिक बलात्कार भएको आरोपमा प्रहरीले सिरहाकै धनगढीमाई नगरपालिका¬ निवासी सुरेशकुमार यादव र गोलबजार नगरपालिका निवासी सन्तोष महतोलाई पक्राउ गरेको छ ।
  • मोवाइल चार्ज गरिदिने बहानामा ती युवतीमाथि सामूहिक बलात्कार भएको प्रहरीले जनाएको छ ।
  • सिरहाका १९ वर्षीया ती युवतीलाई मोबाइल चार्ज गर्ने नाममा कोठाभित्र लगेर जबरजस्ती करणी गरेको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक जनक पुरीले जानकारी दिनुभयो ।

सिरहाको गोलबजारमा एक युवतीमाथि गएराति सामूहिक बलात्कार भएको आरोपमा प्रहरीले सिरहाकै धनगढीमाई नगरपालिका¬ निवासी सुरेशकुमार यादव र गोलबजार नगरपालिका निवासी सन्तोष महतोलाई पक्राउ गरेको छ । मोवाइल चार्ज गरिदिने बहानामा ती युवतीमाथि सामूहिक बलात्कार भएको प्रहरीले जनाएको छ ।

सिरहाका १९ वर्षीया ती युवतीलाई मोबाइल चार्ज गर्ने नाममा कोठाभित्र लगेर जबरजस्ती करणी गरेको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक जनक पुरीले जानकारी दिनुभयो । घटनापछि सडक पेटीमा आएर पीडित युवती रोएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । तत्कालै पुगेका प्रहरीले युवतीलाई उद्धार गरी दुवै जनालाई पक्राउ गरेको प्रहरी निरीक्षक पुरीले बताउनुभयो । पीडित युवती र दुवै युवकको राति नै स्वास्थ्य परीक्षण गरिएको जनाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?